मुम्बई– भारतमा विषाक्त अवैध रक्सीको सेवनबाट ३४ जनाको ज्यान गएको साथै एक सयभन्दा बढीलाई अस्पताल भर्ना गरिएको तमिलनाडु राज्यका अधिकारीले जानकारी दिएका छन् ।
स्थानीय रूपमा उत्पादन गरिएको उक्त पेय पदार्थ घातक मिश्रण विषाक्त मेथानोलले भरिएको मुख्यमन्त्री स्टालिनलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
घटनासँग दोषी भनिएका आरोपितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको मुख्यमन्त्री स्टालिनले बताए।
अपराधले समाजलाई बर्बाद गर्ने बताउँदै यस्ता घटनामा संलग्न सबैलाई कडा कानुनी कारबाही हुने उनले बताएको मुख्यमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।