पोखरामा सडक भासिँदा आवागमनमा समस्या

गण्डकी- पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका- १४ चाउथेमा सडक भासिँदा आवागमनमा समस्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो राजमार्ग आज बिहान भासिएको हो ।

अविरल वर्षाका कारण चाउथेको आनन्द टोल घट्टेकुलोको पानी बहाव बढ्न गई पृथ्वी राजमार्ग सडकखण्ड भासिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

उक्त स्थानबाट करिब १० मिटर अगाडिको सडकको दायाँतर्फ करिब सात मिटर लम्बाइ र करिब एक मिटर चौडाइ भासिएको उनले जानकारी दिए ।

सडक मर्मत गरेर यातायात सहज बनाउने प्रयास भइरहेको उनले बताए ।

सेयर गर्नुहोस्