कलैयास्थित राजाराम बहुमुखी क्याम्पसका प्रमुखलाई गोली प्रहारी गरी हत्या गरेको आरोपमा प्रहरीले ६ जना शंकास्पदलाई पक्राउ गरेको छ।
राजाराम क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली प्रहार गरी हत्या गरेको प्रकरणमा प्रहरीले ६ जनालाई प्रकाउ गरेको हो । तर, प्रकाउ परेका उनीहरुको हत्यामा संलग्नता भएको नभएको यकिन नभएकोले उनीहरुको नाम प्रहरीले खुलाएको छैन ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख महेन्द्र खड्काले प्रारम्भिक अनुसन्धानका क्रममा शंकास्पद ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताएका छन्।