काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमको सञ्चालक समितिको बिहीबार बसेको बैठकले पेट्रोलको प्रतिलिटर ५ रुपयाँ घटाएको छ। डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाएको छ।
भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगमले पनि आन्तरिक बजारमा मूल्य समायोजन गरेको हो । जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य १६५ रुपैयाँ भएको छ। यसैगरी डिजेल तथा मट्टितेलको मूल्य १५५ रुपैयाँ पर्ने भएको छ । घटेको मूल्य शुक्रबारदेखि लागू हुने कुरा निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।