कोशीमा पानीको बहाव ३ लाख ९३ हजार क्यूसेक

मोरङ – सप्तकोशी नदीमा पानीको बहाव उच्च बन्दै गएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार सप्तरी र सुनसरीको सीमानामा पर्ने आइतबार अपराह्न ४ बजे पानीको बहाव ३ लाख ९३ हजार ७ सय १५ क्यूसेक पुगेको छ। यसअघि दिउँसो १ बजे पानीको बहाव ३ लाख ८६ हजार ७ सय ३५ क्यूसेक मापन गरिएको थियो। आइतबार बिहान … Read more

विपदबाट प्रभावितको जिउधन रक्षामा सबै लागौं : प्रधानमन्त्री

काठमाडौँ, असार २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षापछि गएको बाढी पहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण तागत लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’ बाट देशभर गएको बाढीपहिरोको क्षतिबारे जानकारी लिएपछि प्रधानमन्त्री प्रचण्डले प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सरकारका निकायलाई निर्देशन दिनुभएको हो … Read more

कांग्रेस र एमाले मिलेकोप्रति झलनाथको टिप्पणी : यो संसदीय व्यवस्थामा नौटंकी हो

काठमाडौं, २३ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले कांग्रेस र एमालेबीचको सत्ता सहकार्यलाई नौटंकीको संज्ञा दिएका छन् । उनले आफ्नो दल नयाँ गठबन्धनमा सहभागी नहुने पनि स्पष्ट पारे । दुई ठूला दलले राष्ट्रिय सहमतिको सरकारका नाममा फजुलको कुरा गरेको पनि खनालको टिप्पणी छ । आज (आइतबार) बसेको केन्द्रीय … Read more

मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा

सिन्धुपाल्चोक । लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ । बाढीले बेलीब्रिज रहेको भूभाग कटान गरिरहेको छ । विसं २०७८ साउन १७ गते लेदोसहित आएको मेलम्चीको बाढीले हेलम्बुकै लाइफ लाइनका रूपमा रहेको रातो पुल बगाएपछि सो स्थानमा बेलीब्रिज निर्माण गरिएको थियो । रातो पुल बगाएको … Read more

संसदमा गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीले भने-जिबी राईलाई पक्रेर ल्याउनुस्,फूलमालाले स्वागत गर्छौं

काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई जिबी राई पक्राउ गरेर ल्याउन आग्रह गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले जिबी राईलाई पक्राउ गरेर ल्याए गृहमन्त्रीलाई संसदमै फूलमालाले स्वागत गर्ने बताए। ‘मलाई मेरा गृहमन्त्रीज्यूबाट के माग्नु छैन, जिबी राई पक्राउ गरेर ल्याउनुस्, यही संसदमा हामी फूलमालाले स्वागत गर्छौं,’उनले भने, ‘अरू … Read more

नारायणी पुलबाट एक पुरुष हाम फाले

नारायणी नदिको पुलबाट एक पुरुष नदीमा हाम फालेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (आइतबार) बिहान १०ः४० बजेको समयमा साइकलबाट झरेर अन्दाजी ५०/५५ वर्षीय एक पुरुष पुलबाट नदीमा हाम फालेका हुन् । पुलबाट नदिमा हाम फालेर बेपत्ता भएका पुरुषको पहिचान नखुलेको र उक्त स्थानमा विपत व्यवस्थापन सहित प्रहरी टोली खटाइएको प्रहरीले जानकारी दिएको … Read more

प्रदेश इन्चार्ज र सचिवलाई केन्द्रीय कमिटी सदस्यको ड्राफ्ट तयार पार्न जिम्मेवारी दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं- नेकपा एकीकृत समाजवादीले प्रदेशका इन्चार्ज र सचिवहरूलाई केन्द्रीय समिति सदस्यको ड्राफ्ट तयार गर्न जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ। आइतबारको केन्द्रय कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पर्टीका नेता जगन्नाथ खतिवडाले यस्तो बताएका हुन्। उनले बैठकले यसअघि कायम प्रदेश इन्चार्जहरुलाई सोही स्थानमा रहेर काम गर्न दिने निर्णय भएको बताए। उनले जिम्मेवारीअन्तर्गत केही दिनभित्र प्राप्त ड्राफ्टलाई … Read more

बाढी पहिरोले जनताको बिचल्ली छ, दलहरू सत्ताको दौडमा छन् : केसी

काठमाडौँ  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भ्रष्टाचार सामसुम पार्न दुई ठुला पार्टीको समीकरण बनेको हो भने नेपाली जनतालाई मान्य नहुने बताएका छन् ।  आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष केसीले संसद्को रोष्ट्रमबाट कसैले सफाइ दिए पनि नेपाली जनताले देखिरहेको र भोगिरहेको बताए । उनले भ्रष्टाचारबाट कुन पार्टी मुक्त र चोखो छ भन्दै प्रश्न गरे । ‘को … Read more

कर्णाली नदीले खतरा तह नाघ्यो, ३ नदी सतर्कता तहमाथि

काठमाडौं– देशकै लामो नदी कर्णालीले डोटीको ठूलीगाढमा खतरा तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागले ठूलोगाढ जलमापन केन्द्रमा कर्णाली नदी खतराको तहमाथि पुगेको जानकारी दिएको हो । सो जलमापन केन्द्रमा निर्धारित खतराको तह ६.५ मिटर निर्धारण गरिएको छ । तर, दिउँसो १२ बजेर ५० मिनेट जाँदा कर्णालीको जल सतह ८.७६ मिटर पुगेको … Read more

वर्ल्ड च्याम्पियन्स अफ लिजेन्ड्सः विष्फोटक ब्याटिङ गर्दै पाकिस्तानले भारतलाई हरायो

काठमाडौं । टी-२० प्रतियोगितामा ‘पाकिस्तानले चिर प्रतिद्वन्द्वी भारतलाई फराकिलो जित हासिल गरेको छ । तर, यो राष्ट्रिय टीम बीचको भिडन्त भने होइन । ईंग्ल्यान्डमा जारी वर्ल्ड च्याम्पियन्स अफ लिजेन्ड्समा पाकिस्तान च्याम्पियन्सले इन्डिया च्याम्पियन्सलाई हराएको हो । हिजो भएको खेलमा पाकिस्तानले ६८ रनको जित निकाल्न सफल भयो । विभिन्न राष्ट्रिय टीमबाट बाहिर रहेका लिजेन्ड खेलाडीहरूको टीमलाई … Read more