काठमाडौं- नेकपा एकीकृत समाजवादीले प्रदेशका इन्चार्ज र सचिवहरूलाई केन्द्रीय समिति सदस्यको ड्राफ्ट तयार गर्न जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ।
आइतबारको केन्द्रय कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पर्टीका नेता जगन्नाथ खतिवडाले यस्तो बताएका हुन्।
उनले बैठकले यसअघि कायम प्रदेश इन्चार्जहरुलाई सोही स्थानमा रहेर काम गर्न दिने निर्णय भएको बताए।
उनले जिम्मेवारीअन्तर्गत केही दिनभित्र प्राप्त ड्राफ्टलाई केन्द्रीय कमिटीले निर्णय गरेर सदस्य पूरा गर्ने बताए। उनले बढीमा १० दिनभित्रमा केन्द्रीय कमिटी सदस्यको टुंगो लगाउने बताए।
जगन्नाथ खतिवडाले भने, ‘बैठकले पूर्णता दिनका लागि प्रदेशका यसभन्दा पहिला इन्चार्ज भएकाहरुलाई यथावत गरेका छौं- अन्तरिम व्यवस्थाका लागि। प्रदेशका इन्चार्ज र सचिवहरूसहित र यो केन्द्रिय कमिटीमा भएका सदस्यहरूसहित परामर्शमा प्रदेश र जिल्लाबाट क्लस्टर मिलाइ आवश्यक व्यवस्था गर्न केन्द्रीय सदस्यहरूमा मनोनयन गर्ने ड्राफ्ट तयार गर्नका निम्ति जिम्मेवारी प्रदान गरिएको छ। यो जिम्मेवारीअन्तर्गत केही दिनभित्र उहाँहरूले आफ्नो काम सम्पन्न गर्नुहुनेछ। केन्द्रसँग परामर्श गर्नुहुनेछ। अन्तिम निर्णय गर्ने अधिकार केन्द्रिय कमिटीलाई नै हुनेछ। बढीमा १० दिनभित्रमा हामी यो काम सम्पन्न गरी कमिटीलाई पूर्णता प्रदान गर्नेछाैं।’
पार्टीले जनतालाई सर्वसम्मत नेतृत्व चयन गरेको सन्देश दिने पनि बताए।