नेपालका विभिन्न क्षेत्रमा पछिल्ला केही दिनदेखि वायुप्रदूषण बढेको देखिएको भन्दै अधिकारी तथा चिकित्सकहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।
बढेको वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै उनीहरूले सर्वसाधारणलाई सावधान हुन आग्रह गरेका हुन्।
वातावरण मामिला हेर्ने अधिकारीहरूका अनुसार पछिल्ला साताहरूमा बढ्दै गएको वायुप्रदूषण “वर्षा नभइ वा ठूलो हुरी नचले”सम्म कम हुने देखिएको छैन।मौसमविद्हरूका अनुसार नेपालमा “तत्काल पानी पार्ने खालको ठूलो प्रणाली विकास हुने सम्भावना” न्यून देखिएको छ।
यस्तो परिस्थितिमा स्वच्छ हावा लिनका लागि आवश्यक सतर्कता अपनाउनु उपयुक्त हुने चिकित्सकहरूको सुझाव छ।