फिल्म रिलिज पछि ‘लण्डन टू पेरिस’को गीत सार्वजनिक

फिल्म ‘लण्डन टू पेरिस’को ‘हतारले’ गीत फिल्मको प्रदर्शनपछि सार्वजनिक गरिएको छ । किनकि, यो गीतले फिल्मको महत्त्वपूर्ण ‘सस्पेन्स’ खुलाउँछ । गीतमा नव-अभिनेता निश्चल खड्का र अभिनेत्री रुष्मा थापा प्रेम पर्दै गरेको देखाइएको छ । जबकि, ट्रेलरमा निश्चलको प्रेम अभिनेत्री साम्राज्ञी आरएल शाहसँग देखाइएको थियो । यसले गर्दा नै फिल्मको ‘सस्पेन्स’ खुल्ने डरले निर्माण टिमले यो … Read more

चक्कु प्रहारबाट गम्भीर घाइते भएका २४ वर्षीय युवाको मृत्यु

दाङ–चक्कु प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर–४ निवासी २४ वर्षीय युवा गोरखलाल खड्काको उपचारको क्रममा बिहीवार मृत्यु भएको छ । भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्कालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको थियो । … Read more

सरकारलाई सांसदको प्रश्न : ९ बजेको ओपीडीका लागि बिरामीले बिहान ५ बजेदेखि लाइन बस्नुपर्ने कहिलेसम्म ?

सांसद बरालले स्वास्थ्यजस्तो संवेदनशील विषयमा नागरिकमा राज्यविरुद्धको आक्रोस निर्माण हुने अवस्था भएकाले सरकारको गम्भीर बन्नुपर्ने बताइन्। काठमाडौं : नेकपा एमालेकी सचेतक सुनिता बरालले ९ बजेको ओपीडीका लागि बिरामीले सरकारी अस्पतालमा बिहान ५ बजे नै लाइन बस्नुपर्ने कहिलेसम्म भन्दै प्रश्न गरेकी छन्। बिहीबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा उनले सरकारी अस्पतालमा जाँदा लाइन लाग्नुपर्ने बाध्यता अन्त्य गर्न … Read more

स्कुलका सटरहरु बन्द नगराउन महानगरलाई उच्च अदालतको आदेश

३१ जेठ, काठमाडौं। उच्च अदालत पाटनले सामुदायिक विद्यालयबाट भाडामा लिएका सटरहरुलाई बन्द नगर्न आदेश दिएको छ । न्यायाधीश लेखनाथ पौडेलको इजलासले ७ असारसम्मका लागि सामूदायिक विद्यालयहरुले भाडामा लगाएका सटरहरु बन्द नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । काठमाडौं महानगरपालिकाले काठमाडौंका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरु बन्द गराउन थालेको थियो । शैक्षिक कामकारवाहीका लागि उपयोग … Read more

प्रचण्ड सरकारका दुई मन्त्री ‘डेन्जर जोन’मा

काठमाडौँ । सङ्घीय सरकारबाट मन्त्री फिर्ता बोलाउने चर्चासँगै माओवादी केन्द्रका हितबहादुर तामाङ र एमालेका बलराम अधिकारीको पद ‘डेन्जर जोन’मा देखिएको छ ।गत फागुन २१ गते एमालेसहितको नयाँ समीकरण बनेपछि एमालेले सरकारमा अघिल्लो वर्षकै सेट पठाएको थियो । तामाङ सोही दिन मन्त्री भएका थिए । मन्त्री भएको तीन महिनापछि तामाङको पद धरापमा पर्ने सम्भावना देखिएको छ … Read more

तराईमा गर्मी, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द

वीरगञ्ज- अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले  तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको हो । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन यो क्रम बढ्नसक्ने मौसम … Read more

सुनको भाउ स्थिर हुँदा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।अघिल्लो दिन प्रतितोला छ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार … Read more

आफ्नो नाम चलचित्रमा प्रयोग गरेको भन्दै बलिउड निर्माताले दर्ता गराए मुद्दा

बलिउड निर्माता तथा निर्देशक करण जोहरले शुक्रबारबाट रिलिज हुने फिल्म ‘शादी के डायरेक्टर करण और जोहर’का निर्माताविरुद्ध बम्बई हाई कोर्टमा मुद्दा दर्ता गरेका छन् । उनले फिल्मको नाममा आफ्नो नामको प्रयोग भएकाले त्यसलाई रोक्न माग गर्दै अदालतको ढोका ढकढक्याएका हुन् ।उनले मुद्दाको टुङ्गो नलागुन्जेलसम्म फिल्म रिलिज रोक्न पनि माग गरेका छन् । करणका वकिल पराग … Read more

नारायणगढ–मुग्लिन सडकः पच्चीस ठाउँमा पहिरोको जोखिम

चितवन- नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ।उक्त कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन्। मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ। सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि रु ५२ करोड खर्च … Read more

छोरीको सुरक्षा जीवनभरि कार्यक्रम परिमार्जन गरिँदै

काँक्रेविहार समाचारदाता सुर्खेत, जेठ ३१ गते । छोरीको जीवन सुरक्षाका लागि कर्णाली प्रदेश सरकारले सञ्चालन गरिरहेको ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम परिमार्जन गरिने भएको छ । सो कार्यक्रम आर्थिक वर्ष २०७६/७७ मा सुरु गरिएको हो । आव २०७८/७९ बाट भने छोरीको बैङ्क खातामा पैसा जम्मा हुन छोडेको छ तर पनि आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रममा … Read more