चितवनका केराखेतीमा ‘टिआर फोर’ को सङ्क्रमण

जिल्लामा लगाइएको केराखेतीमा नयाँ रोगको सङ्क्रमण देखिएको छ । पश्चिम चितवनका किसानले लगाएका केरामा पानामा रोगको नयाँ भेरिएन्ट (टिआर फोर) को सङ्क्रमण देखिएको हो । जिल्लास्थित राष्ट्रिय कृषि अधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख महेश रेग्मीका अनुसार पश्चिम चितवनमा लगाइएको पाँच बिघा क्षेत्रफलमा यो रोगको सङ्क्रमण देखिएको हो । करिब ५५ बिघा क्षेत्रफलमा लगाइएको केराखेतीमध्ये पाँच … Read more

अपाङ्गता भएका व्यक्तिको संवधौनिक अधिकार पूर्णरुपमा कार्यान्वयन हुनुपर्छ: उपराष्ट्रपति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकारलाई पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । अपाङ्गता भएका व्यक्तिहरुको अन्तरराष्ट्रिय दिवस, २०२५ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “नेपालको संविधानले पनि अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्ने अधिकारका साथै सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ, यसलाई … Read more

नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरिएका नयाँ व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई सर्कुलर गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै केही थप व्यवस्था तथा संशोधन गरेको थियो । बाढीपहिरोबाट प्रभावित इलामलगायतका जिल्लाका उद्यम व्यवसायका लागि प्रवाहित कर्जालाई ऋणीको अनुरोधमा कर्जाको पुनरसंरचा गर्न सकिने व्यवस्था गरेको … Read more

नारायणगढ जेसीजको अध्यक्षमा सन्तोष पन्डित चयन

नारायणगढ जेसीजको अध्यक्षमा सिनेटर जेसी सन्तोष पन्डित चयन भएका छन् । जेसीज सचिवालयमा भएको चौथो साधारणसभा तथा ४८औं शाखा अधिवेशनबाट पन्डित सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । जेसीजले हालै गरेको `जेसीज सप्ताह´लाई भव्यरुपमा सम्पन्न गर्न पन्डितले महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए । यस्तै नारायणगढ जेसीजको कार्यकारिणी उपाध्यक्षमा जेसी प्रदीप पौडेल र जेसी सन्जिव पौडेल चयन … Read more

विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्का गरिनेछ : मन्त्री महावीर पुन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्का गरिने बताएका छन् । मन्त्री पुनले पालिकाहरुलाई नियम अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको बताए । उनले भने ‘विद्यालय व्यवस्थापन समिति गठन नगरिकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरु पनि रहेछन् । त्यस्ता पालिकाहरुलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन … Read more

विभेद अन्त्यका लागि सबै पक्षसँग हातेमालो गर्न अपरिहार्य छ : संयोजक दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिमाथिको सामाजिक विभेद अन्त्य, उपचार र जीविकोपार्जनको सुनिश्चितता तथा सम्मानजनक जीवनयापनको वातावरण निर्माणका लागि सबै पक्षसँग हातेमालो गर्न अपरिहार्य भएको बताउनुभएको छ । चौतिसौँ अन्तरराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण अपाङ्ग समुदायप्रति सम्मान तथा शुभकामना व्यक्त गर्दै उहाँले अपाङ्ग नागरिकको अधिकार, अवसर र … Read more

‘अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ’ : अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिका लागि आफ्नो पार्टीले सामाजिक सुरक्षा भत्ताको व्यवस्था उनीहरूलाई समाजले गर्दै आएको नकारात्मक व्यवहार, राजनीतिक एवं सामाजिक आन्दोलनका माध्यमबाट परिवर्तन गर्दै आएको बताउनुभएको छ । अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले उक्त कुरा बताउनुभएको हो । राजनीतिक, सामाजिक, सांस्कृतिक, … Read more

अल्पविकसित देशहरूको विकासका लागि अन्तरराष्ट्रिय सहयोग अपरिहार्य छ : नेपाल

अल्पविकसित देशहरूको विकासका लागि अन्तरराष्ट्रिय समुदायबाट निन्तर सहयोग हुनुपर्नेमा नेपालले जोड दिएको छ । अल्पविकसित राष्ट्रहरूको वैश्विक समन्वय ब्यूरोको अध्यक्ष नेपालका तर्फबाट परराष्ट्रसचिव अमृतबहादुर राईले मङ्गलबार दोहामा आयोजित अल्पविकसित देशहरूको दिगो विकास एवं साझेदारीसम्बन्धी उच्चस्तरीय बैठकमा उक्त कुरामा जोड दिनुभएको हो । दोहास्थित नेपाली राजदूतावासका अनुसार सचिव राईले अल्पविकसित देशहरूको आर्थिक उन्ननयनका निम्ति अन्तरराष्ट्रिय बजारसम्म … Read more

गुरुकुल कलेजमा जिल्लास्तरीय हाजीरीजवाफ प्रतियोगिताको चौथो संस्करण सम्पन्न

गुरुकुल कलेजको आयोजनामा जिल्लास्तरीय रनिङ–शील्ड अन्तरविद्यालय हाजीरीजवाफ प्रतियोगिताको सम्पन्न भएको छ । कलेजको ३०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आयोजना गरिएको चौथो संस्करणमा ३३ विद्यालयलाई पछाडि पार्दै स्काई राईडर आवसिय माध्यमिक विद्यालय प्रथम भएको छ । त्यस्तै जनप्रिय आवासिय माध्यमिक विद्यालय द्धित्तीय र एकता शिशु निकेतन विद्यालय तृतीय भएको कलेजले जानकारी दिएको छ । विजेता विद्यार्थीहरूले मंसिर १७ … Read more

तनहुँको एउटै गाउँबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्री

तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यसवर्ष रु दुई करोड बराबरको सुन्तला बिक्री गरेका छन् । सदरमुकाम दमौलीबाट सात किलोमिटर दुरीमा अवस्थित बेनीकोटका किसानलाई यतिबेला बारीमा फलेका सुन्तला टिप्ने र सुन्तला मिलाउने काममा भ्याइनभ्याइ छ । बेनीकोटका किसान फलबहादुर थापाले आफूले यस वर्ष रु १६ लाख ५० हजारको सुन्तला बिक्री गर्नुभएको बताउनुभयो । सिद्धबेनी … Read more