रुसी सेनामा भर्ती भएका दुई भारतीयको मृत्यु

नयाँ दिल्ली – युक्रेनसँगको युद्धमा रुसी सेनामा भर्ना भएका दुई भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । विदेश मन्त्रालय र मस्कोमा रहेको भारतीय दूतावासले रुसी सेनामा सेवा गरिरहेका सबै भारतीय नागरिकहरूको चाँडो रिहाइ र फिर्ताको मुद्दालाई नयाँ दिल्लीस्थित रुसी राजदूत र मस्कोमा रुसी … Read more

सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ६०० रुपैयाँ बढेर तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ पुगेको हो । यसअघि तीन दिनसम्म सुनको मूल्य स्थिर रहेको थियो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार ९०० … Read more

पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते

खाँदबारी जेठ ३०- सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् । मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ । उनीहरू निदाएका बेला पहिरो … Read more

वर्षाले खाँदबारी–नुम सडकमा क्षति

खाँदबारी (सङ्खुवासभा),  जेठ ३० गते । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुङ्गा अरुणथान चार किलोमिटर  क्षेत्रमा  वर्षाले क्षति भएको छ । यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले राससलाई बताउनुभयो । कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का खण्डको ठूलो ढुङ्गा–पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ … Read more

भरतपुर महानगर क्षेत्रभित्रका ३४ हजार बढी घरका सदस्य वैदेशिक रोजगारीमा

चितवन- भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजार पाँच सय आठ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ। महानगरभित्रका ९६ हजार पाँच सय ९१ घरमध्ये ती घरका सदस्य वैदेशिक रोजगारीमा गएका हुन्।वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान गर्दै आएको गैरसरकारी संस्था पार्श्वचित्रले जनप्रतिनिधि र सम्बन्धित निकायका प्रतिनिधिबीच मंगलबार यहाँ आयोजना गरेको अन्तक्रियामा सो तथ्यांक सार्वजनिक गरिएको हो। हाल ३० … Read more

जेठ ३१ बाट बन्दीपुर केबलकार व्यावसायिक सञ्चालनमा आउने

तनहुँ ।  तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण सम्पन्न भएको बन्दीपुर केबलकार यही जेठ ३१ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । वैशाख १ गतेबाट विधिवत् रूपमा शुभ मुहूर्त तथा वास्तु पूजा गरी आंशिक रूपमा सञ्चालन हुँदै आएको केबलकार ३१ गते बिहावीरदेखि कमर्शियल अपरेसनमा ल्याइने भएको हो । कम्पनीलाई कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त भएसँगै … Read more

राष्ट्रपति पौडेल कतारको दोहामा

ठमाडौं, जेठ ३०। राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा कतारको राजधानी दोहा पुगेका छन्। उनलाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेश विक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रासयका कर्मचारीले स्वागत गरेका थिए । राष्ट्रपति पौडेल भोली जेनेभा प्रस्थान गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) … Read more

दाउन्नेमा यातायात अवरुद्ध

नवलपरासी पूर्व — पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने बजारको  साँघुरो पुलमा  मालवाहक ट्रक बिग्रिएर रोकिएका कारण यातायात अवरुद्ध भएको छदाउन्ने बजारदेखि २ सय मिटर पूर्वको पुलमा गाडी बिग्रिएका कारण राजमार्ग अवरुद्ध हुँदा सयौँ गाडी र यात्रु रोकिएका छन् ।एक्स्काभेटरले गाडीलाई हटाएर यातायात सञ्चालन गर्न पहल भइरहेको प्रहरीले जनाएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

३० जेठ २०८१  काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। त्यस्तैगरी, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ एक पैसा रहेको … Read more

यस्तो छ आजको मौसम

काठमाडौं,जेठ ३०- कोसी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । मनसुनी प्रणालीको प्रभाव रहेको यो प्रदेशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । विभागले दिउँसो … Read more