सहकारी ठगी प्रकरण : रविलामिछानेलाई पोखरा पुर्‍याइयो

सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरा पुर्‍याइएको छ । बुधवार पर्सा जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसँग बयान लिए लगत्तै विमानबाट उनलाई सिमरा काठमाडौँ हुँदै कास्की पुर्‍याइएको  हो । उनलाई जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थियो ।

चिनियाँ ह्याकरबारे सूचना दिनेलाई एक करोड डलर दिने अमेरिकाको घोषणा

काठमाडौं । संयुक्त राज्य अमेरिकाले कम्प्युटर फायरवाल ह्याक गरेको आरोपमा एक चिनियाँ व्यक्ति र उनका सह–षड्यन्त्रकारीको गिरफ्तारीका लागि सूचना दिनेलाई एक करोड डलर पुरस्कारको प्रस्ताव गरेको छ । विदेश मन्त्रालयकाअनुसार ३० वर्षीय गुआन तियानफेङ चीनको सिचुआन प्रान्तमा बस्दै आएका छन् । गुआनलाई कम्प्युटर धोखाधडी गर्ने र तार धोखाधडी गर्ने षड्यन्त्रको आरोप लगाउँदै मङ्गलबार मुद्दा खोलिएको थियो … Read more

मोटरसाइकल दुर्घटनामा कलाकार हिक्मत महराको निधन

काठमाडौँ, मंसिर २६- मोटरसाइकल दुर्घटनामा कलाकार हिक्मत महराको निधन भएको छ। कमेडी च्याम्पियन सिजन २ मा सहभागी भई चर्चामा आएका महराको दुर्घटनामा परी निधन भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।मंगलबार राति कैलालीको गोदावरी नगरपालिका–४ गोदावरी स्थित भिमदत्त … Read more

अटो दुर्घटनामा एक बालिकाको मृत्यु, चारजना घाइते

त्रिवेणी (रुकुमपश्चिम),  मङ्सिर २६ गते । रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ पाखागाउँमा गएराति अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मृत्यु हुनेमा सिस्ने–६ खोपिचारकी १२ वर्षीया बालिका विष्णु बुढामगर छन् । लुम्बनी प्रदेश ०२००१ ह ०३५० नंको अटो मध्यपहाडी सडकको पाखाँगाउँबाट रुकुमकोट आउँदै गर्दा दुर्घटनामा परेको थियो । जिल्ला … Read more

चिमखोलामा स्वास्थ्यः पूर्वाधार थपियो, सेवा थपिएन

म्याग्दी, मंसिर २६- म्याग्दीको रघुगङ्गा गाउँपालिका– ७ चिमखोलामा स्वास्थ्य चौकीको भवन निर्माण भएपछि पूर्वाधारमा स्वरुप फेरिएको छ । सुविधासम्पन्न भवनबाट सेवा लिन सर्वसाधारण र स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मीलाई सहज भएको छ, तर पूर्वाधारमा स्वरुप फेरिए पनि स्वास्थ्यचौकीबाट प्रवाह हुने सुविधा भने थपिएको छैन । स्वास्थ्य चौकीको नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न थाले पनि सेवाग्राहीले भने … Read more

रास्वपाका सभापति लामिछानेको बयान सकेर सिमरा पुर्याइयो

वीरगञ्ज (पर्सा), मंसिर २६- पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ । उहाँसँगको बयान पूरा भएपछि उक्त कार्यालयले विमानबाट कास्की पठाउने क्रममा हाल उहाँ सिमरा विमानस्थलमा रहनुभएको जनाएको छ ।जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले उहाँसँग बयान लिएको थियो … Read more

सहकारी पीडितको प्रश्न– पैसा खाएर ठग छोडेपछि न्याय कसरी पाइन्छ ?

बुढेसकालमा जाउलो, ओखती खान सहकारीमा जम्मा गरेको पैसा फिर्ता पाउनु साटो राजनीतिक प्रतिशोधको साधन बनाइएको भन्दै पीडितहरू आक्रोशित छन् । कतिपयले लालाबालाको दूध खाने पैसा कटौती गरेर आफ्नो सन्तानको सुन्दर भविष्यका लागि लगानी गरेको पैसा डुब्दा आफू घर न घाटको बनेको बताए । पात्र फरक, व्यथा एउटै । अनि कति त यही पैसाका कारण आत्महत्या … Read more

तोलामा दुई हजारले बढ्यो सुन

काठमाडौँ, २६ मङ्सिरः  अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा आज प्रतितोला सुनमा रू दुई हजारले वृद्धि भएको छ । मङ्गलबार एकतोला सुन रू एक लाख ५२ हजार २००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदी रू एक हजार ९२५ मा कारोबार भइरहेको छ … Read more

जनकपुरको अपराजित यात्रामा पूर्णविराम, सुदूरपश्चिमविरुद्ध लज्जास्पद हार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध लज्जास्पद हारसँगै जनकपुर बोल्ट्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । जनकपुर आफ्नो पाँचौँ खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ७२ रनले पराजित भएको हो । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा ब्याटिङ ‘कोल्याप्स’ हुँदा सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर १२.१ ओभरमा ५१ रनमै समेटियो । योसँगै … Read more

खाल्डोमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु

काठमाडौं :  खाल्डोमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोटको बेलकोटगढी नगरपालिका-७ महादेवफाँटस्थित इँट्टा भट्टामा काम गरी बस्ने नेपालगन्ज उपमहानगरपालिका-२१ घर भएका असिक अलीकी छोरी ५ वर्षीया तमन्ना अलीको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो। बेर अशक्त भएकी उनको जिल्ला अस्पताल त्रिशूलीमा उपचारका क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान … Read more