पूर्वी नवलपरासी — त्रिवेणीस्थित गण्डक ब्यारेज पुल तल नारायणी नदीमा पौडी खेल्न गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरीका अनुसार बिनयी त्रिवेणीस्थित चन्दन गुप्ताकी १३ वर्षिया छोरी आंचल गुप्ताको नदीमा डुबेर शुक्रबार साँझ मृत्यु भएको हो ।
प्रहरी र स्थानीयले उद्धार गरेर नजिको भारतीय सुरभी मेडिकेयरमा उपचारको लागि पुरयाइएपछि उनको मृत्यु भएको प्रहरीले जनायो । त्रिवेणीधामस्थित नेपाल भारत सिमानामा गण्डक ब्यारेज पुल रहेको छ ।
गर्मी छल्न स्थानीयहरु पुल तल नदीमा पौडी खेल्न जाने गर्छन् । त्यही पौडिन जाँदा डुबेर उनको मृत्यु भएको हो ।