चितवनको कुरिनटारमा केएफसीको २५औं शाखा खुल्यो

चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा केएफसीको २५औं शाखा संचालनमा आएको छ । आज (बुधबार) दिउँसो इ–स्टपका अध्यक्ष राजन रायमाझीले रिवन काटेर विश्वप्रख्यात रेस्टुरेन्ट चेन केएफसीको ‘प्रिमियम’ आउटलेट शुभारम्भ गर्नुभयो । समुद्घाटन समारोहमा केएफसीका कन्ट्री म्यानेजर विजय शर्मालगायतको उपस्थिति रहेको थियो । यो शाखालाई नेपालकै पहिलो ‘ग्रिन स्टोर’को रुपमा अघि बढाइएको केएफसी सञ्चालक कम्पनी देवयानी इन्टरनेसनल नेपालका … Read more

नयाँ वर्षका लागि भरिँदै सौराहा

अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहामा कोठा पाउन मुस्किल हुने गथ्र्यो । पछिल्ला वर्षहरुमा त्यति भीड नभए पनि राति अबेरसम्म अधिकांश होटल भरिने गर्दछन् । क्षेत्रीय होटल सङ्घ नेपालका महासचिव महेश खनालको अनुभवमा राति १२ः०० बजे नयाँ वर्षको स्वागत गरेर आन्तरिक पर्यटक कोठाको अभावमा सौराहाबाट बाहिरिने गर्दथे । सौराहामा भर्खरै सकिएको हात्ती महोत्सव, क्रिशमस र … Read more

१३ औं राष्ट्रिय पोल्ट्री दिवसः चितवनमा प्रभातफेरीको आयोजना

भोली १३ औं राष्ट्रिय पोल्ट्री दिवस २०८२ भव्य रुपमा मनाइँदैछ । नेपालमा आधुनिक कुखुरापालन सुरु भएको दिनको रुपमा पौस १७ गतेलाई पोल्ट्री व्यवसायीहरुले महान चाडको रुपमा मनाउने गर्छन । २०१७ सालदेखि सुरु भएको कुखुरापालन व्यवसाय क्रमशः व्यवसायिकीकरण र आधुनिकिकरणतर्फ उन्मुख हुँदै गइरहेको छ । विसं २०१७ पुस १७ गते बाराको परवानीपुरमा तत्कालीन राजा महेन्द्रले सेन्ट्रल … Read more

चितवन चनौली शीतभण्डारको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

भरतपुर–१८ स्थित चितवन चनौली शीतभण्डार सहकारी सस्थाको १३ औँ वार्षिक साधारण सभा मंगलवार चनौलीमा सम्पन्न भएको छ । वाग्मती प्रदेश सरकारकी सहकारी तथा गरिवी निवारण मन्त्री विनु रायमाझी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बौल्दै उनले किसानले उत्पादन गरेको बस्तुको सुरक्षा गर्ने सजिलो माध्यम शित भण्डार भएको बताइन । मन्त्री पौडेलले शित भण्डारको स्तर उन्नत गर्दै … Read more

आन्तरिक राजस्व कार्यालय खैरहनीको काम पालिकाबाट

आन्तरिक राजस्व कार्यालय खैरहनीबाट हुँदै आएका काम स्थानीय तहलाई दिइएको छ । पूर्वी चितवनका चार पालिकाबाट राजस्व कार्यालयका काम हुने गरी आज सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाले काम गर्नका लागि सम्झौता भएको हो । अर्थ सचिव डा घनश्याम उपाध्यायको उपस्थितिमा आन्तरिक राजस्व कार्यालय भरतपुरमा आज सम्झौतामा हस्ताक्षर भएको छ … Read more

चिसो बढेपछि भरतपुर महानगरपालिकाका विद्यालयमा बिदा

केही दिनदेखि बढेको चिसो र सोमबार चलेको शीतलहरका कारण चितवनको भरतपुर लगायतका क्षेत्रमा जनजिवन प्रभावित बनेको छ । जसका कारण विद्यालयमा बालबालिकाको आवागमन र पठनपाठन समेत प्रभावित भएको छ । जनप्रतिनिधि,अभिभावक,विद्यालय र सरोकारवालाको सुझाबका आधारमा भरतपुर महानगरपालिकाले एक दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको छ । आज (सोमबार)को निर्णय अनुसार पुस १६ गतेका दिन … Read more

पुस २५ गतेदेखि देखि रत्ननगर महोत्सव हुने

चितवनको रत्ननगरमा रत्ननगर महोत्सव हुने भएको छ । उद्योग वाणिज्य संघ रत्ननगरको आयोजनामा रत्ननगरको टिकौली चौरमा यहि पुष २५ गतेदेखि माघ ६ गतेसम्म महोत्सव हुन लागेको हो । आज चितवनको सौराहामा पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य संघ रत्ननगरले चितवनको उद्योग व्यापार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, संस्कृति र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकरण र वैज्ञानिक उत्पादन … Read more

चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’

हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा १९औँ संस्करणमा आइपुग्दा चितवन हात्ती तथा पर्यटन महोत्सव ‘चितवनको पर्याय’का रुपमा विकास भएको छ । नेपालमा सौराहामा मात्रै देख्न पाइने फरक खालको कार्यक्रम ‘हात्ती महोत्सव’लाई अन्य महोत्सवसँग दाँजेर हेर्न मिल्दैन । नेपालका पर्यटक व्यवसायीहरु भन्छन्, “यो कार्यक्रम हात्ती र मान्छेबीचको सम्बन्ध सेतु मात्रै बनेको छैन, हात्ती … Read more

चितवनमा तमू ल्होसारको कार्यक्रम १३ गते देखि सुरू

चितवनमा तमू ल्होसार पर्वको कार्यक्रम आइतबार १३ गते देखि सुरू भएको छ । तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवन र तमू प्ये ल्हु संघ चितवनको संयुक्त आयोजनामा कार्यक्रम भईरहेको छ । दुवै संस्थाले विशालचोकस्थित वीरेन्द्र बहुमुखी क्याम्पसको नौबिघा (डिग्री भवन) परिसरमा कार्यक्रम आयोजना गरेको छ । तीन दिनसम्म चल्ने कार्यक्रम पुस १३ गते … Read more

सौराहामा हात्ती महोत्सवः आज हात्ती पूजा र वनभोज

चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको आज अन्तिम दिन हात्ती पूजा तथा हात्तीलाई वनभोज खुवाएर समापन गरिँदैछ । महोत्सवले अवलोकन गर्न आउने पाहुनाले पछिल्ला दुई दिन सौराहाका होटल पूर्ण रूपमा भरिभराउ भएका छन् भने पर्यटकीय क्षेत्र निकै चहलपहल बनेको छ । महोत्सव अवधिभर हात्ती सुन्दरी प्रतियोगिता, डुङ्गा दौड प्रतियोगिता, पेनाल्टी … Read more