चितवनमा दिपलको नयाँ शोरूम, बिक्रीवितरण सुरू

नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले चितवनबाट दिपल इभीको बिक्रीवितरण सुरू गरेको छ ।

एक कार्यक्रमका बीच उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दिलीप थनेत र एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारियालगायतले संयुक्तरुपमा दिपल एस०७एल र दिपल ई०७ सार्वजनिक गरेका हुन् ।

दिपल इभी सार्वजनिक गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष श्रेष्ठले चितवनमा चांगानको सफलताको कामना गरे । साथै, उनले चांगान र अन्य ब्रान्डहरुले बिक्री मात्र नभई बिक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

एमएडब्लु वृद्धिका प्रमुख कार्यकारी अधिकृत रुपेश भट्ट शर्माले नेपालमा सार्वजनिक भएको एक वर्षमा ८०० वटाभन्दा बढी दिपल बिक्री भइसकेको र यसको डिजाइन तथा प्रविधिका कारण यो इभीप्रेमीको रोजाइमा परेको बताए । उनले दिपलको बिक्री र बिक्रीपछिको सेवालाई देशभर विस्तार गर्ने क्रममा चितवनका लागि राजहंस अटोमोबाइल जोडिएकोमा धन्यवाद व्यक्त गरे ।

एमएडब्लु वृद्धिले राजहंस अटोमोबाइलमार्फत चितवनका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल इभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ शोरूम स्थापना गरिएको छ । नयाँ शोरूम स्थापना गरेको अवसर पारेर एमएडब्लु वृद्धिले बिहीबारबाट तीन दिनका लागि टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज क्याम्प सुरू गरेको छ । यो अवधिमा चितवनका इभीप्रेमीले दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभीहरु दिपल ई०७, दिपल एस०७, दिपलएस०७ एल र दिपल एल०७ को टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले २० प्रतिशत डाउनपेमेन्टमा दिपल इभी खरिद गर्न सक्नेछन् । यसका साथै, निःशुल्क ७ किलोवाट चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्सचेन्ज बोनस पनि पाउने छन् ।

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकरलगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् । जसका कारण यो इभी नेपाली बजारमा आठ सयभन्दा बढी बिक्री भइसकेको छ ।

सेयर गर्नुहोस्