कांग्रेस नेता खतिवडालाई पितृ शोक

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् राज्य व्यवस्था समितिका पूर्वसभापति रामहरि खतिवडालाई पितृ शोक परेको छ । उहाँका पिता जीवनाथ खतिवडाको डिल्लीबजारस्थित निवासमा ७८ वर्षको उमेरमा गएराति निधन भएको हो । दमसम्बन्धी समस्या खेप्दै आउनुभएका खतिवडा आइतबार साँझ नियमित खाना खाएर सुत्नुभएको थियो । उहाँको पार्थिव शरीरलाई आज पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको उहाँका छोरा नेता खतिवडाले … Read more

राष्ट्रपतिको कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई

राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा हुने ‘सामाजिक विकाससम्बन्धी दोस्रो विश्व सम्मेलन’का लागि कतार प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट हुने कामको कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई तोकिएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सो अवधिमा राष्ट्रपतिबाट हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको … Read more

सोमबार सुनको मूल्य स्थिर , चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढ्यो

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य आइतबार कै कायम छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार पनि छापावाल सुन यही मूल्यमा खरिद–बिक्री भएको थियो । आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला … Read more

आम्दा अस्पताल : दश वर्षमा करिब नौ लाख बढीलाई स्वास्थ्य सेवा

बुटवलमा सञ्चालित सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पतालले एक दशकमा झण्डै नौ लाख बढीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालले १० वर्षको अवधिमा बहिरङ्ग सेवा (ओपिडी), आकस्मिक सेवा तर्फ, अस्पतालमा भर्ना (इन्डोर) तर्फ र प्रसूति सेवा लिने गरी नौ लाख २६ हजार ४६२ जनाले सेवा लिएको अस्पतालले जनाएको छ । अस्पतालमा १० वर्षको अवधिमा … Read more

पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा…

बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार सात जना आँखाका बिरामी लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखरा र धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा लायन्स क्लब अफ ढोरपाटनको संयोजनमा गत शुक्रबारदेखि सुरु भएको सो तीन दिने निःशुल्क आँखा शिविरमा निसीखोला, तमानखोला, बडिगाड गाउँपालिकाका र ढोरपाटन नगरबासी … Read more

चितवनमा मतदाता नामावली दर्ता गराउन युवा उत्साहित

भदौ २३ र २४ गते भएको युवाहरुको प्रदर्शनपछि आगामी निर्वाचनमा मतदाता नामावली दर्ता गराउनेको चाप बढ्दै गएको छ । यसमध्ये ९० प्रतिशत युवाहरु रहेका छन् । जिल्ला निर्वाचन कार्यालय भरतपुरमा मतदाता नामावली दर्ता गर्न आउने युवामा आशा पलाएको पाइएको छ । भरतपुर महानगरपालिका–५ का शमिर शर्मा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि … Read more

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने स्पष्ट पारेको छ । विभागले आज साँझदेखि दैनिक (सार्वजनिक विदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने जनाएको हो । विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौताअनुसार आगामी फागुन ११ देखि राहदानी सेवा सुरु हुने गरी नयाँ पूर्वाधार तथा प्रणाली … Read more

Divine Hub को तीन दिने Facilitator’s Skills Training काठमाडौंमा सम्पन्न

काठमाडौं, कार्तिक १६ । Divine Hub काठमाडौं को आयोजनामा र Quest Nepal को प्राविधिक सहयोगमा तीन दिने Facilitator’s Skills Training कार्यक्रम Brain Land Academy, सुकेधारा मा सफलतापूर्वक सम्पन्न भएको छ। “Good and Smart Citizens बनाउने अभियान” अन्तर्गत आयोजित उक्त प्रशिक्षण कार्तिक १४, १५ र १६ गतेका दिन सम्पन्न भएको हो। प्रशिक्षणमा काठमाडौंका ६ वटा विद्यालय … Read more

व्यवसायको सुरक्षा ग्यारेन्टी गर्न माग

उद्यागी व्यवसायीले सुरक्षाको ग्यारेन्टीको माग गरेका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसाय संघ चितवनको आइतबार भएको तेस्रो साधरणसभा तथा दोस्रो अधिवेशनमा बोल्दै व्यवसायीहरुले यस्तो बताएका हुन् । नेपाल उद्योग तथा व्यवसायी महासंघका संयोजक भागिरथ सापकोटाले नीजि क्षेत्रका उद्योगहरु राज्यका सम्पती भएको भन्दै त्यसको सुरक्षा राज्यले नै गर्नुपर्ने बताए । ‘नीजि क्षेत्रहरु राज्यका सम्पती हुन । … Read more

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा उपकुलपतिका लागि आवेदन माग

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खुला प्रतिस्पर्धाकाबाट सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि आवेदन आह्वान गरेको छ । सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ बमोजिम उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि मन्त्रालयले आवेदन मागेको हो । उम्मेदवारलाई आवेदनका साथ अवधारण र रणनीतिकपत्रसमेत पेस गर्न मन्त्रालयले आज १५ दिने सूचना जारी गरेको छ … Read more