पोखरामा २७ औँ पोखरा सडक महोत्सव पुस १३ देखि

पोखराको लेकसाइड क्षेत्रमा आगामी पुस १३ देखि १७ गतेसम्म २७औँ संस्करणको पोखरा सडक महोत्सव आयोजना हुने भएको छ । आगामी जनवरी १ तारिखमा रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा फेवाताल किनारको लेकसाइड क्षेत्रमा करिब तीन दशमलव पाँच किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन गरिने आयोजकले आज इटहरीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । रेवान पोखराका … Read more

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पादनमा कमी आएको हो । पहिले खेती गर्ने बारीमा हिजोआज किसानले किबी, सुन्तला, कागतीलगायत फलफूलखेती गरेका छन् भने कतिपय जमिन बाँझै छन् । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार अघिल्लो वर्ष जिल्लामा १० हजार … Read more

सिद्धि चेपाङ छात्रावासलाई नारायणगढ लायन्सको न्यानो कपडा

चितवनको कालिका नगरपालिका–१०, स्थित सिद्धि चेपाङ छात्रावासलाई नारायणगढका तीन वटा क्लवले लत्ताकपडा सहयोग गरेको छ । नारायणगढ लायन्स क्लव, लायन्स क्लव अफ नारायणगढ नारायणी र लियो क्लव अफ नारायणगढले संयुक्त रुपमा छात्रावासमा पुगेर आवश्यक लत्ताकपडा सहयोग गरेको हो । छात्राबासलाई जाडोका लागि चाहिने न्यानो कपडाहरु, ब्ल्याङकेट, सिरानी, आवश्यक अन्य सामग्रीहरु सहयोग गरिएको नारायणगढ लायन्स क्लवका … Read more

खोरसोरका दुई छावा पुस २ गते कतार पठाइने

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई आगामी पुस २ गते कतार पठाइने भएको छ । प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा हरिभद्र आचार्यका अनुसार यही डिसेम्बर १७ तारिखमा कतार … Read more

प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति

सदरमुकाम दमौलीमा अवस्थित प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति भएपछि जग्गा अभावमा संरचना निर्माणमा समस्या भएको छ । गण्डकी प्रदेश सरकारको गत जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको थियो । अस्पताल ५० शय्यामा स्तरोन्नति भए पनि संरचना निर्माणमा जग्गा अभाव भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विश्वबन्धु बगालेले जानकारी दिनुभयो । … Read more

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण

चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तरिक्ष यान र एक उपग्रह राखिएको थियो । रकेट बिहान ९ः०८ बजे प्रक्षेपण भएको र यसले आफ्नो भार सफलतापूर्वक निर्धारित कक्षमा पुर्‍याएको बताइएको छ । ‘डिअर–५’ नामक यो अन्तरिक्ष यान बेइजिङस्थित व्यावसायिक अन्तरिक्ष संस्थाले विकास गरेको … Read more

चितवनमा डेङ्गीको सङ्क्रमण घट्दो क्रममा

जाडो समय सुरु भएसँगै जिल्लाका अस्पतालमा आएका बिरामीमा डेङ्गी र स्क्रब टाइफसको सङ्क्रमण घट्दो क्रममा रहेको छ । गत वर्षको तुलनामा मङ्सिरमा दुवै रोगको सङ्क्रमण घटेको पाइएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा मङ्सिरमा ११३ जनामा डेंङ्गी देखिएकामा यस वर्ष १२ जनामा यो रोगको सङ्क्रमण भेटिएको छ । कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार … Read more

काभ्रेमा बसले ठक्कर दिँदा वृद्धको मृत्यु

काभ्रेमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४८०८ नम्बरको अरनिको सुपर एक्सप्रेस बसले नमोबुद्ध–२ पातलेगाँउमा बिहान साढे नौ बजेतिर बसले ठक्कर दिँदा पैदल यात्री स्थानीय ६८ वर्षीय पोस्टबहादुर कटुवालको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार घटनाको विरोधमा स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन्। स्थानीयको बिरोधपछि … Read more

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

यहाँ गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो । पशु सेवा कार्यालय प्रमुख डा प्रभात न्यौपानेका अनुसार भरतपुर महानगरपालिका–२७ मा रहेको गाई फार्ममा यो रोग पुष्टि भएको छ । रत्ननगरमा रहेका गाई फार्ममा खोरेतको लक्षण देखिए पनि प्रयोगशालाबाट नतिजा आएको छैन । … Read more

देवघाटधाम जेसीको अध्यक्षमा अर्जुन सुवेदी चयन

देवघाटधाम जेसीको पाँचौँ वार्षिक साधारणसभा तथा चौथो शाखा अधिवेशनबाट वर्ष २०२६ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। अधिवेशनले जेसी अर्जुन सुवेदीलाई अध्यक्षमा चयन गरेको हो । कार्यकारिणी उपाध्यक्षमा जेसी स्वस्तिका धिताल र जेसी सुष्मा गुरुङ चयन भएका छन् । उपाध्यक्ष पदमा जेसी अजित कुँवर, जेसी अर्जुन सापकोटा, जेसी सन्तोष सुवेदी तथा जेसी … Read more