पहिरोले पुरिँदा मृत्यु

लमजुङ, २५ जेठ । लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको ‘लोडर’ चालकको पहिरोले पुरिँदा मृत्यु भएको छ । आज बिहान लोडर लिएर कामतर्फ जाँदै गर्दा माथिबाट खसेको पहिरोले पुरिँदा मकवानपुर हेटौँडा उपमहानगरपालिका–१० का ४२ वर्षीय गोपाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङमा प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताए । गम्भीर घाइते चालक … Read more

सरकारलाई देशभरका सामुदायिक जग्गाका अभिलेख पेस गर्न लेखा समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले देशभर रहेका सार्वजनिक, सरकारी, गुठी, सामुदायिक जग्गासम्बन्धी अभिलेखीकरण गरि पेश गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सार्वजनिक, सरकारी, गुठी, सामुदायिक जग्गासम्बन्धी अभिलेखिकरण मा तीनतहबीच नीतिगत स्पष्टता नदेखिएको भन्दै मुलुक भर रहेका त्यस्ता जग्गाहरुको यकिन अभिलेखिरण गर्दै समितिमा पेश गर्न निर्देशन दिएको हो। बैठकले सीमाङ्कन, नक्साङ्कन तथा … Read more

मोदी चुनिए एनडीए गठबन्धनको संसदीय दलको नेता

भारतीय प्रधानमन्त्रीको रुपमा पुन: शपथ लिने तयारीमा रहेका नरेन्द्र मोदी एनडीए गठबन्धनको संसदीय दलको नेता बनेका छन् । शुक्रबार संविधान सदनको केन्द्रीय हलमा बसेको गठबन्धनमा आबद्ध १३ वटा दलको बैठकले मोदीलाई गठबन्धनको नेता बनाएको हो । मोदीले गठबन्धनको नेता बनेपछि धन्यवाद दिएका छन् । उनले भने, ‘नयाँ जिम्मेवारी दिनुभएकोमा धन्यवाद । एनडीए गठबन्धन वास्तविक अर्थमा भारतको … Read more

बालेनको आरोपबाट केपी ओली क्रुद्ध, भने- भैँसीको ढाडमा बसेको झिंगो त्यसै दंग छ

चितवन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा प्रकरणको विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लगाएको आरोपको जवाफ फर्काएका छन्। भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूले गरेको प्रश्नमा आफूले कसैसँग अनावश्यक ढंगको विवादमा पर्न नचाहेको बताए। उनले बालेनलाई लक्षित गर्दै भने, ‘भैँसीको ढाडमा झिंगा बस्यो कि के बस्यो, त्यसले थाहा पनि पाएको हुँदैन, झिँगा दंग परेको … Read more

एयरपोर्टमा कंगना रनावतमाथि हातपात

जेन्सी । बलिउड अभिनेत्री कंगना रनावतमाथि हातपात भएको छ । बिहिबार दिल्ली आउँदा चण्डीगढ एयरपोर्टमा सीआईएसएफ लेडी कन्स्टेबल कुलबिंदर कौरले उनीमाथि थप्पड हानेकी हुन् । विमानस्थलमा कंगनालाई थप्पड हानिएको भिडियो सामाजिक सञ्जालमा खुब भाइरल भइरहेको छ । किसान आन्दोलनलाई लिएर कंगनाको अभिव्यक्तिलाई लिएर महिला कन्स्टेबल रिसाएकी थिइन् । कंगना र कन्स्टेबलबिच भनाभन भएको थियो । … Read more

सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्‍याउनुपर्छः प्रधानमन्त्री

काठमाडौँ, जेठ २५- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्‍याउनुपर्ने र त्यसका लागि सकारात्मक पहलकदमी लिनुपर्ने बताउनुभएको छ । सहकारी केन्द्र नेपालको प्रथम राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्नुहुँदै नेकपा९माओवादी केन्द्र०का अध्यक्ष ‘प्रचण्ड’ले सबै तहका पार्टी कमिटीमा सहकारी संस्थाको अध्ययन गरेर सही बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । “सहकारी आन्दोलनको महत्व ठीक … Read more

नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब

काठमाडौँ, जेठ २५- नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा रु ११ अर्ब छ करोड बराबरको नाफा कमाएको छ । प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रु ९३ अर्ब ९४ करोड आम्दानी गरेको छ । प्राधिकरणले सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम … Read more

रविलाई सम्भवको गम्भीर आरोप : सहकारी ठगीको समाचार रोक्न नमान्दा बुवालाई पक्राउ गराए

कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार रोक्न नमान्दा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुवा कैलाश सिरोहियालाई पक्राउ गराएको आरोप लगाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले सहकारी घोटालाको समाचार लुकाउन आफूहरूलाई गरेको धेरैपटकको आग्रहलाई अस्वीकार गर्दा कान्तिपुर मिडिया ग्रुपका अध्यक्षसमेत रहेका सिरोहियालाई नागरिकता कसुरमा पक्राउ गरिएको जिकिर सम्भवले गरेका … Read more

आज सुन प्रतितोला एक लाख ४५ हजारमा कारोबार हुँदै

नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आज नयाँ रेकर्ड बनेको यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार रुपैयाँ बढी हो । आज तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार … Read more

६० अर्ब बराबरको बजेट ल्याउँदै बागमती सरकार

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आवका लागि रु ६० अर्ब बराबरको बजेट ल्याउने तयारी भएको हो । आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित गराइसकेको बागमती प्रदेश सरकारले असार १ गते आगामी आवको बजेट ल्याउन लागेको … Read more