भारत : मध्य पूर्वमा चलिरहेको तनावबीच भारतको विदेशी मुद्रा सञ्चिती घटेको छ । देशको विदेशी मुद्रा सञ्चिती ८.०९४ अर्ब अमेरिकी डलरले घटेर ६८८.८९४ अर्ब अमेरिकी डलरमा पुगेको भारतीय समाचार एजेन्सी पीटीआईले भारतीय रिजर्भ बैंकलाई उदगृत गर्दे लेखेको छ ।
यो गिरावट १५ मेमा समाप्त भएको सातामा देखिएको हो । यसअघि ८ मेमा समाप्त भएको सातामा विदेशी मुद्रा सञ्चिी ६.२९५ अर्ब डलरले बढेर ६९६.९८८ अर्ब डलर पुगेको थियो ।
किन घट्दै छ विदेशी मुद्रा सञ्चिती ?यस वर्ष फेब्रुअरी २७ मा विदेशी मुद्रा सञ्चिती सबैभन्दा उच्चस्तरमा पुगेको थियो, जुन ७२८.४९४ अर्ब डलर थियो । तर त्यसपछि मध्य पूर्वमा तनाव बढेसँगै लगातार गिरावट आएको देखिएको छ । यस अवधिमा भारतीय रुपैयाँमा दबाब बढेको र भारतीय रिजर्भ बैंकले विदेशी मुद्रा बजारमा हस्तक्षेप गर्दै डलर बिक्री गर्नुपरेको बताइएको छ ।






