पाँच महिनामा ५ लाख बढी पर्यटक आगमन

सन् २०२४ को पहिलो पाँच महिनामा ५ लाखभन्दा बढी पर्यटक आगमन भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार मे २०२४ मा मात्र ९० हजार २ सय ११ पर्यटक नेपाल आएका छन् । योसँगै जनवरीबाट मेसम्म ५ लाख ६ हजार २ सय ८० पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । बोर्ड निर्देशक मणिराज लामिछानेका अनुसार यस … Read more

वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न ठूला क्षमताका सबस्टेसन बन्दै

नेपाल विद्युत् प्राधिकरणले वीरगञ्ज क्षेत्रका औद्योगिक करिडोरमा सञ्चालित र आउँदा दिनमा खुल्ने उद्योगलाई लक्षित गरी उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसनको निर्माण गरिरहेको जनाएको छ । वीरगञ्जसहित बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित, सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत् माग गर्ने उद्योगलाई विद्युत् आपूर्ति दिन चालू रहेका प्रसारण लाइन तथा सबस्टेसनको स्तरोन्नतिसँगै उच्च क्षमताका … Read more

काठमाण्डौबाट धनगढी उड्न लागेको श्री एअरलाइन्सकाे जहाज पुनः पार्किङमा

काठमाण्डौबाट धनगढी उड्न लागेको श्री एअरलाइन्सको जहाजलाई पाइलटले धावनमार्ग नजिकैबाट पुनः पार्किङमा फर्काएका छन् । विमानभित्र इन्धनको गन्ध आएको र प्राविधिक परीक्षणका लागि फर्काएको एअरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिनुभयो । श्री एअरलाइन्सकाअनुसार जाँचका क्रममा एक यात्रुले साथमा झोल औषधि लगेको र त्याे वस्तु पोखिँदा इन्धनको जस्तै गन्ध आएको पाइएको छ ।

सप्तरीमा ट्र्याक्टर पल्टिँदा दुई जनाको ज्यान गयो

सप्तरीमा ट्र्याक्टर पल्टिँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् । हिजो बेलुका कञ्चनपुर–राजविराज हुलाकी सडक खण्डमा पर्ने सुब्बाटोलमास १ त ६२९५ नम्बरको ट्र्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ज्यान गुमाउनेमा सिरहाको लाहान नगरपालिका वडा नम्बर–१९ घर भएका मोहम्मद इसाद र सप्तरीको कञ्चनरुप नगरपालिका–७ का … Read more

सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । सुनकाे भाउ आज दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ४२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीकाे भाउ पनि घटेकाे छ । चाँदी आज २५ रुपैयाँले घटेर ताेलाकाे एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले … Read more

दाङको मालपोत र नापी कार्यालयमा तालाबन्दी गर्न गएका गुठी पीडित किसानमाथि प्रहरीको हस्तक्षेप

घोराहीमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गुठी पीडित किसानमाथि प्रहरीले हस्तक्षेप गरेको छ । आज बिहान १० बजे कार्यालयमा ताला लगाउन गएका गुठी पीडित किसानमाथि प्रहरीले लाठी चार्ज गर्दा केही किसान घाइते भएका छन् । किसानले मालपोत र नापी कार्यालय अगाडि आन्दोलन गरिरहेका छन् । सरकारले पटक–पटक आफूहरूसँग विभिन्न सम्झौता … Read more

चीनको अन्तरिक्षयान चन्द्रमाको अदृश्य क्षेत्रमा अवतरण

चीनले पठाएको अन्तरिक्षयान चन्द्रमाको अदृश्य क्षेत्रमा अवतरण गरेको छ । चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले मे ३ अर्थात् एक महिनाअघि पठाएको ‘चाङ ई–सीक्स’ आज बिहान चन्द्रमामा अवतरण गरेको बीबीसीले जनाएको छ । यसअघि चन्द्रमाको अदृश्य भागमा कसैले पनि यान पठाएका छैनन् । पृथ्वीले आफ्नो कक्षमा घुम्न लगाउने समय र चन्द्रमा आफ्नो अक्षमा घुम्न लाग्ने … Read more

बजेटमाथिको छलफल आजदेखि : बुधवार अर्थमन्त्रीले जवाफ दिने

सरकारले संघीय संसदको संयुक्त सभामा गएको जेठ १५ गते प्रस्तुत गरेको आउँदो आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि आजदेखि छलफल शुरु हुँदैछ । सभामुख देवराज घिमिरेले छलफलका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाउनुभएको छ । त्यस्तै राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि तय भएको छ । अर्थमन्त्री वर्षमान पुनले गएको मंगलवार संघीय संसदको … Read more

मुगुमा यार्सा सङ्कलनको क्रममा ज्यान गुमाउनेको सङ्ख्या चार पुग्यो

मुगुमा यस वर्ष यार्सागुम्बा सङ्कलन गर्न गएका चारजनाको ज्यान गएको छ । उनीहरुको लेक लागेर ज्यान गएको हो । हिजो छायानाथ रारा नगरपालिका वडा नम्बर १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा, कम्फा गाउँका शोभान बुढा, छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका २० वर्षका देवराज बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । एक … Read more

सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको नासाको दाबी

अमेरिकी अन्तरिक्ष निकाय नासाले सबैभन्दा टाढाको ज्ञात आकाशगङ्गा (ग्यालेक्सी) पत्ता लगाएको दाबी गरेको छ । जेम्स वेब स्पेस टेलिस्कोपको डाटा प्रयोग गरेर खगोलविद्ले सबैभन्दा टाढाको आकासगङ्गा फेला पारेको नासालाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यो आकासगङ्गा ब्रह्माण्ड उत्पत्तिको शुरुवाती विस्फोट, बिग ब्याङ्गको ३० करोड वर्षको समयभन्दा कम समयमा बनेको वैज्ञानिकको विश्वास … Read more