ट्याङकरको ठक्करबाट दुई जनाको मृत्यु

पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बदगामामा कन्चनपुरबाट भारदह तर्फ जाँदै गरेको को १ ख ७४१४ नम्बरको डिजल लोड गरेको ट्याङकरले भारदहबाट कन्चनपुरतर्फ आउँदै गरेको प्र १-०२-०४७ प १२८० को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सुनसरी हरिनगरा गाउँपालिका-३ का ४१ वर्षीय महेशकुमार मेहताको घट्नास्थलमै मृत्यु भएको थियो । सोही मोटरसाइकलमा सवार सोही ठाउँका ४२ वर्षीय जयप्रकाश मेहता घाइते … Read more

सोलुखुम्बुको थामेमा बाढी, हिमताल फुटेको आशङ्का, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाण्डाै – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा बाढी पसेको छ । स्थानीय बासिन्दाले एक्कासी बाढी पसेको खबर गरेका र बाढी आउनुमा कुनै हिमताल फुटेको हुनसक्ने आशङ्का रहेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाले उज्यालोलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय बासिन्दाबाट खबर आएको छ, केही घर बगाएको र केहीमा बाढी पसेको खबर … Read more

प्रधानमन्त्री ओलीसँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौँ, साउन ३२- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर वर्माले शिष्टाचार भेट गर्नुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा उहाँहरुबीच दुईपक्षीय सम्बन्ध र आपसीहितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा सन् १९५० देखि अमेरिकी … Read more

विद्यार्थीद्वारा शिक्षकको निगरानी

टीकापुर ,कैलालीको टीकापुर नगरपालिका वडा नं. ३ स्थित हिमालय माध्यामिक विद्यालय घिया पुछरीका विद्यार्थीहरुले शिक्षकको निगरानी गर्न थालेका छन् । विद्यालयमा शिक्षकको नियमित उपस्थिति र कक्षा समय बढाउन विद्यार्थीले शिक्षकको निगरानी गर्न थालेका हुन् । विद्यार्थीहरुले शिक्षक कक्षामा प्रवेश गर्ने र बाहिर निस्कने समयको ‘रेकर्ड’ राख्न थालेका छन् । विद्यालय प्रशासनले शिक्षक पूरा समय कक्षामा … Read more

गट्ठाघर दुर्घटना : कसरी फरक पर्‍यो मृतकको विवरण ?

३२ साउन, काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमा बिहीबार ट्रकको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु भयो । दिउँसो १: ४० बजे ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिंदा एक जनाको घटनास्थलमै ज्यान गएको थियो । उक्त घटनामा कसको मृत्यु भयो भन्ने पुष्टि गर्न राति १० बजेसम्म लाग्यो … Read more

पूर्वप्रधानमन्त्रीकी छोरी थाइल्याण्डको सबैभन्दा कान्छी प्रधानमन्त्री

काठमाडौँ, साउन ३२ थाइल्याण्डको संसदले अर्बपति टाइकुन तथा पूर्व नेता थाक्सिनकी छोरी पातोङटार्न सिनावात्रालाई प्रधानमन्त्रीमा चयन गरेको छ । ३७ वर्षको उमेरमा, उनी देशको सबैभन्दा कान्छी प्रधानमन्त्री र उनको काकी यिंगलक पछि दोस्रो महिला हुनेछिन्। पूर्व प्रधानमन्त्री श्रेथा थाविसिनलाई संवैधानिक अदालतले बर्खास्त गरेको दुई दिनपछि उनको छनोट भएको हो । दुबै फेउ थाई पार्टीका हुन्, … Read more

दैलेखमा चट्याङ पर्दा घरभित्रै रहेकी किशोरी घाइते

दैलेख – दैलेखेको ठाँटीकाँध गाउँपालिका–३ माझखर्कमा गएराति चट्याङ पर्दा घरभित्रै रहेकी एक किशोरी घाइते हुनुभएको छ । स्थानीय बासिन्दा राजबहादुर बुढाको घरमा चट्याङ परेर उहाँकी १४ वर्षीया छोरी रमा घाइते हुनुभएको हो । ठूलो पानीसँगै परेको चट्याङले कोठाभित्र सुतिरहेकी रमा घाइते हुनुभएको ठाँटीकाँध गाउँपालिका–३ का वडाध्यक्ष भरत बमले जानकारी दिनुभयो । उहाँको स्थानीय स्वास्थ्य चौकीमा … Read more

डेंगु नियन्त्रण र रोकथामका लागि स्वास्थ्य मन्त्रालयले शुरु गर्‍यो कार्यालय सरसफाई अभियान

काठमाडौँ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाई अभियान शुरु गरेके छ स्वस्थ नेपाल र निरोगी नेपालीका लागि हप्ताको एक दिन कार्यालय/घर सरसफाई अभियान शुरु गरेको हो । निरोगी नेपाल बनाउने संकल्प पूरा गर्नका लागि मन्त्रालयले हरेक हप्ताको एक दिन शुक्रवार घर/कार्यालय सरसफाई गर्न एक घण्टाको समय छुट्याउन आम नागरिकसँग समेत आग्रह गरेको … Read more

अफ्रिका बाहिर एमपक्सको थप सङ्क्रामक भ्यारिएन्ट भेटियो

अफ्रिकी महादेशबाहिर एमपक्सको थप सङ्क्रामक भ्यारिएन्टको पहिलो सङ्क्रमण पुष्टि भएको छ । स्वीडेनको जनस्वास्थ्य एजेन्सीले बताएअनुसार सङ्क्रमित व्यक्ति अफ्रिकामा बस्दा एमपक्सको चपेटामा आएका हुन् । अफ्रिकाका केही भागमा समेत फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हालै मात्र एमपक्सलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । डब्ल्यूएचओले यो रोगलाई अन्तर्राष्ट्रिय चिन्ताको विषय बताएको छ । स्वीडेनको जनस्वास्थ्य … Read more

गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्ति ओखलढुंगाका उत्तम कोइराला

काठमाडौँ , साउन ३२ भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्तिको शव आफन्तले सनाखत गरेका छन्। मृत्यु हुने व्यक्ति ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ खहरे घर भई काठमाडौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षका उत्तम कोइराला रहेको समेत खुलेको भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए। दुर्घटनालगत्तै बिहीबार प्रहरीले मृतक महिला रहेको बताएको थियो। पछि मृतक भनिएकी … Read more