धान दिवसमा राष्ट्रपति पौडेल बने बाउसे

काठमाडौं– असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ ।राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेलसहित सहभागी भएका थिए ।रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषि पेशा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताए । ‘पहिले देशमा … Read more

एसईईमा अनुत्तीर्ण सबै विद्यार्थीले ग्रेडवृद्धि अर्थात् मौका परीक्षा दिन पाउने

माध्यमिक शिक्षा परीक्षा एसईईमा अनुत्तीर्ण भएका अर्थात् ननग्रेडिङ (एनजी) ल्याएका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईईमा ‘एनजी’ ल्याएका सबै दुई लाख ४२ हजार तीन सय १३ जना विद्यार्थीले ग्रेडवृद्धि अर्थात् मौका परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको हो । यसअघि दुई विषयसम्म ननग्रेडिङ भएका विद्यार्थीले मात्र ग्रेडवृद्धि … Read more

स्याङ्जामा पहिरोले घर पुरिँदा आमा-छोरीको मृत्यु

स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ । गए राति स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बाङ्गेमा पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको होपहिरोमा परेर आमा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसाको मृत्यु भएको घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक अमृत भुजेलले जानकारी दिए । उनका अनुसार राति सुतेका बेला पहिरो खसेको हो। घटनाका … Read more

पहिरोले पुरिएर एकै परिवारका पाँचको मृत्यु

पहिरोले पुरिएर गुल्मीमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ।गए राति आएको पहिरोले गुल्मीको मालिका गाउँपालिका-६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर पुरिएको हो। घरसँगै ५६ वर्षीय भेषबहादुर विक, उनकी पत्नी ४७ वर्षीया सुन्तली विक, बुहारी ३० वर्षीया सीता विक, दुई नातिनी सात वर्षीया सपना विक र दुई वर्षीया विपना विक पहिरोमा पुरिएका हुन्। पहिरो पन्छाउँदा … Read more

नगर सभा विवादले उपप्रमुख सुनिताले रोकिन् पोर्चुगल भ्रमण

काठमाडौं,काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले १५ असारमा तय भएको पोर्चुगल भ्रमण रद्द गरेकी छन् । यतिबेला नगर सभामा नीति तथा कार्यक्रमको विषयमा विवाद छ । विवादको बीचमा पोर्चुगल उड्दा उपप्रमुखका कारण बैठक बस्न नसकेको भ्रम फैलिने भन्दै उनले भ्रमण रोकेकी हुन् । ‘एक त महानगर प्रमुख नै राजनीतिक दलहरूलाई लक्षित गरेर आक्रामक रूपमा प्रस्तुत भइरहेका … Read more

चितवनमा रोपाइँ महोत्सव हुने

हरेक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव यस वर्ष चितवनमा मनाइने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनको धान जोन क्षेत्रको बछौलीमा प्रधानमन्त्रीको उपस्थितिमा रोपाइँ महोत्सव गर्न लागिएको हो । रत्ननगर नगरपालिका–७ बछौलीमा महोत्सव मनाउने तयारी गरिएको आयोजक समितिका संयोजक एवं कृषि विभागका महानिर्देशक नरहरिप्रसाद घिमिरेले जानकारी … Read more

जोगी बनेर भिख माग्न पुगेका भारतीय नागरीकले कानको रिङ लुटेपछि…

काठमाडौं, काठमाडौंबाट प्रहरीले दुई भारतीय नागरिक प्रकाउ परेका छन् । दुई दिनअघि काठमाडौंको सेतोपुलस्थित एक घरमा डेरा गरी बसिरहेकी महिलासँग भिख माग्न गएका दुई भारतीय नागरिकलाई प्रहरीले प्रकाउ गरेको हो । जोगीको भेषमा भिख माग्न पुगेका भारतको हरियाणाका २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना प्रकाउ परेका हुन् । उनीहरुले भिख माग्ने क्रममा कानमा लगाएका … Read more

एसईईमा कम ग्रेड आएपछि किशोरले रोजे आत्महत्या, नतिजालाई हाउगुजी नबनाउन मनोविद्को सुझाव

काठमाडौं । संखुवासभाको खाँदबारी ३ मा एक किशोरले एसईई नतिजाका कारण आत्महत्या गरेका छन् । १७ वर्षीय आशिष घिमिरे बिहीबार राति मृत फेला परेका हुन् । बिहीबार सार्वजनिक नतिजा अनुसार उनको कम ग्रेड आएपछि आफूलाई समाप्त पारे । आफन्तका अनुसार उनी नतिजा आएलगतै चिन्तित थिए ।जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार … Read more

गाडी चढाएर एयरपोर्ट नपुर्‍याएको भन्दै ब्वायफ्रेण्ड विरुद्ध मुद्दा

काठमाडौं । आफ्नो प्रेमीविरुद्ध मुद्दा मामिला गर्ने पनि अनेक बहाना हुँदा रहेछन् । न्युजिल्याण्डमा एकजना महिलाले आफूलाई गाडीमा चढाएर एयरपोर्ट सम्म नपुर्‍याएको भन्दै प्रेमी विरुद्ध मुद्दा हालेकी छिन् ।सुरुमा एयरपोर्ट लगिदिन्छु भनेको तर पछि नलगिदिएकोले जहाजको उडान छुट्नुका साथै थप पैसा खर्च भएको भन्दै उनले मुद्दा हालेकी हुन् ।न्युजिल्याण्डको विवाद ट्रिब्युनलले सार्वजनिक गरेको कानूनी कागजात … Read more

मदन भण्डारीको जन्मदिनको असरमा कोशीका मुख्यमन्त्रीले गरे वृक्षारोपण

काठमाडौं । कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मदन भण्डारीको ७३ औँ जन्मदिनका अवसरमा मुख्यमन्त्री निवास परिसर वृक्षारोपण गरेका छन् ।विश्व कम्युनिष्ट आन्दोलन कमजोर भइरहेको परिवेशमा नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइ प्रदान गर्न जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गर्दै समाज रूपान्तरण र कम्युनिष्ट व्यवस्थाका लागि भण्डारीले गरेको योगदान अतुलनीय रहेको कार्कीले बताए । संवैधानिक सर्वोच्चता, बहुलवादी … Read more