मेयर बालेनको जापान भ्रमण रद्द

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) को जापान भ्रमण रद्द भएको छ । मन्त्रिपरिषद्बाट समेत स्वीकृत भएको जापान भ्रमण रद्द भएको हो । “मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत भएर आएको थियो । तर, मेयरसाब जानु भएन,” महानगर स्रोतले भन्यो । बालेनको सचिवालयका अनुसार मे १३, १४ र १५ अथवा (वैशाख ३०, ३१ र जेठ १ गते) स्मार्टसिटी सम्बन्धि … Read more

गाजाको अस्पतालमा इजरायली आक्रमणः २८ जनाको मृत्यु

खान युनिसको एक युरोपेली अस्पतालमा गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। यो जानकारी हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताले दिएका हुन्। स्थानीय स्रोतका अनुसार इजरायली लडाकु विमानहरूले गाजाको यस अस्पतालमा एकैसाथ छ वटा बम खसालेका थिए, जुन अस्पतालको आँगन र वरपरका क्षेत्रहरूमा खसेका थिए। इजरायली सेनाले … Read more

लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु

लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रदेश सरकार मन्त्रिपरिषद्को यही वैशाख २५ गतेको बैठकले वैशाख ३१ गते अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष सिफारिस गर्ने गरेको थियो । संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख घर्तीले बैठक आह्वान गर्नुभएको हो । आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी … Read more

जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गुरुङद्वारा राजीनामा

लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन् । उनले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको व्यहोरा उल्लेख छ । ‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो,’ उनले लेखेकी छन्, ‘…जनताले तिरेको करबाट मैले … Read more

म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु

म्यान्माको जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ, जसमा २० बालबालिका र दुई शिक्षक रहेका छन् । आक्रमण सोमबार बिहान ओइ थेइन क्विन गाउँस्थित एक विद्यालयमा भएको हो । म्यान्माको ‘जुन्टा’ भन्नाले त्यहाँको सेना जनाइन्छ, जसले सन् २०२१ मा जननिर्वाचित सरकारलाई हटाएर शासनको जिम्मा लिएको थियो । त्यो समयको चुनावपछि सेनाले परिणाम … Read more

मालिकाधुरी यात्रा सहज बन्यो

सडक, यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित मालिका जाने भक्तजन र पर्यटकलाई आवागमन सहज भएको छ । मालिका-७ बिम नागीथला र रघुगङ्गा-६ ठाडाखानीबाट देउरालीसम्म सवारीसाधन सञ्चालन हुन थालेपछि मालिकाधुरीमा पूजाआजा र दृश्यावलोकन गर्न जानेहरूलाई सहज भएको हो । समुन्द्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा रहेको मालिकामा हरेक वर्ष चण्डी (वैशाख पूर्णिमा), भाइटीका … Read more

सिरहामा टिपर पल्टिंदा एक जनाको मृत्यु

सिरहाको मिर्चैयामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक मिर्चैया नगरपालिका-७ फुलवरियाका ६५ वर्षीय महेन्द्र महरा छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेशराज पुरीका अनुसार आज बिहान पौने ६ बजेतिर उदयपुरबाट आएको बागमती प्रदेश ०१-००४ ख २९५३ नम्बरको टिपर कटारीचोक नजिक अनियन्त्रित भएर पल्टेर दुर्घटना भएको हो । महराको … Read more

मौलाकालीमा निर्मित इला होटलको पर्यटन मन्त्री पाण्डेद्वारा उद्घाटन

आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका-१, मौलाकालीमा इला होटल तथा रिसोर्ट सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । सोमबार आयोजित एक विशेष कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले उक्त होटलको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति, विकास र साझेदारीको नमूनाको रुपमा मौलाकाली केवलकार विकास भएको बताए … Read more

संसद् बैठकः विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ । यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२/८३ का लागि … Read more

नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन नेटवर्क

नारायणगढको शहिदचोकमा शैक्षिक परामर्श सस्था ब्राइट एजुकेशन नेटवर्क सञ्चालनमा आएको छ । उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी ब्राइट एजुकेशन नेटवर्क औपचारिक रुपमा सञ्चालनमा आएको हो । ब्राइटबाट जापान, अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, यूके लगायतका यूरोपका देशमा पढ्न जाने विद्यार्थीलाई लक्षित गर्दै ब्राइट एजुकेसन नेटवर्क सञ्चालनमा ल्याइएको प्रवन्ध निर्देशक अर्जुन अधिकारीले जानकारी … Read more