बन्दीपुर केवलकार भोलिबाट सञ्चालनमा आउने

अमरराज नहर्की

तनहुँ, जेठ ३० गते । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटकले अब केबलबारबाट सहजै यात्रा गर्न पाउने भएका छन् । निर्माण केवलकारले भोली बिहीबारदेखि व्यवसायिक रुपमा सञ्चालन आउने भएपछि पर्यटकले केवलकारमा यात्रा गर्न पाउने भएका हुन् ।

अन्तराष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परिक्षण प्रमाणपत्र (टियुभी सर्टिफिकेट) प्राप्त भएकोले व्यवसायिक रुपमा जेठ ३१ गतेबाट सञ्चालनमा आउने कार्यकारी अधिकृत किरण पोख्रेलले बताउनुभयो । पोख्रेलले भन्नुभयो, “वैशाख १ गते शुभ मुहर्त तथा वास्तु पूजा गरि आंशिक रुपमा सञ्चालनमा ल्याएका थियौं जेठ ३१ बाट व्यवसायिक रुपमा सुचारु गर्ने भएका छौं ।”

टियुभी नर्ड जर्मनी अन्तर्गतको कम्पनी टियुभी नर्ड ईन्डियाले परियोजनाको सुपरिवेक्षण गरि सर्टिफिकेट प्रदान गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार करिब एक वर्ष अघिदेखि नै केवलकारको सम्पूर्ण मेकानिकल सामाग्रीहरुको जडान गरि लोड परिक्षण भइरहेको थियो । तीन चरणमा परिक्षणकाल सकिएपछि कम्पनीलाई व्यवसायिक अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त भएको अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो र “कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएकाले सम्पुर्ण तयारी पछि मात्रै  केवलकार खुल्ला गरिएको हो ।

केबलकारबाट ९० डिग्रीको ठाडो चट्टान आरोहण गरेझैँ साहसिक अनुभूति लिन सक्ने भएको पर्यटकलाई आकर्षित गर्न सकिने विश्वास कम्पनीले लिएको छ । बन्दीपुर गाउँपालिका-४ को डुम्रे बजार नजिकै केबलकारचोकदेखि मन्दिरसम्म एक हजार ७ सय मिटर दुरी ७ मिनेटमा पार गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार केबलकारको ३१ मध्ये  मध्ये २१ वटा यात्रु बोक्ने डिब्बा छ । प्रति घण्टा ५ सय जना यात्री बोक्न सक्ने क्षमता रहेको यस केवलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजे देखि राती ११ बजे सम्म चल्नेछ ।

सेयर गर्नुहोस्