भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्ने बताउनुभएको छ । हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग आज सिंहदरबारमा भएको भेटका क्रममा उहाँले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अवस्था आउन नदिन देशव्यापी रूपमा जनजागरण ल्याउन पनि सुझाव दिनुभयो । प्रधानमन्त्री कार्कीले सरकारले पाएको कार्यादेशभित्र रहेर दलित तथा उत्पीडित समुदायको … Read more

एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले पार्टीको आसन्न ११औँ महाधिवेशनलाई एकताको राष्ट्रिय महाधिवेशनका रुपमा सफल बनाउनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित संवाद कार्यक्रममा उपाध्यक्ष थापाले अहिलेको विषम राजनीतिक परिवेशमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्न थालिए पार्टी पङ्क्तिमा गुटउपगुटको अवस्था सिर्जना हुनसक्ने आशङ्का व्यक्त गर्दै आसन्न महाधिवेशनलाई एकताको महाधिवेशन … Read more

जनकपुरका कप्तान परिवर्तन , इटन जारी सिजनका तेस्रो कप्तान

साविक विजेता जनकपुर बोल्ट्सले एनपिएलको जारी सिजनमा फेरि कप्तान परिवर्तन गरेको छ । आज लुम्बिनी लायन्सविरूद्ध खेलमा जनकपुरले जान निकोल लफ्टि इटनलाई कप्तान बनाइएको हो । जनकपुरका लागि इटन जारी सिजनका तेस्रो कप्तान बनेका हुन् । सुरुआती तीन खेल अनिल शाह, दुई खेल वायन पार्नेल र आज जान निकोल लफ्टि इटनले टोलीको कप्तानी गर्दैछन् । … Read more

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सङबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । त्यस क्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री डा परियारले नेपाल–चीनबीचको दीर्घकालीन मित्रता, विश्वास र सहकार्यलाई कृषि तथा पशुपन्छी विकास क्षेत्रमार्फत अझ गहिरो बनाउन प्रतिबद्धता व्यक्त गर्नु भएको उहाँको सचिवालयले जनाएको छ । मन्त्री डा … Read more

प्रहरी हवलदारको हत्यामा संलग्न चितवनका बुद्धिरामलाई पक्राउ गरेर नेपाल ल्याइयो

पूर्व प्रहरी हवलदारको हत्या गरेको आरोपमा चितवनका एक पुरुष प्रकाउ परेका छन् । लमजुङको बेसीशहर नगरपालिका–२ भकुन्डेमा २०८१ चैतमा भएको पूर्व प्रहरी हवलदार सिता धिताल कँडेलको हत्याको आरोपमा चितवनका बुद्धिराम दराई भारतबाट पक्राउ परेका हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतीय प्रहरीको सहयोगमा चितवनका स्थानीय दराइलाई पक्राउ गरी नेपाल ल्याएको हो। घटनाको ८ महिनापछि हिजो … Read more

भरतपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा ३० जना त्रिपालमुनि

जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा त्रिपालमुनि राख्नुपर्ने बाध्यता रहेको छ । कैदीबन्दीमध्ये ३० जना त्रिपालमुनि राख्नुपरेको छ । भवनभित्र सुत्ने ठाउँ अभाव भएपछि उनीहरु त्रिपालमुनि रात बिताउन बाध्य भएका हुन् । जेनजी आन्दोलनपछि भागेर फर्किएका कैदीबन्दीमध्ये ४६ जनालाई स्थानान्तरण गर्दा भित्र कोठामा ठाउँ नपुग्दा उनीहरुलाई त्रिपालमुनि राख्न बाध्य भएको हो । कारागार कार्यालयका प्रमुख … Read more

मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री डा गौतम

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले पछिल्लो समय मानसिक स्वास्थ्यको जोखिम बढ्दै गएकाले यसको न्यूनीकरणका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनपद्धतिमा जोड दिनुपर्ने बताउनुभएको छ । तरङ्गीनि फाउण्डेशनले आजदेखि काठमाडौँमा आयोजना गरेको दुईदिने ‘नेशनल कम्युनिटी मेन्टल हेल्थ कन्फ्रेन्स’ मा उहाँले विज्ञ चिकित्सकको परामर्शसँगै दैनिक जीवनमा योग र ध्यानमा जोड दिनुपर्ने सुझाव दिनुभयो । मन्त्री डा गौतमले मानसिक … Read more

दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भएको भरतपुर महानगरको सिटीहल पाँच वर्षसम्म अधुरै

दुई वर्ष तीन महिनामा सम्पन्न गर्नेगरी निर्माण सुरु गरिएको भरतपुर महानगर सिटीहल पाँच वर्ष पुग्दा पनि अधुरै छ । विसं २०७७ मङ्सिर १८ गते २७ महिनामा निर्माणसम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । तर पछिल्लो १० महिनादेखि निर्माण ठप्प छ । विसं २०८२ जेठमा हुरीका कारण भवनका ट्रष्ट उडाएपछि काम रोकिएको हो । सघन … Read more

चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य

पशु बिक्री गर्दा बिमा नामसारी अनिवार्य गर्न आग्रह गरिएको छ । पशु खरिद गरेपछि पुनः बिमा गर्दा सरकारले दिने अनुदान र खरिदकर्ताको रकम खर्च हुने भएकाले एउटै पशुको दोहोरो बिमा नगर्न आग्रह गरिएको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आयोजना गरेको पशु बिमासम्बन्धी त्रिपक्षीय अन्तरक्रियामा सहभागीले पशुको नामसारी नहुँदा बिमामा दोहोरो पर्ने गरेको … Read more

बिहीबारको तुलनामा आज पनि सुनचाँदीको मूल्य घट्यो ,

बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार ४०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ५५५ निर्धारण भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार ३०० निर्धारण भएको थियो भने एक … Read more