विद्यालय शिक्षा ऐन जारी नभएसम्म सडक आन्दोलन रोकिदैन : पेन्सन वञ्चित शिक्षक समुह बागमती प्रदेश अध्यक्ष

काठमाडौ , फागुन २२

पेन्सन वञ्चित शिक्षक समुह बागमती प्रदेश अध्यक्ष बुद्ध गौतमले विद्यालय शिक्षा ऐन जारी नभएसम्म पेन्सन वञ्चित शिक्षक समुह आन्दोलनबाट पछाडी नहट्ने र ऐन जारी गराएर छोड्ने गरी आन्दोलन गर्ने बताए । उनले बाहिर जिल्लाका शिक्षकहरू आउने क्रम जारी रहेको र काठमाडौँ आसपासका शिक्षकहरू भोलि हुने जुलुस सभामा विरोध सहभागी हुने जानकारी दिए ।

गाैतमका अनुसार भोलि हुने विरोध सभापछि पनि सरकार सकारात्मक नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन। अघिल्लो वर्षको जस्तो बृहत् सडक आन्दोलन गरिने र ऐन नआएसम्म सडकमै रहने उनले थप बताए ।

हाम्रा विरोधका कार्यक्रमहरू रोकिदैनन् । तर एसईईलाई मध्य नजर गरेर अहिले सडक आन्दोलन गर्दैनौँ । एसईईको परीक्षा सकिएपछि तत्कालै सडक आन्दोलन गर्ने छौँ । अघिल्लो वर्षको जस्तै बृहत्, सबै शिक्षकहरूको सहभागी हुने उनले थपे । विद्यालय शिक्षा ऐन नआएसम्म र पेन्सन वञ्चित का माग सम्बोधन नभएसम्म सडकबाटै दबाब निरन्तर दिनेछौँ । विद्यालय ऐन आएपछि मात्रै सडक छोड्ने छौँ

सेयर गर्नुहोस्