जोखिम मोलेर नदीबाट दाउरा निकाल्दै स्थानीयवासी
सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा न ९ मा अवस्थित मनकामना मन्दिर परिसरमा अरुण नदीमा आएको बाढीले बगाएर ल्याएको काठ एवम् दाउरा घरायसी प्रयोजनका लागि जोखिम मोलेर सङ्कलन गर्दै स्थानीयवासी ।
सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा न ९ मा अवस्थित मनकामना मन्दिर परिसरमा अरुण नदीमा आएको बाढीले बगाएर ल्याएको काठ एवम् दाउरा घरायसी प्रयोजनका लागि जोखिम मोलेर सङ्कलन गर्दै स्थानीयवासी ।
काठमाडौँ । अभिनेता अनमोल केसीले नयाँ फिल्म ‘जेरीः अन टप’को काम सुरु गरेका छन् । फिल्म ‘फर्की फर्की’को जापान प्रिमिएरबाट हालै फर्किएका उनले ‘जेरीः अन टप’को वर्कसप सुरु गरेका हुन् । साउन १ गतेबाट छायांकनमा जाने तयारीमा रहेको फिल्मको केसीसँगै अभिनेत्री आँचल शर्मा पनि वर्कसपमा जुटेकी छन् । फिल्ममा केसी र शर्माले पहिलो पटक सहकार्य … Read more
जनतालाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेहरूले देश र जनताको भलो नचिताउने गरेको प्रधानमन्त्री पुष्पकमल दाहालले जिकिर गरेका छन्। नेपाल बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सिर्जनात्मक र सकारात्मक सोच सहित जनतामा आशा प्रवाह गरेर मात्र समाजलाई सही दिशातर्फ लैजान सकिने बताए। “सबै नेता उस्तै हुन्, यहाँ केही … Read more
काठमाडौं । काभ्रेको रोशी गाउँपालिका ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा भएको छ । बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशक दीपेन्द्र सुवेदीले बिहीबार ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गरेका हुन् । निःशुल्क तथा अनिवार्य शिक्षायुक्त पालिका घोषणा भएसँगै उक्त पालिका बालबालिकाले शिक्षाका लागि कुनै शुल्क बुझाउनु नपर्ने भएको छ । … Read more
चितवन । चितवन राष्ट्रिय निकुञ्जको घडियाल गोही प्रजनन् केन्द्रमा दुई सय तीनवटा बच्चा कोरलिएका छन् । राप्ती नदीबाट सङ्कलन गरिएका दुई सय ४७ अण्डाबाट एक सय ९८ र प्रजनन केन्द्रमा रहेका अण्डाबाट पाँच गरी दुई सय तीन गोहीका बच्चा कोरलिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार राप्ती नदी किनारमा आठ गुँडबाट सङ्कलन गरिएका … Read more
धनगढीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ००१ ज ३९८ नम्बरको विङ्गर बनहरा पुल नजिक दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। विङ्गर दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरीले बताएको छ। घाइतेहरुको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको अत्तरिया प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
काठमाडौं । अस्ट्रेलियाले बंगलादेशमाथि २८ रनको जित हासिल गरेको छ। जारी टी-२० विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अस्ट्रेलियाले बंगलादेशलाई डक वर्थ लुइस नियम अनुसार २८ रनले पराजित गरेको हो। बंगलादेशले दिएको १४१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ११.२ ओभरमा २ विकेट गुमाएर १०० रन बनाएपछि वर्षाले खेल अवरुद्ध भएपछि खेलको निर्णय डकवर्थ लुइस नियम अनुसार गरिएको … Read more
बुटवल : आगलागीले ध्वस्त भएको बुटवल उपमहानगरपालिका- ८ स्थित मिलनचोकमा रहेको डेल्टा मार्टमा करिब ५० करोड रुपैयाँ बराबरको क्षति भएको सञ्चालकले दावी गरेका छन्। मार्टका सञ्चालक घनश्याम पाठकले आगलागीबाट ५० करोड बढीको क्षति भएको बताए। बिहीबार साँझ ६ बजेदेखि लागेको आगो आठ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । विद्युत्त सर्ट भएर मार्टको चार तलामा आगो लागेको … Read more
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन छापावाल सुन तोलामा १ हजार ९०० रुपैयाँ बढ्दै तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यस्तै छापावाल सुन प्रति १० ग्राम भने १ लाख २४ हजार ५५ … Read more
पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न सुरु गरिएको छ । १३ किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–फर्से ५ किलोमिटर खण्डमा मात्र कालोपत्र गरिने जोमसोमस्थित कालीगण्डकी करिडोर मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ । पहिलो चरणमा यो खण्ड कालोपत्र गरिसकेपछि ७ किलोमिटर बाँकी रहने छ । सडक कालोपत्र गर्न १३ … Read more