प्रमुख दलहरुबीच भएको सहमति कांग्रेस संसदीय दलबाट अनुमोदन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समिति बनाउने सहमति अनुमोदन गरेको छ । बानेश्वरस्थित संसद भवन परिसरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सोमबार प्रमुख दलहरुबीच भएको सहमतिलाई अनुमोदन गरेको हो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले अहिले केहीबेरमा बस्ने कार्यदल बैठकले शीर्ष तहमा भएको सहमति अनुसार कार्यादेशलाई अन्तिम रुप दिनेछ … Read more

मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित

राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै संसदमा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालिन खर्च संरचना समेत पारित गरेको हो । बजेटसँगै संसदमा टेबुल हुने भएकाले हरेक … Read more

बजेट भाषण ३ बजेका लागि सर्‍याे

बजेट वक्तव्यका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आज बस्दैछ । यसअघि संयुक्त बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएकोमा सरकारको अनुरोधमा दिउँसो ३ बजेका लागि सरेको छ । आज आउँदो आर्थिक वर्षको बजेट आउँदैछ । संवैधानिक व्यवस्थाअनुसार नयाँ आर्थिक वर्षका लागि जेठ १५ गते सङ्घीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । सरकारले … Read more

गणतन्त्र दिवसको अवसर ललितकला प्रदर्शनी आजदेखि शुरु हुँदै

गणतन्त्र दिवसको अवसरमा आजदेखि काठमाण्डौमा ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ शुरु हुदैछ । प्रदर्शनीमा यस पटक चार सय ८२ जना कलाकारका पाँच सय २२ वटा कलाकृति प्रदर्शनीमा राखिने भएको छ । प्रदर्शनीमा कोशी प्रदेशबाट ४२ कलाकारका ४३, मधेश प्रदेशबाट ५७ कलाकारका ६१, बाग्मती प्रदेशबाट दुई सय ३३ कलाकारका दुई सय ६७, गण्डकी प्रदेशबाट ४२ कलाकारका ४६, … Read more

साउदी प्रो लिगमा रोनाल्डोको सर्वाधिक गोलको कीर्तिमान

अल नासरका फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगको एकै सिजनमा ३५ गोल गरेर सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । गएराति भएको खेलमा अल नासरले अल इत्तिहादलाई ४–२ ले पराजित गरेको खेलमा रोनाल्डोले दुई गोल गरे । योसँगै उनी साउदी प्रो लिगमा यो सिजनको सर्वाधिक गोलकर्ता बनेका छन् । रोनाल्डोले यो सिजन साउदी प्रो लिगमा … Read more

रेमल आँधीका कारण अहिलेसम्म १६ जनाको ज्यान गयो

भारत र दक्षिणी बङ्गदेलाशको तटीय क्षेत्रमा आएको रेमल नामको आँधीका कारण अहिलेसम्म १६ जनाको ज्यान गएको छ । आँधीका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको छ । कयौँ घर ध्वस्त भएका र रुखहरु ढलेका छन् । विद्युत लाइनमा क्षति पनि पुगेको बीबीसीले जनाएको छ । यो बीचमा केही डुबेर, केहीको करेन्ट लागेर र केहीको भत्किएका … Read more

कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो

कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । दैलेखको दुल्लु नगरपालिका–३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ रामाघाटमा सडकमाथि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको स्थानीयले बताएका छन् । यस्तै आठबीस नगरपालिका–१ मा पनि पहिरोले सडक अवरुद्ध हुँदा कर्णाली राजमार्गको दैलेख, कालीकोट र जुम्ला सडकखण्ड अवरुद्ध भएको छ । पहिरो पन्छाएर सडक खुलाउने तयारी … Read more

यार्सागुम्बा टिप्न डोल्पा पुगेकी रुकुमपश्चिमकी विष्टको लेक लागेर ज्यान गयो

यार्सागुम्बा टिप्न डोल्पा पुगेकी रुकुमपश्चिम आठविसकोट नगरपालिका–४ गोतामकोेट विष्ट गाउँकी २२ वर्षकी जमुना विष्टको लेक लागेर ज्यान गएको छ । डोल्पाको काईके गाउँपालिकाको लैनीबगरदेखि माथि डाँडामा पुगेका बेला विष्टको ज्यान गएको वडा अध्यक्ष नरसिं विष्टले जानकारी दिनुभयो । डोल्पाको नाउरेमा पुगेको बेला विष्ट लेक लागेर बिरामी हुनुभएको थियो । उहाँको साथमा रहेकी कान्छी बहिनी सरस्वतीसहित … Read more

किन दयाहाङ ‘गाउँ आएको बाटो’लाई करिअरको उत्कृष्ट फिल्म मान्छन् ?

अहिलेका सर्वाधिक सफल अभिनेता दयाहाङ राईले करिअरमा ५० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । र, अन्तर्राष्ट्रिय फेस्टिभलमा उनकै फिल्म बढी पुगेका छन् । ‘सेतो सूर्य’, ‘कबड्डी’, ‘लुट’, ‘जारी’ जस्ता यादगार फिल्ममा काम गरेका उनी यतिबेला कुनै फिल्मलाई लिएर उत्साहित छन् भने त्यो ‘गाउँ आएको बाटो’ हो । यसलाई उनी आफ्नो करिअरको उत्कृष्ट फिल्म मान्दछन् … Read more

सन्दीप भन्छन्– मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको प्रतिक्रिया दिएका छन्। सोमबार सामाजिक सञ्जालमा लेख्दै लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको बताएका हुन्। उनले लेखेका छन्– ‘इमानदारितापूर्वक, मेरो सपना पूरा नभए पनि के कुरामा खुसी छु भने देशको सपना पूरा भएको छ।’ … Read more