पन्त प्यानलद्धारा उम्मेद्वारी घोषणा :पार्किङ व्यवस्थापनदेखि डिजीटल एप सम्मका प्रतिबद्धता

पुष १२, चितवन । चितवन उद्योग वाणिज्य संघको ५९ औं बार्षिक साधारण सभा तथा अधिवेशन नजिकिएसंँगै शिरिष पन्त समुहले उम्मेद्वारी घोषणा गरेको छ । शनिबार चितवन उवासंघ परिषरमा आयोजित पत्रकार सम्मेलनमा पन्त समुहले उम्मेदवारी घोषणा गरेका हुन । पन्त समुहको अध्यक्ष पदमा शिरिष पन्तले उम्मेद्वारी दिएका छन । यस्तै वरिष्ठ उपाध्यक्षमा पदमा लोक बहादुर रानाभाट … Read more

होटेल पौवा भरतपुरमा ‘न्यु इयर इभ लाइभ म्युजिक’ कार्यक्रम हुने

चितवनको भरतपुरमा रहेको होटेल पौवाले अङ्ग्रेजी नयाँ वर्षको स्वागतमा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । यही पुस १६ गते (डिसेम्बर ३१) का दिन ‘न्यु इयर इभ लाइभ म्युजिक’ कार्यक्रम हुन लागेको हो । कार्यक्रम साँझ ७ बजेदेखि सुरु हुनेछ । कार्यक्रममा चर्चित गायक रमेशराज भट्टराई र गायिका भुमिका गिरीको प्रस्तुति रहने होटेल पौवा भरतपुरका … Read more

चितवनमा पहिलोपटक खुल्यो ज्येष्ठ नागरिकका लागि डे केयर

चितवनमा ज्येष्ठ नागरिकका लागि ‘डे कयेर’ (आवास केन्द्र) सञ्चालनमा आएको छ । आरोग्य केयर होमले आज (शुक्रबार)देखि भरतपुर महानगरपालिका १२ स्थित नौरङ्गेमा १५ बेड सहितको आवास केन्द्र औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो । पछिल्लो समय ज्येष्ठ नागरिकका लागि सुरक्षित, सम्मानजनक र समग्र हेरचाहको आवश्यक भएकाले उनीहरुको सुविधाका लागि आवास केन्द्र स्थापना गरिएको केयर होमका सञ्चालक … Read more

चितवनका बालानन्द शर्मा बने परराष्ट्रमन्त्री

नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बनेका छन । उनले पद तथा गोपनीयताको शपथ लिएका छन् । तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आइसकेपछि सेना समायोजन प्राविधिक समितिका संयोजकसमेत रहेका शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री बनाएकी हुन । चितवनको माडी घर भएका शर्माले करिब ३९ वर्ष नेपाली सेनामा सेवा गरे । सेनाको विभिन्न तहमा नेतृत्वदायी भूमिकामा … Read more

​चम्किलो तारा झैँ उदाउँदैछन् विजय परियार: चितवन क्षेत्र नं ३ बाट दलित क्लस्टरमा समानुपातिकको बलियो दाबेदारी

नेपालको राजनीतिक रङ्गमञ्चमा यतिबेला एउटा यस्तो नामको चर्चा छ, जसले सङ्घर्षको रापमा आफूलाई तिखारेको छ र अभावको भुमरीबाट उठेर न्यायको मशाल बालेको छ। उनी हुन्— विजय परियार। चितवन क्षेत्र नम्बर ३ को उर्वर राजनीतिक भूमिबाट एउटा ‘चम्किलो तारा’ झैँ उदायका परियारले आगामी निर्वाचनमा दलित क्लस्टरबाट समानुपातिकतर्फ आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेका छन्। ​ विचारको जगमा … Read more

चितवनको मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा सुन्तला महोत्सव तथा फुड फेस्टिबल हुने भएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न टेवा पुग्ने विश्वासका साथ महोत्सवको आयोजना गरिएको चितवन उद्योग सङ्घ इच्छाकामना समितिका … Read more

सौराहामा आजदेखि हात्ती महोत्सवः हात्ती सहितको शोभायात्रा निकाल्ने तयारी

चितवनको सौराहमा आज शुक्रबार देखि चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदैछ । क्षेत्रीय होटल संघ चितवनको आयोजनामा हुने महोत्सवको मुख्यमन्त्री इन्द्रबहादुर बानियाले उद्घाटन गर्नेछन् । सौराहासहित चितवनको पर्यटन प्रर्वद्धनको लागि हरेक बर्ष यहाँ हात्ती महोत्सव हुँदै आएको छ । तीन दिन सम्म चल्ने महोत्सव १९औं संस्करण सम्म आइपुगेको छ । रत्ननगर नगरपालिका संरक्षक र … Read more

नेपालगञ्जकी बुढाले जितिन् जस्मिन पेन्ट्सको जापान भ्रमणको अफर

जस्मिन पेन्ट्स लिमिटेडले चाडपर्वलाई लक्षित गरेर गत भदौ महिनादेखि कात्तिक मसान्तसम्म सञ्चालन गरेको ग्राहक उपहार योजना चाडपर्वको उमंग, जापान घुमौँ जस्मिन पेन्ट्ससँगुको बम्पर उपहार विजेता घोषणा गरेको छ । कम्पनीका ब्रान्ड एम्बासडर पारस खड्काको उपस्थितिमा एक कार्यक्रमबीच लक्की ड्र कुपनमार्फत विजेताको घोषणा गरिएको हो । कम्पनीका अनुसार, बम्पर उपहार योजनामा नेपालगञ्ज निवासी देवी बुढाले जापान … Read more

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ चितवन

चितवनका धेरैजसो संघ संस्थाहरुमा हुने चर्चा र चासोमध्ये उद्योग वाणिज्य संघ चितवनको अधिवेशन पर्दछ । यो संघ चितवनको पुरानो संघ मध्ये पर्दछ । उवासंघमा अवसर र चुनौति दुवै प्राप्त हुनाले पनि उवासंघ चितवन चुनावी मैदान बढी रोचक बन्दै आएको छ । यही पुष २१ गते हुने उवासंघ चितवनको अधिवेशनमा हालसम्म दुईपक्षले प्यानलनै बनाएर चुनावी अभियानमा … Read more

कोरियाका पाँचबढि कलेज युनिभर्सिटीसंग सेन्ट्रल कलेजको सम्झौता

कोरियाका पाँचबढि कलेज युनिभर्सिटीसंग सेन्ट्रल कलेजको सम्झौता गरेको छ । कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलको कोरिया भ्रमणका क्रममा विभिन्न कलेजहरुसंग दुइपक्षिय सम्झौता भएको हो । कोरियाको किउगउन युनिभर्सिटी गुमी, दाइसिन युनिभर्सिटी देउगु, सिल्ला युनिभर्सिटी बुसान, अल्सान कलेज अल्सान लगायत कलेज युनिभर्सिटीसंग सम्झौता भएको हो । यस्तै एशिया कोरियन एजुकेशन साउथ कोरियामा सेन्ट्रल कलेजले आफ्नो … Read more