नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित

नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्र बनाएपछि एक रनले हारेको हो । नेपालका लागि ओपनर असिफ शाहले सर्वाधिक ४२ रन बनाए भने अनिल शाहले जिम्मेवारी पूर्ण ब्याटिङ गर्दै २४ बलमा २७ रन बनाएका थिए । त्यस्तै … Read more

काठमाडौंका सार्वजनिक स्थानमा धूम्रपान, मद्यपान र लागुऔषध प्रयोगमा पूर्णबन्देज

३२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र धूम्रपान, मद्यपान र लागु औषध प्रयोगमा पूर्णबन्देज लगाउने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख बालेन साहले यस्तो घोषणा गरेका हुन् । साथै, जंक फुड प्रयोगलाई समेत निरुत्साहित गरिने उनले बताए । महानगर क्षेत्र भित्रिने खाद्य पदार्थको गुणस्तर र … Read more

ट्राफिक प्रहरीलाई गृहमन्त्रीको निर्देशन : बर्दी लगाएकाहरूलाई देख्दा जनताले आफ्नै ठानून्

 उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ट्राफिक व्यवस्थापनलाई नागरिकले महसुस गर्न सक्ने गरी प्रभावकारी बनाउनुपर्ने बताएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको शुक्रबार निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछानेले यसो भनेका हुन् । उनले कार्यालयका सहायता कक्ष, गुनासो शाखा, ब्यारेक, कन्ट्रोल रूम लगायत विभिन्न शाखाहरूको निरीक्षण गर्दै विभिन्न जानकारी पनि लिए । निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन … Read more

कावासोती घटना : मृतकका परिवारलाई तत्काल ५-५ लाख रुपैयाँ राहत दिने सहमति

पूर्वी नवलपरासी — सदरमुकाम कावासोतीको फलफुल चोकमा ढल  निर्माणका क्रममा असावधानीले बिहीबार तीन महिला मजदुरको मृत्यु भएपछि प्रर्दशनमा उत्रिएका आफन्त र नगरपालिकाका प्रतिनिधिबीच १० बुँदे सहमति भएको छ । कावासोती नगरपालिकाका प्रवक्ता डोरमान गिरीका अनुसार मृतकका परिवारलाई तत्काल राहतस्वरुप नगद ५-५ लाख रुपैयाँ दिने, ५० हजारका दरले प्रतिपरिवार किरिया खर्च उपलब्ध गराउने, मृतकका एक-एक बालबच्चाका नाममा ५ … Read more

नाबालकसहित एकै परिवारका तीन जना मृत फेला

दमक,  झापाको शिवसताक्षी नगरपालिका वडा नं ३ मा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । शुक्रबार बिहान ३० महिनाको नाबालकसहित तीन जना आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णुकमार चन्दले जानकारी दिनुभयो । उहाँले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो । वैदेशिक रोजगारका लागि विदेशमा रहेका सुजन बेस्राकी … Read more

कुवेत आगलागीमा ज्यान गुमाएका ४५ भारतीयको पार्थिव शरीर स्वदेश फिर्ता

कुवेतको श्रम आवासमा आगलागी हुँदा ज्यान गुमाएका ४५ जना भारतीय नागरिकको पार्थिव शरीर बोकेको भारतीय विशेष वायुसेना विमान शुक्रबार बिहान कोच्चिका लागि उडेको कुवेतस्थित भारतीय दूतावासले जनाएको छ। “कुवेतमा आगलागीको घटनामा ज्यान गुमाएका ४५ जना भारतीयको पार्थिव शरीर बोकेको विशेष आईएएफ विमान कोच्चिका लागि उडेको छ“, भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गरायो । “ … Read more

बाथरूममा मृत अवस्थामा भेटिए अभिनेता प्रदीप के विजयन

दक्षिण भारतीय अभिनेता प्रदीप के विजयनको निधन भएको छ। उनको शव उनकै घरको बाथरूममा फेला परेको हो। भारतीय सञ्चारमाध्यमका अनुसार उनका साथी पछिल्लो २ दिनदेखि उनलाई फोन गर्ने कोसिस गरिरहेका थिए। उनको फोन नउठेपछि साथीहरूले पुलिसलाई जानकारी दिएका थिए। हाल पुलिसले प्रदीपको शवलाई पोस्टमार्टमको लागि सरकारी अस्पतालमा पठाएको छ। प्रहरीका अनुसार उनलाई सास फेर्न समस्या … Read more

१५ वर्षीया किशोरीलाई पटक-पटक बलात्कार गरेको आरोपमा १ जना पक्राउ

भक्तपुरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका- ६ नगरकोटका ३८ वर्षीय कृष्णबहादुर तामाङ छन् । उनलाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तामाङले ती किशोरीलाई २०८० चैतदेखि पटक-पटक र पछिल्लोपटक २०८१ जेठ १२ गते दिउँसो भक्तपुर नगरपालिका- १ दूधपाटीस्थित न्यू भक्तपुर गेष्ट हाउसमा लगेर बलात्कार गरेका थिए । ललाई … Read more

टिकटक खुलाउन सांसद अशिम शाहको माग, साना व्यवसायीले गरेको घरेलु व्यवसाय विस्थापित भएको भनाइ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले टिकटकमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन माग गरेका छन् । हिजोका दिनमा ९० लाखले टिकटक चलाइरहेको अवस्थामा सरकारले बन्द गरे पनि भीपीएनमार्फत अहिले पनि ५० लाखले चलाइरहेको अनौपचारिक तथ्याङ्क रहेको उनले सुनाए । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले टिकटक खोल्न माग गरे । उनले भने– ‘हिजोका दिनमा ९० … Read more

मकवानपुरमा प्रादेशिक अस्पताल स्थापना गरिने

 बागमती प्रदेश सरकारले मकवानपुरमा प्रादेशिक अस्पताल स्थापना गर्ने निर्णय गरेको छ । प्रादेशिक अस्पतालको रुपमा रहेको हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने निर्णय विवादमा परेपछि प्रदेश सरकारले मकवानपुर जिल्लामा अर्को प्रादेशिक अस्पताल स्थापना गर्ने निर्णय गरेको हो । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले मकवानपुरमा प्रादेशिक अस्पताल निर्माण गर्न … Read more