हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ ।यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस हिउँदमा सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भूभाग र गण्डकी प्रदेशका उत्तर–पश्चिम भूभागमा … Read more

प्रधानमन्त्री बन्ने आकांक्षासहित गगन थापाले भने- म १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हो

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टीको १५ महाधिवेशनमा सभापतिमा लड्ने घोषणा गरेका छन् । थापाले हिमालय टेलिभिनको यक्ष प्रश्नमा निमेष बन्जाडेसँगको अन्तर्वार्तामा प्रधानमन्त्रीको आकांक्षा व्यक्त गर्दै १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हुने घोषणा गरे । ‘अधिवेशनको थिति–मिति तय भएपछि म पहिलोपटक यो अन्तर्वार्तामा बसेँ’, उनले भने, ‘म १५औँ महाधिवेशनको सभापतिको उम्मेदवार हो । मलाई के … Read more

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदायका उँधौली पर्व

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् । किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँदैछन् । लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । यो पर्वको पहिलो दिन थियो । आज … Read more

सरकार उल्टो बाटो हिँड्दैछ, राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँः दुर्गा प्रसाईं

नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जान आग्रह गर्नुभएको छ । आफूले अन्तरिम सरकारसँग विभिन्न बुँदामा मागहरु राखेको उल्लेख गर्नुहुँदै वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जान आग्रह गर्नुभएको हो । उहाँले लडाईं नचाहने हो भने जनमत … Read more

९ वटा भवनबाट सेवा दिइरहेको भरतपुर महानगरपालिकाको ५३ करोडको भवन बन्दै,काम अन्तिम चरणमा

भरतपुर महानगरपालिकाको २२१ कोठाको निर्माणाधीन छ तले भवन प्रायः पूरा भएको छ । महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार रु ५३ करोड ३२ लाख ४१ हजारको लागतमा निर्माणाधीन भवनको ८८ प्रतिशत काम पूरा भएको छ । आफ्नै भवन नहुँदा महानगरपालिकाले नौ वटा भवनबाट सेवा प्रवाह गरिरहेको छ । रासस

प्रशासन कार्यालय सञ्चालनमा आएपछि ८३४ सेवाग्राहीले राहदानी पाए

जेनजी प्रदर्शनपछि अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालयको सेवा सञ्चालनमा आएपछि ८३४ सेवाग्राहीले राहदानी प्राप्त गरेका छन् । गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयमा आगजनी भएपछि अवरुद्ध बनेको सेवा सञ्चालनमा आएसँगै ८३४ जनाले राहदानी प्राप्त गरेका हुन् । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले पहिलेको तुलनामा पछिल्लो समय राहदानी … Read more

जेनजी आन्दोलनका सहिदः सन्तान गुमाउँदाको असह्य पीडा

“मेरो मुटुको टुक्रा के भयो आज यो ! मेरो प्यारा तिम्रो बोली कहाँ गएर सुनु, तिम्रो हाँसो अब कसरी हेरुँ, दशैं–तिहार चाडबाड कसरी मनाउँ, यो अभागी आमाको मन कसरी बुझाउँ ?” गत भदौ २३ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिद योगेन्द्र न्यौपाने (रोसन) को आमा लक्ष्मीले आँसुका धारा बगाउँदै बोलिरहने बेदनाका शब्दहरु हुन् यी । … Read more

पवित्र धार्मिक तीर्थस्थल देवघाटमा निर्माण गरिएको शवदाह गृह सञ्चालनमा

पवित्र धार्मिक तीर्थस्थल देवघाटमा निर्माण गरिएको शवदाह गृह सञ्चालनमा आएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण सम्पन्न गरी गत असोज २४ गते भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेको गृह महानगरले सञ्चालनमा ल्याएको हो । महानगरपालिकाका विपद् शाखा प्रमुख बालकृष्ण थपलियाका अनुसार मंगलबारदेखि गृह सञ्चालनका लागि तयारी अवस्थामा छ । आज बिहानसम्म शव नआएकाले सञ्चालन … Read more

मधेसका मुख्यमन्त्री यादवद्वारा राजीनामा

सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदत्याग गर्नुभएको छ । विश्वासको मत पाउने सम्भावना नदेखिएपछि उहाँले आज प्रदेशसभाको बैठकमै राजीनामा घोषणा गर्नुभएको हो । यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८९३० अनुसार प्रदेशसभा सबैभन्दा ठूलो दलको नेताका रूपमा मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । बर्दिबासस्थित … Read more

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित दुई जनालाई पक्राउ गरेको छ। अख्तियारले दुई जनालाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गर्नका लागि विशेष अदालतमा पुर्‍याएको छ। विशेष अदालतका उपरजिस्ट्रार कृष्णशरण लामिछानेका अनुसार ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा पेस भएको छ। ‘दुई जना पक्राउ हुनुहुन्छ। अरू फरार छन्। भ्रष्टाचारको मुद्दा पेस भएको छ। ६ जना … Read more