सांसद माया राईविरुद्ध पूरक अनुसन्धान गर्ने

प्रतिनिधिसभा सदस्य माया राईविरुद्ध प्रहरीले पूरक अनुसन्धान गर्ने भएको छ । नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेकी राई शनिवार साँझ बुढानीलकण्ठ–१० कपनबाट पक्राउ परेकी थिइन् ।

उनी कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेको रकम अपचलनमा संलग्न भएको आरोप छ । उनीविरुद्ध ठगी र सङ्गठित अपराध मुद्दामा पूरक अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनले भने, ‘आज अदालतबाट म्याद लिएर पूरक अनुसन्धान अघि बढाउँछौँ ।’

सेयर गर्नुहोस्