बारामा विभिन्न कार्यक्रम गरि विश्व पर्यटन दिवस मनाइने

बारा, असोज ८ गते ।

बारामा विभिन्न कार्यक्रम गरि असोज १० गते विश्व पर्यटन दिवस मनाइने भएको छ । विश्व पर्यटन दिवसको बाराको जीतपुरसिमरा उपमहानगरपालीका स्थित रहेको सिमरा विमानस्थलबाट यात्रा गर्ने यात्रुलाई सम्मान गरिने छ भने काठमान्डौंबाट बारा आउने विषेश मोटरसाईकल राईडरहलाई स्वागत र सम्मान गरिने छ । विश्व पर्यटन दिवसका अवसरमा नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेञ्टले स्वाग तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो ।

नाटा मधेश प्रदेश अध्यक्ष मोहन शर्मा लामिछानेका अनुसार हरेक वर्ष विश्व पर्यटन दिवसका अवसरमा बिभिन्न कार्यक्रमहरु गरिँदै आएको हुनाले यस वर्षपनि निरंतरता दिदै जीतपुरसिमरा सहित मधेश प्रदेश भरीनै विशेष अभियानद्धारा पर्यटन प्रवर्धन गरिने उँहाको भनाई छ ।

असोज १० गते विश्व पर्यटन दिवसको दिन बिहानीको पहिलो हवाई उडान मार्फत सिमरा विमान्स्थलमा आउने यात्रुहरुलाई सम्मान गरिने छ भने सिमरा विमानस्थलबाट उडान गर्ने यात्रुहरूलाई सम्मान सहित बिदाई गरिने छ ।

यसैगरी विश्व पर्यटन दिवसकै अवसरमा पर्सा राष्ट्रिय निकुञ्जमा कलाकार, युटुवरहरू सहित काठमाडौंबाट आउने १०० जना मोटरसाईकल राइडरको टोलीलाई स्वागत र सम्मान गरिने अध्यक्ष शर्माले बताउनु भयो । पर्सा राष्ट्रिय निकुञ्जमा राईडरहरु सगं अन्तरक्रिया कार्यक्रम पनि हुने उँहाले बताउनु भयो । राईडरहरुलाई नेपाल पर्यटन बोर्डका सिइओ डा. धनन्जय रेग्मिले काठमान्डौंबाट प्रवर्धनत्मक यात्रा सफलताको कमना सहित बाराको लागि बिदाई गर्ने छन् ।

विश्व पर्यटन दिवसकै अवसर पारेर बाराका होटलहरुमा विशेष छुटका साथ बसोबासको व्यवस्थाको पनि तयारी गरिएको नाटा अध्यक्ष शर्माले बताउनु भयो । आन्तरिक पर्यटक प्रवर्धनको उदेश्यले अन्य बिभिन्न पर्यटकिय क्षेत्रहरुको भ्रमण र जंगल सफारी कार्यक्रमको समेत आयोजना गरिएको उनको भनाई छ ।

विमानस्थलमा बिमानस्थल प्रमुख सुर्य बहादुर खत्री र निकुन्जमा प्रमुख डा. अशोक रामको समन्वय एव जितपुरसिमरा उपमहानगर तथा पर्यटन बोर्डको प्रवर्धनात्मक सहयोगमा बिश्व पर्यटन दिवश कार्यक्रम सम्पन्न हुने बिश्वास गरियको छ।

सेयर गर्नुहोस्