नारायणी पुलबाट एक पुरुष हाम फाले

नारायणी नदिको पुलबाट एक पुरुष नदीमा हाम फालेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (आइतबार) बिहान १०ः४० बजेको समयमा साइकलबाट झरेर अन्दाजी ५०/५५ वर्षीय एक पुरुष पुलबाट नदीमा हाम फालेका हुन् ।

पुलबाट नदिमा हाम फालेर बेपत्ता भएका पुरुषको पहिचान नखुलेको र उक्त स्थानमा विपत व्यवस्थापन सहित प्रहरी टोली खटाइएको प्रहरीले जानकारी दिएको छ ।

पुलमा उनले छाडेको साइकल, चप्पल, टोपी लगायतका सामान फेला परेको छ । वेपत्ता पुरुषको खोजी भइरहेको छ ।

सेयर गर्नुहोस्