सोमबार बिहान मुम्बईको ठाणे जिल्लास्थित मुम्ब्रा रेलवे स्टेसननजिकै चलिरहेको लोकल ट्रेनबाट करिब १० जना यात्रु खसेका छन।
यो दुर्घटना सोमबार बिहान ९:२० बजेतिर भएको हो। कसराबाट सीएसएमटी जाँदै गरेको फास्ट लोकल ट्रेनबाट यात्रु खसेका हुन्।
मध्य रेलवेका सीपीआरओ स्वप्निल धनराज निलाका अनुसार ठाणेको मुम्ब्रा र दिवाबीच गुडिरहेको लोकल ट्रेनबाट यात्रु खसेका हुन्। सबै घाइतेलाई अस्पताल भर्ना गरिएको छ।
सीपीआरओ स्वप्निलले दुर्घटना मुम्ब्रा र दिवा रेलवे स्टेसनबीचको डाउनरफास्ट लाइनमा भएको बताए।
उनले भने, ‘एउटा रेल कसरा तर्फ र अर्को सीएसएमटी तर्फ गइरहेको खबर आएको थियो। दुवै रेलका केही यात्रु फुटबोर्डमा उभिरहेका थिए र दुई रेल एकअर्कासँग ठोकिँलदा केही मानिसहरू तल खसे।’
सीपीआरओलेले यो दुई रेल ठोकिएको नभई फुटबोर्डमा यात्रा गर्ने यात्रुहरू एकअर्कासँग अल्झिएको बताएका छन्।
उनले भने, ‘सामान्यतया दुई रेलबीच १.५ देखि २ मिटरको दूरी हुन्छ, तर जब रेल मोडमा हुन्छ, यो थोरै ढल्किन्छ। यो दुर्घटना यही झुकावका कारण भएको हुन सक्छ।’