नवलपरासी कारागारमा २२२ कैदीबन्दी फर्किए

‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीबन्दी फर्किने क्रम जारी छ । नवलपरासी कारागारमा अहिलेसम्म २२२ कैदीबन्दी फर्किएका कारागारका जेलर विकल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गत भदौ २५ गते नवलपरासी कारागारबाट ५४६ कैदीबन्दी भागेका थिए । कैदीबन्दीले कारागारलाई आफ्नो नियन्त्रणमा लिएर कारागारबाट भागेका बताउँदै जेलर श्रेष्ठले १७ पुरुष र … Read more

मतदाता नामावली संकलनको अवधि डेढ महिनासम्म खुल्ला राखिने

नयाँ मतदाताहरुले मतदाता नामावलीमा नाम दर्ता गराउन करिब डेढ महिनाजतिको समय पाउने भएका छन् । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सुरु हुनुअघिसम्म मतदाता नामावली संकलनको काम खुला राख्ने तयारी गरेको हो । सामान्यत मतदानको १२० दिन अर्थात चार महिना अघिदेखि निर्वाचन कार्यक्रम सुरु हुन्छ । ‘करिब करिब २१ कार्तिकसम्म मतदाता नामावली संकलन गर्न सकिन्छ कि भनेर … Read more

तुइन खोला क्षेत्रको पहिरोः पोखरा–काठमाडौँ यातायात समेत प्रभावित

मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोको प्रभाव पोखरा– काठमाडौँ सडकखण्डमा पनि पर्ने गरेको छ । उक्त पहिरोका कारण मुग्लिनखण्डमा सवारीसाधनको अत्याधिक चाप बढ्न थालेसँगै त्यसको प्रभाव पोखरा–काठमाडौँ आवतजावत चल्ने सवारीसाधनमा परेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडका अध्यक्ष ऐनकुमार साईले जानकारी दिनुुभयो । उक्त पहिरोका कारण सडकमा सवारीसाधनको जाम हुन थालेपछि यात्रुहरूलाई समयमा नै गन्तव्यमा … Read more

कर्मचारीमा पनि जेनजीका नाममा आन्दोलन गर्ने तयारी

सार्वजनिक प्रशासन रूपान्तरणका नाममा निजामती कर्मचारीमा पनि जेनजी आन्दोलन छिराउन खोजेपछि राजनीतिक दलनिकट ट्रेड युनियनहरू सक्रिय भएका छन् । कुलिङ पिरियडविरुद्ध जुलुस गर्दै हिँडेको आरोपमा मुख्यसचिव एकनारायण अर्यालसहित कर्मचारी नेतृत्वको बर्खास्तगी र राजीनामा माग्न थालिएपछि निजामती कर्मचारीमा क्रियाशील दलनिकट ट्रेड युनियनहरू जुटेका हुन् । दलनिकट आधा दर्जनबढी ट्रेड युनियनहरूले मुख्यसचिव अर्याललाई ज्ञापनपत्र बुझाउँदै त्यस्ता गतिविधिमा … Read more

चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई चिनियाँ राजदूत सोङले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । भेटमा नेपाल–चीनबीचको सडक तथा विद्युत् … Read more

सञ्चारमन्त्रीले हावामा लोकप्रिय निर्णय गर्दै हिँडेको मेयर साम्पाङको आरोप

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलमाथि योजनाबिना सस्तो लोकप्रियताका लागि निर्णय लिएको आरोप धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लगाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मन्त्री खरेलले मन्त्री भएपछि हावामा लोकप्रिय निर्णय गर्दै हिँडेको आरोप लगाएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सूचना तथा सञ्चार मन्त्रीले वाइफाइ वितरण गर्ने निर्णय होइन हाम्रो सरकारी सञ्चार प्रणाली … Read more

राष्ट्रपति र प्रधानमन्त्रीबीच फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीति, फागुन २१ मे तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा

यहाँको घिरिङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त ७८ जनाको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको हो । स्थानीय अपाङ्गता समन्वय समितिको गत भदौ १९ को बैठकको निर्णयअनुसार चालु आर्थिक वर्षको अपाङ्गता लक्षित कार्यक्रमअन्तर्गत उनीहरुको बिमा गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष राधादेवी अधिकारीले जानकारी … Read more

दसैँमा तीन नेपाली चलचित्र प्रदर्शन हुने

दसैँ लक्षित तीन नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् । चलचित्रहरु ‘हरिबहादुरको जुत्ता’ , ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनमा आउने भएका हुन् । यी तीनै चलचित्र आगामी दसैँलाई लक्षित गरी फूलपातीको दिन (असोज १३) देखि नेपालसँगै विदेशमा समेत प्रदर्शन हुने जनाइएको छ । चलचित्र ‘माइतीघर’ तामाङ संस्कृतिमा आधारित सामाजिक विषयमा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ … Read more

सुदनले भनेः निर्वाचनमा जेनजी पुस्ताले नयाँ पार्टी खोलेर भाग लिन्छ

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन जेनजी पुस्ताले नयाँ पार्टी खोलेर भाग लिने जेनजी अभियानी सुदन गुरूङले बताएका छन्। प्राइम टिभीका पत्रकार ऋषि धमलासँग उनले उक्त निर्वाचनमा नयाँ पार्टीले भाग लिने बताएपनि पार्टीको नाम भने बताएका छैनन् । सुदनले भनेका छन्, ‘लिन्छ, देखाउनुपर्छ हामीले कस्तो हिसाबमा नयाँ नेपाल बनाउन … Read more