खानेपानीमन्त्रीको निर्देशन- नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्नू

विराटनगर – खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । खानेपानी मन्त्रालयको आयोजना र खानेपानी तथा ढल व्यवस्थापन विभागको व्यवस्थापनमा आज विराटनगरमा आयोजित ‘सुशासन तथा वित्तीय अनुशासनसम्बन्धी तीन दिने कार्यशाला गोष्ठी २०८१’को उद्घाटनका अवसरमा उनले उक्त निर्देशन दिएका हुन् । उनले भने, ‘जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन, कार्यालयका सूचना … Read more

प्रधानमन्त्री ओली चीनबाट फर्किंदा विमानस्थल ३० मिनेट बन्द

काठमाडौं, मंसिर २०- प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार चीन भ्रमणमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिने भएको छ । प्रधानमन्त्री ओली आज बिहान ११ बजे निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सको जहाज लिएर चीनको औपचारिक भ्रमणमा जान लागेका हुन् ।प्रधानमन्त्री चढेको विमान अवतरण हुनुभन्दा अघि २५ मिनेट र पछि ५ मिनेट … Read more

नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। लगातार तीन खेलमा जित निकालेको जनकपुरले बिहीबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्‍यो। जनकपुरका लागि स्पिनर ललितनारायण राजवंशी उत्कृष्ट प्रदर्शन गर्ने मध्येका एक खेलाडी हुन्। उनले तीन खेलमा सात विकेट लिइसकेका छन्। बिहीबार पोखराविरूद्ध उनले तीन विकेट लिएका थिए। पावरप्लेमा बलिङ गर्दै विकेट निकालिरहेका … Read more

सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेनले बनाए अर्धशतक

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा आठौं अर्धशतक बनेको छ। सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेनले काठमाडौं गुर्खाजविरुद्ध अर्धशतक बनाएका छन्। उनले ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका हुन्। यसअघि लाहिरुसँगै, मार्टिन गप्टिल, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, शिखर धवन, रबि बोपारा र लोकेश बमले अर्धशतक बनाएका छन्।

मृत्युदण्डको सजायबाट बचे नरेश, श्रीमतीको हत्यापछि शव लुकाएको मुद्दा दायर

काठमाडौँ । अमेरिकामा बस्दै आएका नरेश भट्टविरुद्ध पत्नीको हत्या गरी शव लुकाएको आरोपमा मुद्दा दायर भएको छ । मनासस प्रिन्स विलियम्स काउन्टी अदालतमा प्रहरीले सरकारी वकिलमार्फत मुद्दा दायर गरेको हो । यसअघि प्रहरीले नरेशले पत्नीको हत्या गरी शव लुकाएको आरोप लगाउँदै आएको थियो । तर, ठोस प्रमाण बनाउन नसक्दा ज्यान सम्बन्धी मुद्दा हाल्न सकेको थिएन … Read more

भरतपुर महानगरपालिमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न

चितवन,मंसिर २०- भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले समग्रमा ७० प्रतिशत काम सम्पन्न भएको जनाएको हो । आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार अहिले केवल ९तार० बिच्छ्याउने कार्य र घरघरमा जडान कार्य ९सर्भिस कनेक्सन०को काम बाँकी रहेको छ … Read more

नेपाल आधुनिक विकास प्रयासमा अगाडि लम्किरहेको छ : कार्यवाहक प्रधानमन्त्री सिंह

काठमाडौं। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नयाँ संविधान लागू भएर देशको संघीय ढाँचामा पुनःसंरचाना पश्चात नेपाल आधुनिक विकास प्रयासमा अगाडि लम्किरहेको बताएका छन्। नेपाली वास्तुविद् समाज (सोना) र ग्लोबल बिजनेश रिकनेक्टको संयुक्त आयोजनामा बिहिबारबाट काठमाडौमा शुरु भएको आर्कबिल्ड एक्स्पो २०२४को विशेष समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘नेपालको नयाँ संविधान लागु भै देशको संघीय ढाँचामा पुनःसंरचाना … Read more

धरानका मेयर हर्क साम्पाङले पत्रकारलाई धम्क्याएकोमा महासंघको ध्यानाकर्षण

काठमाडौँ — नेपाल पत्रकार महासंघका सुनसरीका अध्यक्ष जनकऋषि राई र महासंघका राष्ट्रिय परिषद् सदस्य गोपाल दाहाललाई समाचारको विषयलाई लिएर सुनसरीस्थित धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ (हर्कराज राई) ले सामाजिक सञ्जाल फेसबुकमार्फत स्ट्याटस लेखर धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । खोज पत्रकारिता केन्द्र (खोपके) मा पत्रकार गोपाल दाहालले हर्क साम्पाङबारे लेखेको समाचार … Read more

रविको पक्षमा चितवनमा रास्वपाको खबरदारी सभा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा खबरदारी सभा आयोजना गरेको छ। सहकारी ठगी प्रकरणमा सरकारी वकिलको कार्यालयमा बयान दिन पुगेका पार्टी सभापति रवि लामिछानेको बयान सकिएसँगै बिहीबार बिहान पोखरा लगिएको विरोधमा रास्वपाले खबरदारी सभा गरेको हो। रास्वपाले रविलाई रातारात पोखरा लैजानु मानव अधिकार विपरित भएको जनाएको छ। बुधबार चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप … Read more

सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं ।  विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर सात जनाको मृत्यु भएको छ । काठमाडौँ, जाजरकोट, सिरहा, कपिलवस्तु लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–३२ जडिबुटीस्थित सडकमा बा.२० च १६०५ नम्बरको कार र लु.४८ प ७११० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको … Read more