व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, रोकियो अवैध आयात

अवैध अण्डा रोकिएपछि नेपाली किसानले अण्डाको लागत मूल्य पाएका छन् । निर्वाचनका कारण भारतीय सीमाक्षेत्रमा कडाइ गरिएसँगै अवैध रूपमा छिर्ने गरेको अण्डा रोकिएको छ । यससँगै नेपालमा अण्डाको मूल्य आजबाट लागू हुनेगरी भारी वृद्धि भएको हो । किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जारी गरेको मूल्यसूचीमा भारी … Read more

ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छः मन्त्री घिसिङ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कूलमान घिसिङले घोषित मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन हुने बताउनुभएको छ । आज जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले सरकार प्रतिबद्ध भएर चुनावको तयारीमा सरकार लागेकाले चुनाव हुनेमा ढुक्क रहन सबैलाई आग्रह गर्नुभयो । उहाँले अगामी फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचनको वातावरण बन्दै गएको र जनता निर्वाचनका लागि उत्साहित रहेको … Read more

गौतम बुद्ध रंगशालाको विवादमा बोल्यो भरतपुर महानगरपालिका

भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला विवादमा सिताराम कट्टेल धुर्मुसको आरोप र सामाजिक सञ्जालमार्फत व्यक्त गरिएका टिकाटिप्पणीबारे प्रतिक्रिया दिएको छ । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलद्वारा विज्ञप्ति जारी गर्दै महानगरपालिकाले धुर्मुसको आरोप र सामाजिक सञ्जालमार्फत व्यक्त गरिएका टिकाटिप्पणीबारे प्रतिक्रिया दिएको हो । ‘राज्यको कोषबाट निजी संस्थाको दायित्व भुक्तानी गर्नु अत्यन्त संवेदनशील र कानुनी … Read more

जेनजी आन्दोलनका सहिदः उच्च शिक्षा पढाउने गौतम परिवारको अस्तायो सपना

निखिता गौतमका बुबा लोकनाथ गौतमले चितवनबाट काठमाडौँमा डेरा सर्नुभयो । एक छोरा र एक छोरीको शिक्षादीक्षासहित राम्रो भविष्य होला भनेर उहाँले राजधानीमा दुःखजिलो गर्दै छोरालाई विदेश पठाउनुभयो भने छोरीलाई स्वदेशमै पढ्नका लागि प्रेरित गर्दै हुनुहुन्थ्यो । त्यसो त कक्षा १२ को अध्ययन सकेर विदेश जाने कि नेपालमै अध्ययन गर्ने दोधारमा हुनुहुन्थ्यो । गत भदौ २३ … Read more

राष्ट्रपतिबाट नेपाल विशेष सेवा अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संशोधन्) अध्यादेश, २०८२ जारी गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयद्वारा आज प्रेषित विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको जनाइएको छ । रासस

एमालेको राष्ट्रिय स्वयंसेवक फोर्स केन्द्रीय ‘कमाण्ड’ घोषणा

नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ) केन्द्रीय ‘कमाण्ड’ घोषणा गरिएको छ । एमाले जनसङ्गठन समन्वय संयन्त्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेता तथा कार्यकर्ताको उपस्थितिमा सातै प्रदेशका प्रतिनिधित्व रहने गरी ‘कमाण्ड’ घोषणा गरिएको हो । पुष्पराज श्रेष्ठको संयोजकत्वमा एघार सदस्यीय टोली रहेको छ । संयन्त्रका संयोजक भानुभक्त ढकालले फोर्सको … Read more

एमालेको फोर्ससँग कोही पनि आत्तिनुपर्दैन, कोही तर्सिनुपर्दैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले राज्यले मात्रै देशमा शान्ति सुरक्षा कायम गर्न नसक्ने भएपछि नेसनल भोलेन्टियर फोर्स गठन गरेको बताएका छन्। फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै राष्ट्र हितको लागि काम गर्ने बताएका हुन् । यो राष्ट्रिय हितका लागि गठन भएको हो। एमालेसँग असहमति राख्ने अथवा यो संगठनसँग असहमति गर्नेका लागि पनि जिउधनको रक्षा गर्ने कामको … Read more

जलनमा परेका अठार वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गरिने

सुष्मा कोइराला मेमोरियल अस्पतालले जलनमा परेका १८ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गर्ने भएको छ । अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माले आगोले पोलेका तथा अन्य कुनै कारणले जलनमा परेका बालबालिकालाई निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिनुभयो । गतवर्ष १४२ बालबालिकालाई निःशुल्क उपचार गरेको पनि उहाँले बताउनुभयो । अस्पतालका मेडिकल निर्देशक डा सन्तोष भण्डारीले १८ वर्षमुनिका जलनका … Read more

एमालेले भोलि काठमाडौंमा ६० हजारभन्दा धेरै मान्छे उतार्छ : महेश बस्नेत

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले शनिबार काठमाडौँमा पार्टीको कार्यक्रममा ६० हजार मान्छे उतार्ने दाबी गरेका छन्। पार्टीको नेसनल भोलेन्टियर फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै उनले भोलिको प्रदर्शन हुने विश्वास आजैको र्‍यालीले देखाइसकेको बताएका छन् । उनले भने, ‘भोलि ११ बजे भृकुटीमण्डपमा हामी भला हुन्छौँ । त्यहाँ ६० हजारभन्दा धेरै जम्मा भएर सभा गर्दैछौँ,सुशीला आमालाई … Read more

बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु

शुक्रबार मध्य बङ्गलादेशमा आएको ५.५ म्याग्निच्युडको भूकम्पले कम्तीमा छ जनाको ज्यान गएको र दर्जनौँ नागरिक घाइते भएको अधिकारीहरूले बताएका छन् । राजधानी ढाकाका धेरै भवनहरू भूकम्पको कम्पनले हल्लिएपछि त्रसित बासिन्दाहरू घरबाट बाहिर निस्केर सडकतर्फ दौडिएका थिए । भूकम्प स्थानीय समयानुसार बिहान १०ः३८ बजे ढाकाबाट करिब २५ किलोमिटर (१६ माइल) टाढा रहेको नरसिङ्गडी जिल्लाको घोरसाल क्षेत्रमा … Read more