केरा र अनारको मूल्य बढ्यो

२१ कात्तिक, काठमाडौं । स्थानीय बजारमा केरा र अनारको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले शुक्रबार यी दुई फलफूलको मूल्य बढेको देखाएको हो ।आज शुक्रबार अनारको मूल्य प्रतिकिलो थोकमा औसत ७२ रुपैयाँ बढेको छ । आज अनार किलोको ४ सय २ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो … Read more

पर्वतमा १३ वर्षअघि हत्या गरेर दुबई पुगेका रेशमबहादुर समातिए

२१ कात्तिक, काठमाडौं । १३ वर्षअघि एक व्यक्तिको हत्या गरेर दुबई पुगेका व्यक्ति इन्टरपोलको सहयोगमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको बेउलीबासका रेशमबहादुर राना छन् । उनलाई इन्टरपोलको सहयोगमा पक्राउ परेर शुक्रबार नेपाल ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेले बताए ।राना समेत भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतको १५ … Read more

सुर्खेत प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु

२१ कात्तिक, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–११, पिपिराका ३५ वर्षीय गंगे सुनारको शुक्रबार बिहान मृत्यु भएको हो । लागुऔषध मुद्दामा पक्राउ परेका सुनार ८७ दिनदेखि सुर्खेत हिरासतमा थिए । सुनार शुक्रबार बिहान ६ बजेको समयमा ओछ्यानमै सुतेको बेलामा बेहोस अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय … Read more

सडक मापदण्डभित्रका घरटहरा हटाउन आग्रह

गुल्मी, कात्तिक २१ – यहाँस्थित रुरुक्षेत्र गाउँपालिकाले सडक स्तरोन्नति सहज र प्रभावकारी बनाउन सडक मापदण्डभित्र पर्ने घरटहरा तथा संरचना हटाउन सम्बन्धित बासिन्दालाई अनुरोध गरेको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयले सडक मापदण्डभित्र पर्ने घरटहरा, पसल र अन्य संरचनाहरुले सडक निर्माणमा अवरोध पु¥याइरहेकाले गाउँपालिकालाई समयमै उक्त संरचना हटाइदिन पत्राचार गरेको थियो । सोही पत्राचारलाई आधार … Read more

भदौ २३ गते कसैले गोली चलाउन आदेश दिएको थिएनः प्रहरी महानिरीक्षक खापुङ

नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङले गत भदौ २३ र २४ गतेको घटनामा प्रहरीलाई गोली हान्ने आदेश कसैले नदिएको बताएका छन् । इमेज च्यानलको कार्यक्रम ‘हटसिट’लाई बिहीबार अन्तर्वार्ता दिने क्रममा खापुङले त्यो सबै तत्कालीन परिस्थितिको उपज भएको जवाफ दिएका छन् । गत भदौ २३ गते जेन–जीका नाममा भएको प्रदर्शनका क्रममा गोली चल्दा काठमाडौंमा १७ र सुनसरीको … Read more

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक चितवनको सौराहामा सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनको सौराहामा सुरु भएको छ । सौराहास्थित सभाहलमा सुरु भएको बैठकको कार्यवाहक सभापति डीपी अर्यालले घण्टी बजाएर र उपसभापति डा.स्वर्णीम वाग्लेले राष्ट्रिय झण्डा फहराएर समुद्घाटन गरेका छन् । दुई दिनसम्म चल्ने बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन, आगामि निर्वाचनका लागि उपसभापति स्वर्णीय वाग्लले वाचा पत्रको … Read more

पोखरामा बन्यो भैरव मन्दिर

काठमाडौँ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृति झल्काउने भैरव मन्दिर पोखराको भैरवटोलमा रु एक करोड ७० लाख ८८ हजार ६१५ को लागतमा निर्माण भएको छ । यही कात्तिक २६ गते मन्दिरमा कालभैरवको प्रस्तर प्रतिमा तान्त्रिक विधिबाट प्राणप्रतिष्ठा गरिने भैरव सांस्कृतिक संरक्षण समितिले जनाएको छ । समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गका अनुसार पोखरामा नेवार समुदायको आगमनसँगै काठमाडौँ … Read more

त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौताको

बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट उपभोग बिजुलीको बक्यौताको पहिलो किस्ता बुझाएको छ । नेपाल विद्युत् प्राधिकरणलाई उक्त उद्योगले पहिलो किस्ता बिहीबार तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको उद्योगको बिजुली हिजैदेखि आपूर्ति गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले राससलाई जानकारी दिनुभयो । त्रिवेणी सिन्थेटिकको रु चार करोड ३९ लाख ८३ … Read more

भरतपुरका मौरीपालक किसान मारमा

सरकारले आयातित महलाई बजारमा प्रमुख स्थान दिँदा स्वदेशी मौरीपालक किसान असन्तुष्ट भएका छन् । मह उत्पादन र खपतको मुख्य समय असोजदेखि चैत्रसम्म हुने भएकाले सो अवधिमा विदेशी मह आयात गर्ने सरकारको निर्णय किसानको हितमा नरहेको किसानको गुनासो छ । साथै चरन क्षेत्रमा हुने विभिन्न अवरोधका कारण पनि मौरीपालक किसान थप मर्कामा छन् । सरकारले सहयोग … Read more

सुशासनसहित निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाइने: प्रजिअ लुइटेल

जिल्ला प्रशासन कार्यालय, धनुषाले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी शान्तिसुरक्षा चुस्तदुरुस्त एवं प्रभावकारी बनाउने काममा सहयोग गरिदिन जिल्लाबासीसँग अनुरोध गरेको छ । जिल्लास्थित अगुवा एवं सक्रिय पत्रकारसँगको भेटघाटका अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले सुरक्षा व्यवस्था सुनिश्चित गरी भयरहित वातावरणबीच प्रतिनिधिसभाको निर्वाचन सफल बनाउने काममा जुटेको प्रशासन संयन्त्रलाई साथ दिन सम्बद्ध सबैसँग … Read more