भरतपुरमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

चितवन । भरतपुरमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ । महानगरपालिकाको भित्री सडकमा सवारी दुर्घटना हुँदा उक्त महानगरपालिका–७ प्रेमबस्तीका ५० वर्षीय चण्डीप्रसाद अधिकारीको मृत्यु भएको छ भने खोलाले बगाएर कालिका नगरपालिका–१० का ३३ वर्षीय गम्भीर चेपाङको ज्यान गएको हो ।जिल्ला प्रशासन कार्यालयका अनुसार बिहीबार साँझ सिद्धिबजारबाट घर फर्किँदा कयरखोलाले बगाएर बेपत्ता भएका चेपाङको शव आज … Read more

वागमती सफाइ महाअभियान ५८५ औँ हप्तामा

काठमाडौँ । राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको वागमती  सफाइ महाअभियान ५८५ औँ हप्तामा प्रवेश गरेको छ । कोटेश्वरस्थित वाग्मती पहेँलो पुल नजिकैको वागमती नदी किनारमा सफाइ गरी नकुहिने एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । सफाइबाट आज उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभागको गाडीमा … Read more

लागूऔषध सेवन गरी सवारी चलाउने ६ जना चालक पक्राउ

काठमाडौँ — लागूपदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाएको भेटिएपछि ६ जना चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागू औषध नियन्त्रण व्यूरोको संयुक्त टोलीले नागढुंगाबाट सार्वजनिक बस/ माइक्रो तथा ट्रकका ६ जना चालकलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोटको जिम्मा लगाएको हो ।उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी विश्वराज खड्काका … Read more

अरूको नाममा परीक्षा दिने पाँचजना पक्राउ

काठमाडौं : अरूको नामबाट निशुल्क छात्रवृत्ति परीक्षामा सहभागी पाँचजना नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रण्मा लिएको छ। हेटौंडास्थित भुटनदेवी माध्यमिक विद्यालयस्थित परीक्षा केन्द्रमा सानोठिमी भक्तपुरद्धारा सञ्चालन भइरहेको डिप्लोमा प्रमाणपत्र तहको वर्गीकृत निशुल्क छात्रवृत्ति परीक्षामा सहभागी चार जना र सिद्धार्थ माध्यमिक विद्यालयबाट परीक्षा दिँदै गरेका एक जना पक्राउ परेका मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। उनका अनुसार भुटनदेवी स्कुलमा रौतहटका … Read more

पशुपतिनाथबाट सुरू गरी एकैदिनमा घुम्न सकिन्छ विश्व सम्पदामा सूचीकृत काठमाडौंका ७ सम्पदा

खुल्ला संग्रहालयको रूपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ हरेक गल्लीमा भगवानको मूर्ति र हरेक चोकमा मन्दिर देख्न सकिन्छ, त्यति मात्र नभएर पुराना र परम्परागत घरहरू र घरको वास्तुकला पनि आन्तरिक र बाह्य पर्यटक आकर्षणको केन्द्र बन्ने गरेको छ। धार्मिक र साँस्कृतिक दृष्टिकोणले धनी छ काठमाडौं।यहाँ विश्व सम्पदामा सूचीकृत ७ सम्पदाहरू केबल एकदिनमै घुम्न सकिने विश्वका कम देशहरूमध्ये एक … Read more

रुसमा जन्मदर ‘सङ्कटपूर्ण’ अवस्थामा, भविष्यका लागि जोखिम

रुसले जन्मदर ‘सङ्कटपूर्ण’ अवस्थामा रहेको र घट्दो जन्मदरलाई उल्ट्याउन कडा प्रयास गरिरहेको जनाएको छ । ‘सङ्कटपूर्ण’ जनसाङ्ख्यिकी प्रवृत्तिले देशको भविष्यलाई जोखिममा पारिरहेको क्रेमलिनको विश्लेषण छ । सोभियत सङ्घको पतनपछि रुसले वृद्ध जनसङ्ख्या, युक्रेनमा द्वन्द्वका कारण पुरुषहरूको बहिर्गमन र १७ वर्षमा सबैभन्दा कम प्रजनन दरजस्ता धेरै जनसाङ्ख्यिकीय चुनौतीको सामना गर्दै आएको छ । त्यहाँ प्रतिमहिला जन्म एक … Read more

भोजपुरको होम्ताङका स्थानीयबासिन्दा नाङ्लो बुनेर मनग्ये आम्दानी गर्दै

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयबासिन्दाले बाँसको नाङ्लो बुनेर मनग्ये आम्दानी गर्दै आएका छन् । होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै नाङ्लो बनेको छ । हतुुवागढी–६ लङ्खाका ७५, विथारा एक सय ६५, लुम्बुवा एक सय ३५ तथा हतुवागढी–५ सोया गाउँका झण्डै ४० घरपरिवारले व्यवसायिक रुपमा नाङ्लो बुन्दै आएका छन् । हतुवागढी–६ का नाङ्लो व्यवसायी राजेन्द्र … Read more

बढ्यो बागमतीको मन्त्रीमण्डल सङ्ख्या, १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त

हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रीमण्डल सङ्ख्या बढाइएको छ । प्रदेशको १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गरिएको हो । प्रदेशका ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शनिवार एक समारोहका बिच मुख्यमन्त्री बहादुरसिंह लामाले नियुक्त गरेका ४ मन्त्रीले शपथ ग्रहण गरेका हुन् ।प्रदेश प्रमुख यादवचन्द्र शर्माले कांग्रेसका ४ मन्त्रीलाई शपथ ग्रहण गराएका … Read more

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ,मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ ।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा सो परिमाणको यार्सागुम्बा सङ्कलन तथा निकासी भएको जानकारी दिनुभयो । उक्त परिमाणको यार्सागुम्बा निकासीबाट रु १६ लाख ५७ हजार पाँच सय राजस्व … Read more

एक वर्षमा ६५ अर्बको चिनियाँ सामान आयात

गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३ लाख बराबरको चिनियाँ सामग्री आयात गरिएको छ। आयात गरिएका सामग्रीमा इन्धन एवं विद्युतीय सवारीसाधन, तयारी कपडा, रबर, जुत्ता, चप्पल, हाते झोला, होजियारी कपडा, जुत्ता तयार गर्ने सामग्री, स्याउ, लसुन ओखर लगायत रहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले बताए।  नेपालबाट भने एक … Read more