स्वर्ण लक्ष्मी सहकारी ठगी गरेकोमा लामिछाने र राईविरुद्ध जोहरी दर्ता

काठमाडौँ – गैरकानुनी रुपमा स्वर्ण लक्ष्मी सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम लगेको भन्दै छानबिनको माग गर्दै काठमाडौँ प्रहरी परिसरमा जाहेरी दर्ता भएको छ।गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिवी राई र तत्कालीन प्रबन्ध निर्देशक एवं हालका गृहमन्त्री रवि लामिछानेविरुद्ध हुलाकमार्फत युवराज पौडेलले जोहरी दर्ता गएका हुन्। लाकमार्फत पठाएको जोहरी बुधबार दर्ता भएको निस्सा आफूले पाएको पौडेलले जानकारी … Read more

भारतमा विषाक्त मदिरा पिउँदा ३४ जनाको मृत्यु

मुम्बई– भारतमा विषाक्त अवैध रक्सीको सेवनबाट ३४ जनाको ज्यान गएको साथै एक सयभन्दा बढीलाई अस्पताल भर्ना गरिएको तमिलनाडु राज्यका अधिकारीले जानकारी दिएका छन् । स्थानीय रूपमा उत्पादन गरिएको उक्त पेय पदार्थ घातक मिश्रण विषाक्त मेथानोलले भरिएको मुख्यमन्त्री स्टालिनलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । घटनासँग दोषी भनिएका आरोपितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको मुख्यमन्त्री स्टालिनले बताए। अपराधले समाजलाई बर्बाद … Read more

जलेश्वर नगरपालिकाको कार्यवाहक प्रमुख र उपप्रमुख तोकियो

जनकपुरधाम । महोत्तरीको जलेश्वर नगरपालिकाका लागि कार्यवाहक प्रमुख र उपप्रमुख चयन गरिएको छ । प्रमुख र उपप्रमुख भ्रष्टाचारमा मुछिएर निलम्बनमा परेपछि कार्यपालिका बैठकले वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र यादवलाई कार्यवाहक प्रमुख र वडा नं. ३ का अध्यक्ष रत्तन चौधरीलाई उपप्रमुख चयन गरेको हो ।बुधवार बसेको कार्यपालिका सदस्यहरूको बैठकबाट बहुमतीय प्रणालीले चयन गरेको प्रमुख प्रशासकीय … Read more

दुई देशबीचका सन्धि सम्झौता कार्यान्वनबारे मोदीसँग कुरा भयो : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्रीसँग विगतमा दुई देशबीच भएका सन्धि र सम्झौताको प्रभावकारी कार्यान्वयनबारे छलफल भएको बताएका छन् ।दुई देशबीचका सन्धि सम्झौता कार्यान्वनबारे मोदीसँग कुरा भयो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन गएका प्रधानमन्त्री दाहालले त्यस क्रममा भारतीय राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र अन्य क्षेत्रका व्यक्तिहरूसँग भएका छलफलबारे बताएका … Read more

चार चेपाङलाई सहिद घोषणा गर्न माग

काठमाडौँ । प्रतिनिधि सभा सदस्य ज्ञानु बस्नेत सुवेदीले चार जना चेपाङलाई सहिद घोषणा गर्न माग गरेकी छन् ।बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवेदीले २०३४ सालमा चितवनको जुगेडीमा कम्युनिस्ट पार्टीको नेतृत्वमा चेपाङ किसानहरूको सहभागितामा स्थानीय सामन्तविरुद्ध भएको विद्रोहमा तत्कालीन पञ्चायती शासकहरूको दमनबाट दशरथ चेपाङ, सन्तबहादुर चेपाङ,नन्दलाल चेपाङ र रुद्रबहादुर चेपाङको मृत्यु भएपनि सरकारले … Read more

संसद्मा सुहाङको माग: इलाम जिल्ला अस्पताललाई पुनर्निमान गरेर दक्ष चिकित्सक पठाईओस्

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले इलाम जिल्ला अस्पतालमा दरबन्दीअनुसारका डाक्टर नभएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सुहाङले इलामको एकमात्र सरकारी अस्पतालको रुपमा रहेको जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाउन माग गरे ।‘नेपालको संविधानले स्वास्थ्यको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ । तर, इलामका जनताले त्यो हकको बारेमा … Read more

ओलीज्यू हिम्मत भए समिति बनाएर गिरीबन्धुको फाइल खोल्नुस् : विश्वप्रकाश

काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरीबन्धु टिस्टेटको जग्गामा काँग्रेसले कमिसन खाएर बेचेको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। बिहीबार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले ०५२ सालमा एमालेकै सरकार रहेको, … Read more

महिला नेतृत्वलाई देउवाको सुझाव : पुर्वराष्ट्रपति विद्या भण्डारी जस्तै सक्षम बन्‍नुहोस्, भोलिका दिनमा ठाउँ पाउनुहुन्छ

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जस्तै सक्षम बनेर देखाउन महिला नेतृत्वलाई सुझाव दिएका छन्। बिहीबार नेपाल महिला संघको कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री देउवाले पुर्वराष्ट्रपति भण्डारी जस्तै सक्षम बन्न महिला नेतृलाई सुझाव दिएका हुन्। ‘अहिले संसारभरी नै महिलाहरुको अधिकारका लागि, महिलाहरुको समावेशीकरणका लागि,समानुपातिक विकासका लागि संसारभरी नै एउटा आवाज उठेको छ।’ … Read more

ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध

लमजुङ । पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइका अनुसार खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही … Read more

शुक्रवारदेखि प्रदर्शनमा आउने ‘दान्भी’ लाई उत्साहजनक शो

काठमाडौं– असार ७ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘दान्भी’ लाई देशैभरीका सिनेमा हलहरुले उत्साहजनक शो प्रदान गरेका छन् । यो फिल्मका लागि बुधवारदेखि नै मल्टिप्लेक्स हलहरूले अग्रिम टिकट बुकिङ खुल्ला गरेका छन् । क्युएफएक्सनले पहिलो दिन अर्थात भोलि शुक्रवारका लागि यो फिल्मलाई काठमाडौंमा १६ तथा बाहिर ३१ शो उपलब्ध गराएको छ । आईएनआईले … Read more