शिक्षकले फलामको स्केल प्रहार गर्दा विद्यार्थी टाउकोमा चोट
सुर्खेत, शिक्षकको कुटाइबाट सल्यानका एक विद्यार्थी टाउकोमा चोट लागेको छ । आइतबार सल्यानको त्रिवेणी गाउँपालिका–६ लुहाममा रहेको बल्यान पब्लिक स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी अरुण विकलाई शिक्षकले कुटेका थिए ।अरुणलाई कक्षा चलेका बेला खेलेको भन्दै शिक्षक चन्द्रबहादुर डाँगीले फलामको स्केलले हानेका हुन्। फलामको स्केल प्रहारबाट उनको टाउकोमा चोट लागेको हो।घाइते अरुणलाई तत्काल स्थानीय मेडिकलमा उपचारका … Read more