नेपालमा कोभिड–१९ को नयाँ ‘सब भेरियन्ट’ पुष्टि

नेपालमा कोभिड–१९ को नयाँ ‘सब भेरियन्ट’ केपी पुष्टि भएको छ । गएको दुई महिनायता देशभर कोभिड –१९ पुष्टि भएका ४२ जनाको नमुनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनामा ओमिक्रोन भेरियन्टको सब भेरियन्ट केपी ‘वान’ र १७–जनामा केपी ‘टू’ पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । यस्तै एक जनामा केपी ‘थ्री’ र एक जनामा केपी ‘फो’ … Read more

यस वर्षको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म ५ जनाको ज्यान गयाे

यस वर्षको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म पाँच जनाको ज्यान गएको छ । यस्तै तीन जना हराइरहेका छन् । ज्यान गुमाएका र हराएका आठ जनामध्ये तीन जना नेपाली र पाँच जना विदेशी नागरिक रहेका पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो । आठ जनामध्ये एक जनाको टेन्टमा सुतेकै बेला ज्यान गएको हो भने बाँकी आरोहणका क्रममा … Read more

सिङ्गापुर एअरलाइन्स ‘टर्ब्युलेन्स’ : २० जान यात्रुको मेरुदण्डमा गम्भीर चोट

सिङ्गापुर एअरलाइन्सको उडानमा ‘टर्ब्युलेन्स’ पछिकाे दृश्य । तस्बिर : राेयटर्स सिङ्गापुर एअरलाइन्सको उडानमा ‘टर्ब्युलेन्स’ अर्थात् हावामा अचानक हुने हलचलका कारण २० जना यात्रुको मेरुदण्डमा गम्भीर चोट लागेको पाइएको छ । थाइल्यान्डको बैंककमा रहेको समितिभेज श्रीनकरिन अस्पतालका प्रमुख अदिनुन कित्तिरतानापाइबूलले अहिले ती २० जना यात्रुको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको बताउनुभएको बीबीसीले जनाएको छ … Read more

नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा घिमिरे र गोलकिपर प्रशिक्षकमा तिमिल्सिना नियुक्त

नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरे नियुक्त भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज घिमिरेलाई राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । यस्तै एन्फाले राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षकमा मनिष तिमिल्सिनालाई नियुक्त गरेको छ । नियुक्त भएका दुवै जनाले आजै सम्झौता पत्र बुझेका छन् । यसअघि नेपाली टोलीको सहायक … Read more

‘आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनु’- सङ्घीय सरकारप्रति मेयर शाहको असन्तुष्टि

काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाउने विषयमा सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ । अघिल्लो वर्षको बजेट वक्तव्यमा नीतिगत एवम् कानुनी सुधार कार्यक्रममा २०८१ वैशाख १ गतेदेखि प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइने भन्ने उल्लेख रहेकोमा अझै नभएको भन्दै मेयर शाहले … Read more

धावनमार्गमा खाल्डो परेपछि त्रिभुवन विमानस्थलमा उडान/अवतरण १ घण्टा अवरुद्ध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि एक घण्टा उडान तथा अवतरण रोकिएको छ । बिहान पौने १२ बजेदेखि दिउँसो पौने १ बजेसम्म उडान तथा अवतरण अवरुद्ध भएको विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले जानकारी दिनुभयो । धावनमार्गमा खाल्डो देखिएपछि केही विमानलाई आकाशमै ‘होल्ड’ मा राख्नुपरेको थियो । मर्मतपछि सुक्न समय लागेकाले एक घण्टा विमानस्थल बन्द गर्नुपरेको … Read more

प्रतिनिधि सभाको आजको बैठक पनि सहकारी ठगी प्रकरणले अवरुद्ध

सहकारी ठगी प्रकरणलाई लिएर नेपाली कांग्रेसलगायत विपक्षी दलले विरोध जनाएपछि प्रतिनिधि सभाको आजको बैठक पनि अवरुद्ध भएको छ । आजको बैठक शुरु हुनेबित्तिकै कांग्रेसलगायत विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले सांसदहरूलाई आ–आफ्नो स्थानमा बसेर सहयोग गर्न पटक–पटक आग्रह गरे पनि विपक्षी सांसदहरूले भने आफ्नो माग सुनुवाइ नहुँदासम्म विरोध यथावत् रहने … Read more

भीर मह निकालेको दृश्य हेर्न विदेशी पर्यटक म्याग्दीमा

भीर मह निकालेको दृश्य छायाङ्कन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भीर पुगेका छन् । ठूलो र कहालीलाग्दो झन्डै पाँच सयदेखि एक हजार पाँच सय मिटर उचाइका पहरामा भीर मह निकालिरहेको दृश्यको छायाङ्कनसँगै प्रचारप्रसार गर्ने उद्देश्यका साथ विदेशीको टोली आएको धवलागिरि गाउँपालिका–२ का … Read more

ताप्लेजुङमा १ सय २८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको काम शुरु

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा १ सय २८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको शिलान्याससँगै अरू काम शुरु भएको छ । संविधान सभा सदस्य सञ्चपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बूले हिजो संयुक्त रूपमा आयोजनाको शिलान्यास गर्नुभएको हो । अध्यक्ष लिम्बूले आउँदो चार वर्षमा आयोजना पूरा गर्ने लक्ष्यका साथ तीव्र … Read more

इजरायलले प्यालेस्टिनी बैंकहरू बन्द गरे ‘मानवीय सङ्कट’ उत्पन्न हुन सक्छ-अमेरिकाकाे चेतावनी

अमेरिकी वित्तमन्त्री जेनेट येलेनले इजरायलले प्यालेस्टिनी बैंकहरूका लागि महत्त्वपूर्ण वित्तीय च्यानल बन्द गरे ‘मानवीय सङ्कट’ को खतरा हुन सक्ने चेतावनी दिनुभएको छ । उहाँले आफू एक विशेषज्ञका रूपमा इजरायलको कारबाहीको धम्कीबाट चिन्तित रहेको बताउनुभएको अमेरिकी सञ्चारमाध्यम द न्यूयोर्क टाइम्सले जनाएको छ । इटालीमा भइरहेको जी–७ राष्ट्रका वित्तमन्त्रीहरूको बैठकमा येलेनले इजराइलबाट विद्युत्, पानी, इन्धन र खाद्यान्नसहित … Read more