प्रत्यायोजित विधायन समितिले बारुदी सुरुङ र विस्फोटक पदार्थ सम्बन्धमा सुरक्षा निकायसँग छलफल गर्ने

राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बारुदी सुरुङ तथा विस्फोटक पदार्थसम्बन्धमा शुक्रबार सुरक्षा निकायका प्रमुखसँग छलफल गर्ने भएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गरेको सन्दर्भमा उक्त विषयलाई लिएर सरोकारवालासँग छलफल गर्न लागिएको समिति सभापति मायाप्रसाद शर्माले जानकारी दिनुभयो । समितिले उक्त छलफलमा प्रधान सेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र … Read more

संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री

गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त भएको बताउनुभएको छ । मानवअधिकार सङ्गठन र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज यहाँ आयोजना गरेको ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन, सहभागिता’ शीर्षकको कार्यक्रममा उहाँले संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वको लागि निर्वाचन अनिवार्य भएको बताउनुभएको हो । “मानवअधिकार र पीडितको पक्षमा सँधै लाग्नेछु । दण्डहिनताका पक्षमा … Read more

असन्तुष्ट समूहलाई वार्तामा आउन प्रतिष्ठानको आव्हान

भ्रष्टाचारको आरोप लगाउँदै सामाजिक सञ्जाल र प्रतिष्ठानको गेट अगाडि विरोध जनाउने असन्तुष्ट समूहलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले वार्तामा आउन आव्हान गरेको छ । प्रतिष्ठानले आज एक विज्ञप्ति जारी गरी प्रतिष्ठानको काम कारबाहीप्रति असन्तुष्ट समूहलाई लिखितरुपमा माग प्रस्तुत गरी छलफलमा आउन ध्यानार्कषण गराएको हो । विज्ञप्तिमा यही पुस १६ गते ‘प्रतिष्ठानविरूद्ध विरोधमा कार्यक्रम, नेपाली कलाकर्मीको आवाज … Read more

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनका लागि एकीकृत सुुरक्षा योजनाले मार्ग निर्देशन … Read more

सुनको भाउ तोलामा २ हजार रुपैयाँ घट्यो

नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँ तय गरेको भएको छ । अघिल्लो दिन २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबर भएको थियो । त्यस्तै,चाँदीको भाउ पनि तोलामा १ सय रुपैयाँ घटेको छ … Read more

निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम आज उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता कार्य सम्पन्न भएको आयोगका सहसचिव एवं … Read more

निर्वाचन प्रहरीको भर्ना खुल्यो, एक लाख ३३ हजार ९८० जना माग

सरकारले निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि भर्ना खुलाइएको हो । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले सूचना जारी गर्दै एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको छ । भर्नाका लागि यही पुस २५ गते शुक्रबारदेखि फागुन १ गतेसम्म … Read more

डा. रामजीले रास्वपाको बन्दसूचीबाट लिए नाम फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीबाट डा. रामजी रामले आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका छन् । उनले फेसबुक मार्फत नाम फिर्ता लिएको घोषणा गरेका हुन् । उनले लेखेका छन्, “दलित समुदायबाट समानुपातिक प्रतिनिधित्वको बन्द सूचीमा मेरो नाम समावेश हुनु व्यक्तिगत रूपमा सम्मानको विषय थियो । यो केवल मेरो नाम मात्र होइन, पुस्तौँदेखि आवाजविहीन बनाइएका हजारौँ … Read more

नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का आर्थिक मामिला सचिव अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्ता गर्नुभएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीको उपस्थितिमा आज दुबईमा भएको भेटवार्तामा दुवै पक्षले आगामी दिनमा नेपाल–यूएई आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै पारस्परिक लाभका साझेदारीहरू अघि बढाउने प्रतिबद्धता व्यक्त … Read more

बागमतीमा कांग्रेसका तर्फबाट चितवनकी गीता देवकोटाले दर्ता गरिन् उम्मेदवारी

बागमतीमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसकी गीता देवकोटाले उम्मेदवारी दर्ता गराएकी छिन् । सत्ता गठबन्धनको तर्फबाट उनले मनोनयन दर्ता गराएकी हुन् । चितवनकी देवकोटाले बागमती प्रदेशसभा सदस्य किरण थापा प्रस्तावक र रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटा समर्थनमा मनोनयन दर्ता गराएकी छन् ।