रविको मुद्दा न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामाथि उच्च अदालत, तुलसीपुरको बुटवल इजलासमा आज पेशी तोकिएको छ। उच्च अदालतको दैनिक पेशी सूची अनुसार, न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा पेशी तोकिएको छ। इजलास नं। १ मा पेशी तोकिएको लामिछानेको मुद्दासँगै छविराज जोशीको मुद्दा पनि राखिएको छ। गत साता उच्च अदालतले लामिछानेको मूल मुद्दाको प्रतिलिपि … Read more

वीर अस्पतालमा श्वासप्रश्वास सम्बन्धी १० वटा भाइरसको परीक्षण

वीर अस्पतालमा श्वासप्रश्वास सम्बन्धी १० वटा विभिन्न रोगका भाइरसको एकै पटक परीक्षण सुरु गरिएको छ । अस्पतालको मेडिकल जेनेटिक्स (अनुवाङ्शिक) प्रयोगशालामा श्वासप्रश्वास सम्बन्धी १० प्रकारका रोगको भाइरसको एकै पटक एकै समयमा परीक्षण सुरु गरिएको अस्पतालका मेडिकल अनुवाङ्शिक विभागका प्रमुख डा निलम ठाकुरले जानकारी दिनुभयो । उहाँले बिरामीको एउटा रोगको भाइरसको फरक–फरक परीक्षण गर्दा रोग पत्ता … Read more

कागतीखेतीबाट तीन महिनामा नौ लाख आम्दानी

 कृषि कर्ममा लाग्ने हो भने रोजगारीका लागि विदेशै ताक्नु पर्दैन भन्ने यहाँका एक कृषकले उदाहरण दिनुभएको छ । पोखरा महानगरपालिका–३१ खनास्वाराका टुकाराम लामिछाने कागतीखेतीबाट तीन महिनामा झण्डै रु नौ लाख आम्दानी गरेर सबैका लागि अनुकरणीय बन्नुभएको हो । एलसी अर्गानिक कृषि फर्म दर्ता गरेर आठ वर्षअघि भिरालो २६ रोपनी जग्गामा लगाएका ५०० सोना जातका कागतीका … Read more

नारायणी सिग्नेचर ब्रिज निर्माण सम्झौता भएको २९ महिनामा डिजाइन स्वीकृत, यस्तो छ डिजाइन

निर्माण सम्पन्न हुनुपर्ने समय सकिन करिब डेढ वर्ष मात्रै बाँकी रहँदा नारायणीमा नदीमा बन्ने सिग्नेचर ब्रिजको डिजाइन स्वीकृत भएको छ । ४८ महिनामा निर्माण सम्पन्न गर्नेगरी ठेक्का दिइएको पुलको डिजाइन नै २९ महिनापछि सडक विभागबाट स्वीकृत भएको हो । ४८ महिना (चार वर्ष)मा निर्माण सम्पन्न गर्नेगरी २०८० वैशाख १९ गते तुँदी कन्स्ट्रक्सनले सिग्नेचर ब्रिजको ठेक्का … Read more

सुनको मूल्य एकैदिन तोलामा पाँच हजार ९०० ले बढ्यो

नेपाली बजारमा बिहीबार (कात्तिक २७) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा पाँच हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५० हजार २०० रुपैयाँ कायम छ । बुधबार (कात्तिक २६) छापावाल सुन प्रतितोला दुई लाख ४४ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो … Read more

प्रथम ब्लाइन्ड महिला टी–२० विश्वकपः नेपालको विजयी सुरुवात

नेपालले बुधबार श्रीलङ्कालाई नौ विकेटले हराएर प्रथम ब्लाइन्ड महिला टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ। भारतको नयाँ दिल्लीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ८७ रनको स्कोर तयार पारेको थियो । नेपालले ५.२ ओभरमै एक विकेटको क्षतिमा ८८ रन बनाएर लक्ष्य हासिल ग¥यो । नेपालकी मनकेसी चौधरीले … Read more

चितवनका हरिप्रसादले दिए डेनमार्कको क्षेत्रीय र महानगर प्रतिनिधिमा उमेदवारी

डेनमार्कको रिजनल काउसिल मेम्बर (क्षेत्रिय परिषद सदस्य) र नगर परिषद सदस्यका लागि चितवनका हरिप्रसाद न्यौपानेले उमेदवारी दिएका छन्। नोभेम्बर १८ तारिकमा हुन लागेको निर्वाचनमा डेनमार्कको सत्तारुढ सोसल डेमोक्र्याट पार्टीका तर्फबाट न्यौपानेले कोपनहेगनको नगरपरिषद सदस्यको उमेदवारी दिएका हुन्। सँगै उनी पूर्वी डेनमार्क क्षेत्रको क्षेत्रीय परिषद सदस्यको समेत उमेदवार बनेका छन्। १७ वर्ष अघि डेनमार्क पुगेका न्यौपाने … Read more

अस्ट्रेलियामा सवारी दुर्घटनाः चितवनका तीन जनाको मृत्यु

अस्ट्रेलियामा सवारी दुर्घटना हँदा चितवनका तीन जनाको मृत्यु भएको छ । भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा भएको दुर्घटनामा चितवन घर भएका एकै परिवारका तीन जनाको मृत्यु भएको हो । कारका चालक (बाबु) ४१ वर्षीय एक पुरुष, ३१ वर्षीया एक महिला (आमा) र तीन वर्षीया एक बालक (छोरा) को दुर्घटनास्थलमै मृत्यु भएको हो । उनीहरूसँगै यात्रा … Read more

सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँले बढ्यो

आज पनि सुनचाँदीकै मूल्य बढेको छ। गएको बिहीबार, शुक्रबार र आइतबार लगातार बढेको सुनको मूल्य आज पनि उच्च दरमा बढेको हो। सुनको मूल्य आज तोलामा ४ हजार ९०० रुपैयाँले बढेर तोलाको २ लाख ४६ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य हिजो तोलामा २९०० रुपैयाँ बढेर दुई लाख ४१ … Read more

मलेसिया–थाइल्यान्ड समुद्री सीमामा आप्रवासी बोकेको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो

मलेसिया–थाइल्यान्ड समुद्री सीमामा कागजातविहीन आप्रवासी बोकेको डुङ्गा गत हप्ता डुब्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको तथा १३ जनालाई उद्धार गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । सोमबार केदाह राज्यमा एक बच्चा, दुई पुरुष र दुई महिलासहित पाँच जनाको शव फेला परेको केदाह र पर्लिस राज्यका लागि मलेसियन मेरिटाइम एन्फोर्समेन्ट एजेन्सी (एमएमइए) का निर्देशक रोमली मुस्तफाले विज्ञप्ति … Read more