२०८० साल फागुन ०९ गते बुधवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बोलीको प्रभाव बढ्ने र नयाँ कमको थालनी पनि हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार समेत पाउनेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा … Read more

‘महाजात्रा’ टिजरमा पैसाको चक्कर

‘जात्रा’ फ्रेन्चाइजको तेस्रो श्रृंखला ‘महाजात्रा’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट १२ सेकेण्डको टिजरमा पैसाले उत्पन्न गराउने परिस्थितिलाई देखाइएको छ । एक गाडी पैसा लुकाउन प्रस्ताव आएपछि तीन पात्र (विपिन कार्की, रविन्द्र सिंह बानियाँ र रविन्द्र झा)ले गर्ने संघर्ष र बेहोर्नुपर्ने हैरानीमा टिजर केन्द्रित छ । टिजरमा अभिनेता हरिवंश आचार्य नेताको शैलीमा चित्रित छन् … Read more

पिठुवा खानेपानीको पद हस्तान्तरण

रत्ननगर । पिठुवा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको छैठौं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन अन्तर्गत आइतबार भएको निर्वाचनमा निर्वाचित कार्यसमितिलाइ पद हस्तान्तरण समारोह आज मंगलबार सम्पन्न भएको छ । निर्वाचन समितिका संयोजक दीपकप्रकाश सिवाकोटीको सभापत्वि र रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान कार्यसमितिले पद हस्तान्तरण गरेको थियो । … Read more

उद्योग वाणिज्य संघ चितवनको कार्ययोजना बनाउन गोष्ठी

चितवन। उद्योग वाणिज्य संघ चितवनले दुई वर्षे कार्ययोजना बनाउन गोष्ठी गरेको छ । उद्योग वाणिज्य संघ–चितवनमा सुमनकुमार श्रेष्ठको नेतृत्व आएसँगै भावी कार्ययोजना बनाउन सो गोष्ठी गरेको हो । गोष्ठीले श्रेष्ठको कार्यकालमा गर्ने कार्यक्रमहरु, सदस्यमुखी कार्यक्रमलगायत चितवन जिल्लाका आर्थिक तथा सामाजिक विकास सम्बन्धी योजना एवम् मिनी एक्जिवेशन सेन्टर निर्माण तथा हाइजिन फुड कोर्ट निर्माण गर्ने योजना … Read more

एक्सपर्ट भरतपुर मेयर्स कपः वाल्मीकिको लगातार दोस्रो जित, विश्वप्रकाशको पहिलो जित

चितवन । एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिगमा समुह ‘ए’को वाल्मीकि शिक्षा सदनले लगातार दोस्रो जित निकालेको छ । प्रतियोगिताको समुह ‘बी’ को विश्वप्रकाश माविले भने पहिलो जित हात पारेको छ । आजको पहिलो खेलमा विश्वप्रकाशले प्रभात मावि शुक्रनगरलाई ४ विकेटले तथा वाल्मीकिले मावि गंगानगरलाई ८७ रनको फराकिलो अन्तरमा हराएको हो । भरतपुर–१५ … Read more

कांग्रेस महासमिति बैठकमा पाँच प्रतिवेदन पेस, बुधबार छलफल

पाटन। हिजो सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस महासमिति बैठकमा आज पाँच वटा प्रतिवेदन पेस भएका छन्। बैठकको पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेक थिए। त्यसैगरी महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र … Read more

फोर्व्स कलेजले कुलिनरी र पावरपोइन्ट प्रतियोगिता गर्दै

भरतपुर । चितवनको भरतपुरमा रहेको फोर्व्स कलेजले तेस्रो संस्करणको अन्तर कलेज कुलिनरी र पावरपोइन्ट प्रतियोगिता गर्ने भएको छ । भरतपुरको क्षेत्रपुरमा रहेको कलेजले फागुन ९ र १० गते नवलपुर र चितवनका कलेजमा कक्षा ११ र १२ अध्ययनरत विद्यार्थीबीच प्रतिस्पर्धा गराउन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कलेजका अध्यक्ष राजकुमार दाहालले कुलिनरी र … Read more

बाजुरामा वर्षासँगै पुनः हिमपात

बाजुरा। वर्षासँगै बाजुराको माथिल्लो भेगमा हिमपात भएको छ। छ महिनापछि वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन्। पूर्वी-उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका उच्च लेकाली भेगमा हिमपात भएको छ। यस्तै जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, खप्तडछेडेदह र त्रिवेणी नगरपालिकाका लेकाली क्षेत्रमा हिमपात भएको हो। बेँसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ। सोमबार … Read more

चितवनमा २४ बर्षीय युवकको चक्कु प्रहार गरि हत्या

चितवन। चितवनको खैरहनीमा एक युवकको शव फेला परेको छ । खैरहनी नगरपालिका वडा नम्बर २ मा एक युवकको शव फेला परेको हो । खैरहनी २ निवासी अन्दाजी वर्ष २४ को कृष्ण प्रसाद खनालको शव फेला परेको हो । उनको घाटीमा चक्कु प्रहार भएको छ । घाटिमा चक्कु नै रहेको अवस्थामा शव फेला परेको हो । … Read more

दयाहाङ र आँचल स्टारर ‘डिग्री माइला’ टिजर रिलिज

रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को टिजर सार्वजनिक गरिएको छ । साढे ३ मिनेट लम्बाईको टिजरलाई तीन खण्डमा बाँडिएको छ । पहिलो खण्डमा डिग्री पास गरेका दयाहाङ राईसँग स्थानीय शिक्षकहरुले गरेको प्रश्नोत्तरलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ भने दोस्रो खण्डमा गीतको सानो अंश छ, जहाँ अभिनेत्री आँचल शर्मासँग दयाहाङ रोमान्टिक अवतारमा चित्रित छन् । टिजरको … Read more