स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ । काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो यो । वार्षिक १६ हजार सम्मले सेवा लिएको यस अस्पतालमा हाल अन्य स्थानीय तहमै प्रसूति सेवा विस्तार भएकाले सेवाग्राहीको सङ्ख्यामा केही कमी आए पनि गत वर्ष अस्पतालमा आठ हजार ३१८ गर्भवतीले प्रसूति सेवा लिए । … Read more

चितवनमा करेन्ट लागेर गैँडाको मृत्यु

माडी नगरपालिका–२ भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले गैँडा मरेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार आज बिहान ९ः३० बजे गैँडा धानबारीमा करेन्ट लागेर मरेको अवस्थामा भेटिएको हो । गैँडाको खाग, खुर सुरक्षित रहेको उहाँले जनाउँदै उहाँले कसले कुन प्रयोजनका लागि धानबारीमा विद्युतीय करेन्ट छोडेको हो भन्ने विषयमा … Read more

चितवनका दुई सांसद बागमती प्रदेशको मन्त्रीमा नियुक्त

संसदीय दलको नेताबाट हैसियत गुमाई सकेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन जना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री लामाले चितवनका दुई जना सांसद माया श्रेष्ठ र गीता गुरुङका साथै गोविन्द लम्साललाई मन्त्री नियुक्त गरेका हुन् । मन्त्रीमा नियुक्त भएका श्रेष्ठ र गुरुङको जिम्मेवारी तोकिएको छैन । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी … Read more

आज साउनको दोस्रो सोमबार, देवघाटमा श्रद्धालुको घुइँचो

आज साउन महिनाको दोस्रो सोमवार । हिन्दुहरूको पवित्र तीर्थस्थल देवघाटधाममा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । आइतवार साँझ आएका भक्तजनहरू बिहान ४ बजेदेखि स्थान गरेर भगवान् शिवको आधाधनामा व्यस्त रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिनुभयो । पहिलो सोमबार ३५ हजारभन्दा बढी भक्तजनले मेला भरेको र दोस्रो सोमबार पनि … Read more

बोस्टन कलेजमा नवप्रवर्तन र सिर्जनशीलताको चहलपहल – प्रोजेक्ट र कला प्रदर्शनी हुँदै

चितवन- शिक्षा सिर्जनशीलता र उद्यमशीलताको संगमका रूपमा परिचित बोस्टन इन्टरनेशनल कलेज भरतपुरले ‘Project Exhibition V 4.0 – Learning by Building Projects’ र ‘Art Fusion 1.0 – Colours of Expression’ आयोजना गर्ने भएको छ । कलेजले आज पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी दिएको हो ।  कलेजका आरएमसी विभाग प्रमुख डा. सुनिल पोखरेलले कार्यक्रममा सहभागी विद्यार्थीहरूको … Read more

भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मृत्यु भएको हो । सोमबार दिउँसो ३ः५० बजेको समयमा भरतपुर–१० घर भई सोही अस्पतालमा कार्यरत कर्मचारी मगरको छोरी अन्जना मगर अस्पताल प्रांगणमा रहेको सेफ्टीट्याङ्कीमा अचानक खसेकी … Read more

एक्सपर्टको भरतपुर कार्यालयमा नेकपा बहुमत निकट क्रान्तिकारीको कालो ब्यानर

भरतपुर– नेपाल कम्युनिष्ट पार्टी बहुमत निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको कार्यालयमा कालो ब्यानर झुण्ड्याएको छ । चितवनको भरतपुर १० मा अवस्थित कार्यालयमा क्रान्तिकारीका बिद्यार्थीहरुले मंगलबार कालो ब्यानर झुण्ड्याएका हुन । किर्ते कागज बनाएर विद्यार्थीहरूलाई बिदेश पठाएको र उतै अलपत्र पारेकाले एक्सपर्टको कार्यालयमा कालो ब्यानर झुण्ड्याइएको क्रान्तिकारीका जिल्ला इञ्चार्ज सुमन श्रेष्ठले … Read more

चितवन प्रशासनले भन्योः त्रिशुली र नारायणी किनारमा बाढीको जोखिम छ,सचेत रहनु

जिल्ला प्रशासन कार्यालय चितवनले त्रिशुली र नारायणी नदी आसपासमा बाढीको जोखिम रहेको भन्दै सचेत रहन सर्वसाधारणलाई अनुरोध गरेको छ । त्रिशुली नदीको रसुवा र नुवाकोटको माथिल्लो भूभागमा नदीको बहाब बढ्न गई सडक तथा पुलमा क्षति पु¥याएको भन्दै चितवन जिल्लाको त्रिशुली नदीको किनारका दुवैतर्फ पानीको बहाब बढ्नसक्ने चितवन प्रशासनले जनाएको छ । यस्तै नारायणी नदी किनारका … Read more

भरतपुर–२ को अनलाइन पोर्टल शुभारम्भ

भरतपुर महानगरपालिका वडा नं–२ ले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । वडाध्यक्ष मनोज रानाभाटले वार्ड२भरतपुरडटकमको शुभारम्भ गरेका हुन् । सो अवसरमा वडाध्यक्ष रानाभाटले वडालाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित पोर्टल सञ्चालनमा ल्याइएको बताए । ‘हामी यसअघि नै भरतपुरमै उत्कृष्ट वडा भइसकेका छौँ, प्रविधिमा पनि स्मार्ट बन्नुपर्छ भनेर पोर्टल सञ्चालनमा ल्याएका हौँ’, रानाभाटले भने । रानाभाटका अनुसार पोर्टलमा वडाका … Read more

भरतपुरमा इन्धन र सवारी मर्मतमा झण्डै पाँच करोड खर्च,उपमेयरले तेब्बरबढि इन्धन प्रयोग गरे

चितवनको भरतपुर महानगरपालिकामा सवारीसाधन मर्मत तथा इन्धनमा मात्रै आन्तरिक आयको ३ दशमलव ६ प्रतिशत रकम खर्च भएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ मा सवारीसाधन मर्मत र इन्धनमा मात्रै ४ करोड ७८ लाख ८४ हजार ८ सय ५७ रुपैयाँ खर्च भएको हो । सो आर्थिक वर्षमा महानगरपालिकाको आन्तरिक आय १ अर्व ३३ … Read more