शेख हसिनाले दिइन् प्रतिक्रिया : आन्दोलनमा विदेशी शक्तिको हात

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो हार भएको स्वीकार गरेकी छन् । यद्यपि, आन्दोलनमा विदेशी शक्तिको हात रहेको आरोप लगाएकी छन् ।आफ्नो पार्टी अवामी लिगका समर्थकहरुलाई पठाएको सन्देशलाई उदृत गर्दै भारतको द प्रिन्टले लेखेको छ, ‘मैले सेन्ट मार्टिन र बे अफ बंगाल अमेरिकालाई दिएको भए म सत्तामै रहन सक्थें ।’बंगलादेश र भारतका सञ्चारमाध्यमहरुले यसलाई … Read more

सांगीतिक र फेशन ईभेन्टमा भविष्य बनाउँदै राज

चितवन । चितवनको राप्ती २ का राज रिजाल क्षेत्रीले सानो उमेरमा नै धेरै फेशन तथा म्युजिकल इभेन्ट्स गरिसकेका छन् । २२ वर्षिय राजले आफ्नो टिमसँग मिलेर देशभरका विभिन्न ईभेन्ट गरिसकेका छन् । राजको आफ्नै ईभेन्ट कम्पनी छ । फेशन तथा म्युजिकल इभेन्टलाई लक्षित गर्दै उनले द पोजेटिभ ईभेन्ट्स दर्ता गराएका छन् । उनी उक्त कम्पनीका … Read more

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको भेट

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसित भारतीय विदेश सचिव विक्रम मिश्रीले भेट गरेका छन्। नेपालको दुईदिने भ्रमणमा रहेका उनले आइतबार सिंहदरबारमा पुगेर भेटवार्ता गरेका हुन्। मिश्री आइतबारै बिहान काठमाडौं आइपुगेका थिए। उनी सोमबार स्वदेश फर्कने कार्यक्रम छ। उनले राष्ट्रपति, उपप्रधानमन्त्रीहरू र परराष्ट्रमन्त्रीसँग पनि भेट गर्नेछन्।  

शेयर बजारमा दिनदिनै रेकर्ड- इतिहासकै सर्वाधिक कारोबार

काठमाडौ । पछिल्लो एक महिनामा शेयर बजारले दिनदिनै जसो रेकर्ड कायम गरेको छ । आज हालसम्मकै उच्च कारोबार भयो ।आइतबार २५ अर्ब ७७ करोड रूपैयाँ बराबरको कारोबार भयो । बजारले २८ सय बिन्दु पार गरेसँगै लगानीकर्ता उत्साहित देखिएका छन् । आइतबार बजार ९४.५३ अंकले बढ्दा नेप्से परिसूचक २८६०.९१ बिन्दुमा अडिएको छ । यसअघि पौने २४ … Read more

काठमाडौंमा नयाँ झिलिमिली बत्ती जडान नगर्न महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ झिलिमिली बत्ती जडान नगर्न निर्देशन दिएको छ ।२१ साउनमा बसेको महानगरको अनुगमन तथा मूल्यांकन समितिको बैठकले यस्तो निर्देशन दिएको हो । सडक छेउ, सम्पदा स्थल र सहरी वन आदिमा राखिएका झिलिमिली लहरे बत्ती व्यवस्थापनबारे निर्णय गर्दै समितिले अर्को व्यवस्था नभएसम्म नयाँ झिलिमिली बत्ती खरिद एवम् जडान कार्य अघि नबढाउन निर्देशन … Read more

मौरीपालनबाट मासिक ५० हजार आम्दानी

काठमाडौँ,रामेछापको रामेछाप नगरपालिका–२ सुकाजोरका कृष्णबहादुर मगर सहरको रोजगारी छाडेर अहिले गाउँमै मौरीपालन गरी मासिक ५० हजार आम्दानी गरिरहेका छन्। सानै उमेरमा सहर पसेका मगर कोरोना कहरका कारण गाउँ फर्किएका थिए। कोरोनापछि लामो समय गाउँमा बस्नुपर्दा मगरले सुरुमा कुखुरापालन गरे। कुखुराबाट खासै आम्दानी नभएपछि उनले मौरीपालन गर्ने सोच बनाएर ललितपुरको गोदावरीमा गई मौरीपालनसम्बन्धी तालिम लिए र … Read more

पार्टी रूपान्तरणबारे सबै नेताहरूको एकमत

काठमाडौं– साउन २५ गतेदेखि सुरु भएको माओवादी स्थायी कमिटी बैठकमा नेताहरूले सुझाव दिने क्रम जारी छ ।आइतबार भएको स्थायी कमिटी बैठकमा पनि बोल्ने क्रममा अधिकांश नेताले पार्टी रूपान्तरण भएर जानुपर्ने एजेन्डामा पूर्ण रूपमा सहमति जनाएका छन् ।पूर्व माओवादीहरूले नै माओवादी पार्टी राम्रो भन्न छोडेकाले नेताहरूले पार्टी सचिएर रूपान्तरण भएर जानुको विकल्प नभएको अधिकांश नेताहरूले धारणा … Read more

अमेरिकी चुनावः तीन प्रमुख राज्यमा ह्‍यारिस ट्रम्पभन्दा अगाडि

काठमाडाैं। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा मिशिगन, पेन्सिलभेनिया र विस्कन्सिन गरी प्रतिस्पर्धाका हिसाबले महत्वपूर्ण मानिने तीन राज्यमा डोनाल्ड ट्रम्पलाई अग्रता दिनसक्ने पछिल्लो सर्वेक्षणले देखाएको छ। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत एक वर्षमा प्राप्त गरेको फाइदालाई राष्ट्रपति जो बाइडेनको प्रतिस्पर्धाबाट बाहिरिने निर्णय र ह्यारिसको अभियानमा देखिएको व्यापक सहभागिताले क्षीण बनाएको देखिएको छ। न्युयोर्क टाइम्स … Read more

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण सुरु

चितवन:  भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण थालेको छ । महानगरपालिकाको सहरी पूर्वाधार महाशाखका प्रमुख सन्तोष आचार्यका अनुसार प्यारापिट मुनि ढुङ्गाको सोलिङको धमाधम भइरहेको छ । निर्माणमा प्रयोग हुने स्थानीय सामग्रीको महानगरपालिकाको प्रयोगशालामा परीक्षण भइरहेको छभने रड प्रयोगशाला परीक्षणका लागि काठमाडौँ पठाइएको छ । उहाँले … Read more

भारतीय सरकारी अस्पतालकी महिला चिकित्सकको बलात्कारपछि हत्या भएपछि विरोध प्रदर्शन

नयाँदिल्ली, २७ साउन (एजेन्सी) । भारतको कोलकाताको सरकारी आर.जी.कर अस्पतालमा महिला चिकित्सकको बलात्कारपछि हत्या भएपछि विरोध प्रदर्शन भइरहेको छ। विभिन्न सरकारी अस्पतालका चिकित्सकहरुले बिरोध प्रदर्शन गरेका हुन्। हत्या गरिएकी महिला चिकित्सकको शव अस्पतालको चौथो तलको सेमिनार हलबाट शुक्रबार बरामद गरिएको हो। उनी पोष्ट ग्र्याजुएट अध्ययन गरिरहेको बताइएको छ। शनिबार भारतका विभिन्न सरकारी अस्पतालका डाक्टरहरुले प्रदर्शन … Read more