कांग्रेस महासमिति बैठकमा पेस हुने बिभिन्न दस्तावेज पारित

काठमाडौं, फागुन ५ । नेपाली कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकमा पेश हुने विभिन्न दस्तावेज केन्द्रीय कार्यसमिति बैठकबाट पारित गरेको छ । शुक्रबार बसेको केन्द्रीय समितिले उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक … Read more

२०८० साल फागुन ०५ गते शनिवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । प्रशासनिक कार्यमा सफलता मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजबाट विस्तारै शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । शुभ समाचार पनि सुन्न … Read more

नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव भोग्नु परेको छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा शून्यप्रायः योगदान भएपनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको बताएका छन्। जलवायु परिवर्तन र दिगो विकासमा सांसदको भूमिका विषयक सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले जलवायु परिवर्तन सामाजिक–आर्थिक र वातावरणीय सन्तुलनका लागि ठूलो चुनौती भएको बताए। विश्वव्यापी खतराको रूपमा विकसित भइरहेको जलवायु परिवर्तनले विकासका सम्भावनाहरूमा … Read more

बालकुमारी घटनाः छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं। बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष आफ्नो प्रतिवेदन प्रस्तुत गरेको छ । प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगले सत्यतथ्य जाँचबुझ गरी मेहनतपूर्वक निकालेको निष्कर्षलाई कार्यान्यवन गरिने बताए। गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारमा भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र … Read more

एक्सपर्ट भरतपुर मेयर्स कपः एक्सपर्टद्वारा जर्सी हस्तान्तरण, लिग चरणमा नारायणी नमुना मा.विको पहिलो जित

चितवन । एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिग चरणको खेल आज (शुक्रबार)बाट सुरु भएको छ । उद्घाटन खेलमा नारायणी नमुना मा.वि.ले अंकुरम एकेडेमीलाई ९३ रनको फराकिलो अन्तरमा हराउँदै विजयी सुरुआत गरेको छ । समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा अंकुरम एकेडेमीलाई पराजित गर्दै नारायणीले २ अंक सुरक्षित गरेको छ । भरतपुर–१५ स्थित निर्माणाधिन गौतम … Read more

दश जोड दुईपछि विद्यार्थी विदेश पलायन भएको भन्दै चिन्ता

गैँडाकोट । रोजगारीको नाममा कक्षा १२ पढे लगत्तै देश बाहिर युवाशक्ति पलायन हुने गरेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । उनिहरुले कम्तीमा स्नातक तह सम्मको पढाइ नेपालमै गरेर मात्रै देश बाहिर गएमा भने अनुसारको रोजगारी सृजना हुने भन्दै त्यस तर्फ ध्यान दिन सबैलाई अनुरोध गरे । हिसान बागमती प्रदेशले नवलपुरको गैँडाकोटमा आयोजनाका गरेको अन्तर … Read more

भरतपुर विमानस्थलको विस्तारको कार्य सुरु, सोमबारदेखि सर्वे हुने

चितवन । भरतपुर विमानस्थलको विस्तारको प्रकृया अघि बढेको छ । शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको बैठकले विमानस्थलको विस्तारको प्रकृया तत्काल बढाउने सहमति भएको हो । विस्तारका लागि सर्वे गरी डिजाइन गर्नुका साथै डिजाइन अनुरुप ओएलएस (अप्सट्रेकल लिमिटेशन सर्वे) गरिने भरतपुर महानगरपालिकाका वरिष्ठ ईन्जिनियर सन्तोष आर्चायले जानकारी दिनुभयो । सर्वे आगामी सोमबारबाट सुरु … Read more

फागुन १३ मा नौ महिनादेखि १५ बर्षसम्मलाई खोप लगाईने

चितवन । यही फागुन १३ गतेदेखि देशैभरी दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । नौ महिनादेखि १५ वर्ष उमेर समूहका सबैलाई खोप लगाईने भएको हो । बि.सं. २०७९–८९ मा नेपालका चितवन सहित १९ जिल्लामा दादुरा महामारीको रुपमा देखा परेपछि सरकारले यो अभियान सञ्चालन गरेको हो । महामारीबाट १९ जिल्लामा एक हजार ३४९ जनामा दादुरा … Read more

कांग्रेस केन्द्रिय समिति बैठक आज पनि, प्रस्तुत प्रतिबेदनमा छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । सानेपा, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहान ९ बजेबाट सुरू हुने बताइएको छ । गत बिहीबारको केन्द्रीय समिति बैठकमा महासमिति बैठकमा प्रस्तुत गर्न तयार गरिएका प्रतिवेदन पेश गरिएको थियो । जसअनुसार उपसभापति पूर्णबहादुर खड्काले पार्टीको नीति, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति … Read more

आज गण्डकी प्रदेश सरकार स्थापना दिवस मनाईँदै

गण्डकी। गण्डकी प्रदेश सरकार स्थापना दिवस विविध कार्यक्रम गरी मनाईँदै छ । यसै उपलक्ष्यमा प्रदेश प्रमुख पृथ्वीमान गुुरुङ र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अलग अलग शुभकामना सन्देश जारी गरेका छन्। प्रदेश प्रमुख गुुरुङद्वारा आज जारी शुुभकामना सन्देशमा सङ्घीयताको व्यावहारिक कार्यान्वयन आवश्यक भएकामा जोड दिएका छन्। सन्देशमा उनले संविधानले तीन तहका सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्यको परिकल्पना … Read more