फोर्ब्स कलेजमा भएको कुलिनरीतर्फ इडन गार्डेन र पावरपोइन्टतर्फ अक्सफोर्डलाई उपाधि

भरतपुर । चितवनको भरतपुरमा रहेको फोर्ब्स कलेजले आयोजना गरेको तेस्रो संस्करणको अन्तर कलेज कुलिनरी र पावरपोइन्ट प्रतियोगिताको कुलिनरी विधामा भरतपुर–१० को इडन गार्डेन माध्यमिक विद्यालय पहिलो भएको छ । कुलिनरी विधामा पहिलो भएको इडन गार्डेन माविले उपाधिसहित १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको फेब्र्स कलेजका प्रिन्सिपल हरिशरण पाठकले जानकारी दिनुभयो । पाठकका अनुसार प्रतियोगितामा सरस्वती … Read more

कांग्रेस महासमिति बैठक सम्पन्न, चार प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं। चार वटा प्रस्तावहरु सर्वसम्मत पारित गर्दै नेपाली कांग्रेसको महासमिति बैठक सम्पन्न भएको छ। महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पेश गर्नुभएको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावका साथै लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतीले पारित भएको हो। चार वटै … Read more

चन्द्रागिरीमा हिउँ पर्‍यो (फोटोफिचर)

काठमाडौं। काठमाडौंको चन्द्रागिरीमा हिँउ परेको छ। बिहिबार साँझ राजधानीमा वर्षा भएसँगै चन्द्रागिरीमा हिउँ परेको हो। वर्षासँगै काठमाडौंमा चिसो पनि बढेको छ। उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौंको उत्तरी भेग आसपासमा पानी परिरहेको छ। महाशाखाका अनुसार पछिल्लो छ घण्टामा पाल्पाको अर्चलेमा चार दशमलव आठ मिलिमिटर वर्षा भएको छ। मौसमविद शान्ति कँडेलका अनुसार अहिले देशभर … Read more

सन्दीपलाई जेलबाहिर बसेर मुद्दा लड्न उच्च अदालतको अनुमति

काठमाडौं। बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन्। बिहीबार उच्च अदालत पाटनले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति दिएसँगै जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका हुन्। उच्च अदालतका प्रवक्ता उपरजिस्ट्रार तीर्थराज भट्टराईले उक्त कुराबारे जानकारी दिएका छन्। बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ … Read more

नारायणगढ–मुग्लिन सडक फागुन १३ गतेदेखि बन्द नहुने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ । तेस्रो पटक थपेको म्याद यही फागुन १२ गते सकिँदैछ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेकाले अबको कामका लागि सवारी रोक्नु नपर्ने भएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम … Read more

एकै दिनमा २ वटा डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेलको उद्घाटन

चितवन । भरतपुर वडा नम्बर १७ मा एकै दिनमा २ वटा डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेलको उद्घाटन गरिएको छ । बिहिबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दुबै थरीका बोरिङ्को उद्घाटन गर्नुभयो । भरतपुर महानगरपालिकामा भूमिगत सिँचाई कार्यालयबाट ५० वटा डिप ट्युबवेल, ३३० वटा स्यालो ट्युबवेल र महानगरपालिकाबाट ७०० बढी स्यालो … Read more

सितापाइला घटना: मूख्य कारण श्रीमान-श्रीमतीबीच अविश्वास र बाहिरी सम्बन्ध

काठमाडौं। काठमाडौंको सितापाइलामा चार जनाको ज्यान गएको घटनाको मूख्य कारण श्रीमान–श्रीमतीबीचको अविश्वास र विवाहेत्तर सम्बन्ध रहेको प्रहरीले जनाएको छ। फागुन ९ गते बिहान पौने ९ बजे सितापाइलामा ३७ वर्षीय राजु घिमिरे भनिने काजी विश्वकर्माले पत्नी ईश्वरी भनिने प्रेमकुमारी श्रेष्ठ, आठ वर्षकी छोरी अनिसा र दुई वर्ष पाँच महिनाकी नातिनी सिवानीको हत्या गरी आफू समेत नजिकैको … Read more

कांग्रेस महासमिति बैठक आज सकिँदै, गठबन्धनको विषयमा विभाजित धारणा

काठमाडौं। नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ। गत सोमवारदेखि सुरू भएको महासमिति बैठकमा गत मंगलबार प्रस्तुत गरिएका पाँचवटा प्रतिवेदनमाथि बुधबार समूहगत छलफल सकिएपछि आज सभापति शेरबहादुर देउवासहितले जवाफ दिनेछन्। गोदावरी, ललिलपुरमा जारी महासमिति बैठक सभापति देउवाको जवाफसहित आजै सम्पन्न हुने प्रचार बिभाग प्रमुख मिन बिश्वकर्माले जानकारी दिए। उनका अनुसार हिजाको समूहगत छलफल … Read more

नेपाल ए र क्यानडा-११ बीचको निर्णायक खेल आज

काठमाडौं। नेपाल ए र क्यानडा-११ बीचको सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुँदैछ। मुलपानी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार विहान ९ः३० बजेदेखि शुरु हुनेछ। यसअघि खेलेको पहिलो खेल क्यानडा- ११ ले जितेको थियो भने दोस्रो खेलमा नेपाल ए ले जित हासिल गरेको थियो । १-१ को बराबरीमा रहेको सिरिज आज जित्ने टिमले … Read more

२०८० साल फागुन १० गते बिहिवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक झमेलामा परिएला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । … Read more