बारा, असोज ९ गते ।
बाराको सिमरा रंगशालामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० मा चितवन भेट्रान फुटबल क्लब र चावहिलभेट्रान क्लबले विजयी शुरुवात गरेको छ । सोमबार सिमरा रंगशालामा भएको दोश्रो खेलमा चितवन र चावहिल भेट्रानले विजयी भएकोहो ।
पहिलो खेलमा विरगञ्ज युथ एकेडेमी पर्सालाई १–० गोल अन्तरले पराजित गर्र्दै चितवनले विजयी शुरुवात गरेको थियो । चितवनकोजितमा मेघलाल तामाङले खेलको ५८औ मिनेटमा निर्णायक गोल गरेका थिए । खेलको अन्तिम समयमा उत्कृष्ट प्रदर्शन गरेका तामाङनै म्यान अफ द म्याच घोषित भए । उनलाई आयोजक सिमरा भेट्रान क्लबका अध्यक्ष राज कपुर राउत विजयले म्यान अफ द म्याचकोट्रफी प्रदान गरेका थिए ।
प्रतियोगिता अन्र्तगत सोमबार भएको दोश्रो खेलमा चावहिल भेट्रान क्लब काठमाण्डौ विजयी भएको छ । दार्जिलिङ टाउन भेट्रानभारतलाई ३–० गोल अन्तरले पराजित गर्दैै चावहिलले विजयी शुरुवात गरेको हो । चावहिलको जितमा कृष्ण मलाकारले २ गोलगरेका थिए । त्यसअघि पहिलो हाफको २६औ मिनेटमा शिशिर बहादुर हमालले शुरुवाती गोल गरेका थिए ।
प्रतियोगिता अन्र्तगत मलाकार म्यान अफ द म्याच घोषित भए । उनलाई यु आर गोल्ड प्रिमियम मसला चियाकी सञ्चालिका रिताकडेलले ट्रफी प्रदान गरेका थिए । प्रतियोगिता अन्र्तगत आज पनि दुई खेल हुदेछ । पहिलो खेल फ्रिडम फाईटर क्लब काठमाण्डौ रएन.जे.जे.वाई.सि भेट्रान क्लब सिमरा र दोश्रो खेल चावहिल भेट्रान क्लब काठमाण्डौ र चितवन भेट्रान फुटबल क्लब बिच हुने आयोजकक्लबका अध्यक्ष राज कपुर राउत विजयले जानकारी दिनुभयो ।
स्व. मञ्जुदेवी गुप्ताको स्मृतीमा आयोजित प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १२ वटा टिमले सहभागिताजनाएका छन् । प्रतियोगिताको बिजेताले नगद २ लाख र उप बिजेताले नगद १ लाख रुपैया पाउने प्रतियोगिता संयोजक हरी चौधरीलेजानकारी दिनुभयो ।